निर्णय नं. ६१५० - मृत्यु दर्ता प्रमाणपत्र बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१५० - मृत्यु दर्ता प्रमाणपत्र बदर । भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/३० ४१५६ निर्णय नं. ६१५० ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५२ सालको फौ.पु.नं. १२९२ आदेश मिति २०५३।२।३०।४ मुद्दाः मृत्यु दर्ता प्रमाण पत्र बदर । पुनरावेदक- जिल्ला प्रशासन कार्यालय, रौतहट प्रत्यर्थी विरुद्ध प्रत्यर्थी- रौतहट जिल्ला जयनगर गा.वि.स. वडा नं. ६ बस्ने शेख याकुव वादी जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा १५ ले मुद्दा हेर्ने अधिकारीमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको र सो को दफा १४ मा दफा १३ अन्तर्गत सजाय हुने मुद्दा सरकार वादी हुने व्यवस्था रहेको पाईन्छ । जो निर्णयकर्ता हो सो पदाधिकारी वादी वा प्रतिवादी कायम हुन नसक्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तको आफ्नो मुद्दामा आफै न्यायाधीश हुनु हुँदैन भन्ने मान्य कानूनी सिद्धान्तलाई अ.बं. ३० नं. समेतका नेपाल कानूनमा अंगिकार गरिएको र राजेन्द्र बिरही विरुद्ध श्री ५ को सरकार भएको राजकाज मुद्दामा न्यायिक सिद्धान्तको रुपमा अंगिकार गरिएकोबाट पनि सो कुरा स्थापित हुन आउने । ( प्र.नं. १९) पुनरावेदन गर्ने अधिकार मुद्दामा पक्ष विपक्षलाई प्राप्त हुने अधिकार हो । पुनरावेदन कसले गर्न पाउने भन्ने कुरा कानूनद्वारा निश्चित गरिने कुरा हो । त्यस्तो कानूनको अभावमा कुनै व्यक्ति, निकाय वा अधिकारीमा पुनरावेदन गर्ने हक अधिकार प्राप्त हुन नसक्ने । (प्र.नं. १९) प्रस्तुत मुद्दामा शुरु तहको निर्णय गर्ने प्रमुख जिल्ला अधिकारीलाई पुनरावेदन गर्ने अधिकार यो कानूनले प्रदान गरेको छ भन्ने दर्शाउन सकेको देखिँदैन । विना कानूनी आधार प्रस्तुत पुनरावेदन दर्ता हुन आएको देखियो । प्रमुख जिल्ला अधिकारी प्रस्तुत मुद्दाको पक्ष वा विपक्ष कायम भएको नभई निर्णयकर्ताको हैसियतले कानूनले निरोपित गरेको देखिन आउने । (प्र.नं. १९) कानूनमा प्रमुख जिल्ला अधिकारीलाई प्रस्तुत विवादको विषयमा कारवाही र किनारा गर्ने अधिकारसम्म प्रदान गरेको पाईन्छ । सो अधिकार पदिय अधिकार भएको हुँदा सो अधिकार मुद्दाका पक्षको हैसियतले सामान्यतः प्राप्त गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीले प्राप्त गर्न सक्ने कानून र कानूनी सिद्धान्त समेतको अभावमा पुनरावेदन गर्न पाउने नदेखिएकोले प्रस्तुत पुनरावेदन दर्ता गरेको मिलेको नदेखिँदा प्रस्तुत पुनरावेदन खारेज हुने । ( प्र.नं. २०) पुनरावेदक तर्फबाटः- विद्वान उपसरकारी अधिवक्ता श्री पवन कुमार शर्मा प्रत्यर्थी तर्फबाटः-× अबलम्बित नजीरः × फैसला न्या. लक्ष्मण प्रसाद अर्याल- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेको छः- २. जिल्ला रौतहट गा.प. जयनगर वडा नं. ६ बस्ने शेष जिरतको छोरी मेरी दिदी नातामा पर्ने भैकन शेषिन आफ्नो कालगतीले २०४४ साल फाल्गुण २२ गते स्वर्गवास भएकोमा विपक्षी शेष याकुप र शेषबली महमदले आफ्नो स्वार्थ पूर्तिको लागि गा.पं. सचिव स्था.पं.अ. लाई झुक्याई हो वा मिलेमतो गरी भैकन शेषिनको वास्तविक मृत्यु २०४४।११।१२ लाई गुमपारी मिति २०४४।१२।२२ गते मरेको भनी शेष याकुवले सूचक बनी मृत्यु सूचना फाराम भरी दर्ता गराउँदा स्था.पं. अ. ले पनि सत्य तथ्य पत्ता नलगाई शेष याकुवले दिएको झुठ्ठो सूचनाको आधारमा मृत्यु दर्ता प्रमाण पत्र लिनु भएकोले विपक्षीहरुले दिए लिएको उक्त मृत्यु दर्ताको प