निर्णय नं. ४५०२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०२ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०३/१० २४८८ निर्णय नं. ४५०२ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४८ सालको रिट नं. २१४३ आदेश भएको मिति : २०४९।३।१०।४ मा निवेदक : सदरखोर कारागार शाखामा थुनामा रहेको दोजे अङपा गुरुङसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार, गृह मन्त्रालयसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) ऐन कानुनको प्रष्ट आधार बेगर आफूलाई मनासिब लागेका मुद्दाहरु बाहेक गरी कुनै कैदी असल चाल चलनको हो होइन भन्ने व्यापक सीमालाई संकोचन गर्न पाउने देखिँदैन, किनकी कार्यपालिका लगायत सबैले ऐन कानुनको लक्ष्मणरेखा भित्र रहेर कार्य गर्नु पर्ने अनिवार्यता हुन्छ औचित्यको आधारमा कानुनको सीमाना नाघ्न नमिल्ने । (प्रकरण नं. ११) (२) कारागारहरुलाई असल चालचलनका कैदीहरुको सिफारिश गरी पठाउनु भन्ने आ.बा. पत्रमा मुद्दा किटेर ती मुद्दा बाहेकका कैदीहरुको असल चाल चलनको सिफारिश गर्नु भनी लेखेको पत्र उपरोक्तानुसार संविधानको समानताको प्रत्याभूति विपरीत भएको । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्दकुमार श्रेष्ठ आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदक मध्येको म दोर्जे अङपा गुरुङलाई वादी श्री ५ को सरकार प्रतेवादी म समेत भएको विदेशी मुद्रा मुद्दामा का.जि.अ. को २०४६।४।२२ को फैसला बमोजिम कैद वर्ष २ गर्ने गरी फैसला गरेकोमा २०४६।४।३२ देखि थुनामा रहेको हाल २ वर्ष ७ महीना ६०% कैद भुक्तान गरी सकेको छु । निवेदक मध्येको म ताम्ला गुरुङलाई वादी श्री ५ को सरकार प्रत्येवादी म समेत भएको सुन चोरी पैठारी मुद्दामा त्रि.वि. भन्सार कार्यालयको २०४६।२।११ को फैसला कैद ३० दिन र जरिवाना वापत पाउनु पर्ने कैद ४ वर्ष गरी जम्मा ४ वर्ष १ महीना कैद लागेकोमा २०४६।१।१९ देखि थुनामा बसी हालसम्म २ वर्ष १० महीना करीव ६०% कैद भुक्तान गरी सकेको छु । निवेदक मध्येको म रामबहादुर थापालाई का.जि.अ. को २०४८।९।२२ को फैसला बमोजिम २०४७।११।१४ देखि १ वर्ष ६ महीनाको कैद गरेको १ वर्ष करीव ७५% भुक्तान गरिसकेकोे छु । निवेदक मध्येको म रामबहादुर थापालाई का.जि.अ. को ०४८।९।२२ को फैसला बमोजिम ०४७।११।१४ गते देखि कैद भुक्तान हुने गरी १ वर्ष ६ महीना कैद गरेकोमा १ वर्ष कैद भुक्तान गरी जम्मा कैदको ७५% कैद भुक्तान गरी सकेको छु । ३. कारागार नियमावली, २०२० को नियम २९ मा असल चाल चलन भएका कैदी वा थुनुवालाई तोकिएको सजायँमा बढीमा २५ प्रतिशत कैद माफि दिन सकिनेछ भन्ने कानुनी व्यवस्था छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२२ मा श्री ५ बाट जुनसुकै अदालत विशेष अदालत सैनिक अदालतमा वा अन्य कुनै न्यायिक अर्ध न्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायँलाई माफी मुलतवी वा परिवर्तन गर्न सकी बक्सनेछ भन्ने संवैधानिक व्यवस्था छ । कारागार नियमावली, २०२० को नियम २९ र संविधानको धारा १२२ को प्रयोजनको लागि विपक्षी गृह मन्त्रालयले सबै कारागारको लागि २०४८।१०।२९ मा एक आ.वा. पठाई कैदको सजायँ भोगी रहेका कैदीहरु मध्ये यही २०४८।११।६ सम्ममा तोकिएको सजायँको ६० प्रतिशत कैद भुक्तान गरेको लागू औषधि तस्करी र जीउ मास्ने