निर्णय नं. ६१५४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१५४ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५२/०२/२२ २७६२ निर्णय नं. ६१५४ ने.का.प. २०५३ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्बत् २०५२ सालको रिट नं. २९९४ आदेश मिति २०५२।२।२२।२ विषयः उत्प्रेषण । निवेदक- जिल्ला पर्सा, वीरगञ्ज न.पा. ७ बस्ने सिताराम कर्माचार्य विरुद्ध विपक्षी- पुनरावेदन अदालत हेटौंडा पर्सा जिल्ला अदालत मकवानपुर भिमफेदी गा.वि.स. वडा नं. ४ बस्ने मंगलादेवी श्रेष्ठ तायदाती माग गर्ने आदेश अंश मुद्दाको सिलसिलामा गरिने आदेश भएको र सो आदेश गर्दा वादीले अंश पाउन सक्ने आधार प्रमाण खुलाई गरिने हुन्छ । त्यस्तो आदेशलाई बदर गरी दिँदा विचाराधीन रहेको अंश मुद्दाको मूल औचित्यतामा नै असर पर्न जाने । (प्र.नं. ८ ) तायदाती माग गर्ने तथ्यगत साक्षी सरजमिन आदि प्रमाणको आधारमा भएको देखिन आएको र त्यस्तो तथ्यगत आधार प्रमाणको मूल्याङ्कन गरी औचित्यमा प्रवेश गरी रिट तहबाट निर्णय गर्न उपयुक्त नहुने र तायदाती माग गर्ने आदेश मुद्दाको अन्तिम रुपले किनारा हुँदा शुरु अदालतबाट पुनः विचार हुन सक्ने समेत हुँदा समेत र रिट निवेदनबाट सरसर्ती हेर्दा गरे बिराए जस्तो Prima facia नदेखिएकोले विपक्षीहरुबाट लिखित जवाफ मगाई रहन नपर्ने । (प्र.नं. ८ ) निवेदक तर्फबाट – × विपक्षी तर्फबाट- × अवलम्बित नजिर- × आदेश न्या.लक्ष्मणप्रसाद अर्याल- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- २. फिरादी सीताराम कर्माचार्यको जेठी श्रीमती हुँ । २००९ सालमा विवाह भएको, विवाह भएको ६ महिना देखि माइतीमा बसेको र कुनै सन्तान जायजन्म नभएको । घरमा बस्न दिनुहोस् नदिए मेरो अंश दिनुस् भन्दा लछार पछार गरी घरबाट निकाला गरी दिएको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी ३ छोराको विवाह खर्च कटाई ७ खण्डको १ खण्ड अंश पाउने भन्ने समेतको विपक्षीले पर्सा जिल्ला अदालतमा फिराद दायर गर्नु भएको । ३. विपक्षी मंगलादेवीसँग मेरो विवाह भएको छैन । निजसँग कुनै नाता नै नहुँदा धर्ममा बसेकी भन्ने भनाई झुठ्ठा हो । विपक्षीसँग विवाह नै नभएको हुँदा अंश पाउने कुनै कानूनी प्रावधान छैन । झुठ्ठा फिरादबाट फुर्सद पाउँ भन्ने समेतको मेरो प्रतिउत्तर परेको थियो । ४. शुरु पर्सा जिल्ला अदालतबाट मिति २०५२।९।६ मा आदेश हुँदा वादी र प्रतिवादी सिताराम कर्माचार्यको बीच लोग्ने स्वास्नीको वादी प्रतिवादीको स्वास्नी नाता कायम भएको हुँदा फिराद परेको अघिल्लो मिति २०४५।८।३ मा मानो छुट्टिएको मिति कायम हुन्छ । उक्त मिति तकको वण्डा हुनु पर्ने सम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादीबाट दाखिल गराउने फिराद परे यता अब के कति छोराछोरीको विवाह गर्न बाँकी छ । निजहरुको उमेर र नाउँ समेत खुलाई अ.बं. १३३ नं. बमोजिम वादी प्रतिवादीको कागज गराई दिने । फिराद प्रकरण १ मा उल्लेखित प्रेम बहादुर कर्माचार्य, उदय बहादुर कर्माचार्य, उत्तम बहादुर कर्माचार्यलाई बुझ्नु पर्ने हुँदा ३० दिने म्याद जारी गरी निजहरु जिम्मा समेत वण्डा हुनु पर्ने सम्पत्ति भए उक्त मानु छुट्टिएको मिति तकको सम्पत्तिको तायदाती फाँटवारी निजहरुबाट समेत लिने भन्ने समेतको आदेश भयो । ५. आदेश कानून विपरीत र वेरितपूर्ण समेत हुँदा बदर गरिपाउँ भनी मैले पुनरावेदन अदालतमा अ.बं. १७ नं. बमोजिम निवेदन दिएकोमा सो निवेदनमा पुनरावेदन अदालत हेटौंडाबाट जिल्ला अदालतबाट भएको आदेश मिलेकै हुँदा कानून