निर्णय नं. ६१५३ - माघ २९ गते २०५२ साल खण्ड ४५ अतिरिक्ताङ्क ४४ (ख) को राजपत्रमा प्रकाशित श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना संविधानसँग बाझिएकोले प्रारम्भ देखि नै असमान्य र बदर घोषित गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१५३ - माघ २९ गते २०५२ साल खण्ड ४५ अतिरिक्ताङ्क ४४ (ख) को राजपत्रमा प्रकाशित श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना संविधानसँग बाझिएकोले प्रारम्भ देखि नै असमान्य र बदर घोषित गरिपाउँ । भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/०३ २७१७ निर्णय नं. ६१५३ ने.का.प. २०५३ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय सम्बत् २०५३ सालको रिट नं. ३९५७ आदेश मिति २०५३।२।३।५ विषयः माघ २९ गते २०५२ साल खण्ड ४५ अतिरिक्ताङ्क ४४ (ख) को राजपत्रमा प्रकाशित श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना संविधानसँग बाझिएकोले प्रारम्भ देखि नै असमान्य र बदर घोषित गरिपाउँ । निवेदक- काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं. ३२ घट्टेकुलो डिल्लीबजार बस्ने अधिवक्ता त्रिलोचन गौतम विरुद्ध विपक्षी- श्री ५ को सरकार अर्थ मन्त्रालय श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै पनि अधिकारी वा व्यक्ति समेतलाई भन्सार सुविधा तथा बिक्रि कर समेतको सुविधा दिने अधिकार श्री ५ को सरकारमा रहेको कुरामा विवाद रहेन । ऐनले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले जो सुकै व्यक्तिलाई सुविधा दिन सक्ने भएपछि ऐनको वैधता कायम रहेसम्म त्यस्तो सूचनाबाट पाउने सुविधालाई अन्यथा मान्न मिल्ने नदेखिने । (प्र.नं. ९ ) ऐनको वैधता कायम रहेसम्म त्यस्तो ऐनद्वारा प्रदत्त अधिकार प्रयोग गरी प्रकाशित सूचनालाई अवैध घोषित गर्न नमिल्ने । निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री त्रिलोचन गौतम, विद्वान अधिवक्ता श्री ध्रुवचन्द्र रेग्मी विपक्षी तर्फबाट- × अवलम्बित नजिर- × आदेश न्या.केशव प्रसाद उपाध्याय- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (१) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- २. श्री ५ को सरकार अर्थ मन्त्रालयको मिति २०५२।१०।२९ गते प्रकाशित सूचनामा श्री ५ को सरकारले भन्सार ऐन, २०१९ को दफा ९ को उपदफा (३) र बिक्रीकर ऐन, २०२३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा माननीय सदस्यहरुलाई देहायको माल बस्तुमा देहाय बमोजिम भन्सार महसुल आंशिक रुपमा छुट दिने निर्णय गरेको भन्दै सो सूचनाको प्रकरण १ मा हल्का सवारी साधन १ थान सम्बन्धी भनी प्रकरण (क) मा पहिलो दशलाख रुपैंयासम्म भन्सार महसुल तथा बिक्री कर लाग्नेमा नब्बे प्रतिशत छुट र प्रकरण (ख) मा त्यस पछिको दशलाख रुपैंयासम्म भन्सार महसुल र बिक्रीकर लाग्नेमा नब्बे प्रतिशत छुट र प्रकरण (ख) मा त्यसपछिको दशलाख रुपैयाँसम्म भन्सार महसुल र बिक्रीकर लाग्नेमा ८०% छुट र प्रकरण (ग) मा रु. २० लाख भन्दा बढी भन्सार महसुल बिक्री कर लाग्नेमा भन्सार महसुल पचास प्रतिशत छुट र बिक्री कर पुरै असुल गर्ने भन्दै सो सूचनाको प्रकरण(२) मा माननीय संसद सदस्यहरुलाई ओहोदाको हैसियतले मात्र सामान्य कानूनको प्रयोगमा कानून भन्दा माथि राखेको छ । ३. आर्थिक ऐन, २०५२ को दफा (२) को उपदफा (१) मा विदेशबाट नेपाल अधिराज्य भित्र पैठारी हुने माल बस्तुहरुमा अनुसूची १ बमोजिम भन्सार महसुल (साधारण भन्सार महसुल र समिकारक महसुल) लगाईने र असुल उपर गरिने छ भन्दै अनुसूची १ को संकेत नं. ८७, ०२८ र उपसंकेत नं. ८७०२,१०, ९० र ११०% का दरले भन्सार महसुल असुल गरिने सो अनुसूचीमा अन्य विभिन्न प्रकारका सवारी साधन सामान्य नागरिकले नेपाल भित्रै दैनिक पैठारी गरेमा ११० प्रतिशतका दरले भन्सार महसुल तिर्नु पर्ने कानूनी व