निर्णय नं. ४५०३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०३ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०२/२८ २६३९ निर्णय नं. ४५०३ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको फौ.पु.नं. २९३ फैसला भएको मिति : २०४९।२।२८।४ मा पुनरावेदक/वादी: अर्जुन वादीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी: दाङ परनधारा गा.वि.स. वार्ड नं. ९ कपूरेनी डेरा गरी बस्ने सज्जन वादी मुद्दा : कर्तव्य ज्यान (१) मार्नेसम्मको इवी अदावतले चोट छाडेको भए मृतकको टाउको वा शरीरमा अनेकौं त्यस किसिमको चोट आघात छाडेको देखिनु पर्ने, सो समेत नदेखिएकोले बाबु छोरा बीच भनाभन भई मौकामा उठेको रिस आवेशबाट सोही ठाउँ भेटिएको सजीवनको लठ्ठी जस्तो जोखिम रहित सामान्य कुटपिटमा प्रयोग हुने लाठा ढुंगा प्रकृतिको (दाउरा) लठ्ठी प्रयोग गर्दा बुढो उमेरको बाबुलाई टाउको जस्तो मर्मस्थानमा चोट लागी सोही आघातबाट निजको मृत्यु भएको देखिएकोले ज्यान सम्बन्धीको १४ नं. मा वर्णित अवस्था मिल्दो कसूर देखिने । (प्रकरण नं. २१) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ फैसला न्या.केदारनाथ उपाध्याय १. म.प.क्षे.अ. को मिति २०४७।५।१२।३ को फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०४५ साल फाल्गुण २५ गतेका दिन सम्म अं. ७ बजेको समयमा मेरो डेरामा आई माछा मार्न गएको मौका पारी सज्जन वादीले वालकृष्ण वादीलाई सम्पत्तिको कारणबाट दाउराले हानी मारेकोले अपराधी सज्जन वादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महल अन्तर्गत कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने २०४५।११।२६ को जाहेरी दर्खास्त । ३. घाटीको भाग सुनिएको, बायाँ छाती माथि खोस्रिएको, दाग देखा परेको भन्ने लाश जाँच प्रकृति मुचुल्का । ४. सम्पत्ति सम्बन्धमा आमासंग झगडा हुँदा बाबुले मलाई हानें सोही रिसको आवेगमा मैले एकपटक हातले र पछि साजको लठ्ठीले टाउको र घाँटीमा हान्दा बाबुको मृत्यु भएको हो भन्ने समेत सज्जन वादीको प्रहरीमा भएको बयान । ५. प्रतिवादी सज्जन वादीलाई मुलुकी ऐ. ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ६. २०४५।११।२५ गतेका साँझ ७ बजेको समय हुँदो हो मैले बहिनीसंग भात मागी खाएँ बाबु केही समय पछि आई रक्सी र भात खाई फेरि घरबाट निस्की गएका हुन आधा घण्टा पछि फिर्ता भई आमालाई दाउराले ३/४ पटक हाने किन यसरी आमालाई हान्नु हुन्छ भनी भन्दा बुबाले मलाई एकपटक दाउराले हानेकाले मलाई रिस उठी सोही दाउराले एकपटक टाउकोमा र हातले गालामा हानेको सोही चोटबाट बाबुको मृत्यु भएको भन्ने सज्जन वादीले दाङ देउखुरी जिल्ला अदालतमा गरेको बयान । ७. पहिले देखि नै बाबुसंग धन सम्पत्तिको बारेमा झै झगडा भई रहँदा एक पटक न एकपटक नमारी छाड्दिन भनी भनेको थियो धनको बारेमा झगडा भएर मारेको भन्ने सुनेको हुँ, प्रतिवादी बाहेक अरु कसैले बाबुलाई मारेको होइन भन्ने अर्जुन वादीले जि.अ. मा गरेको बकपत्र । ८. रिस थाम्न नसकी हान्दा सोही चोटले ज्यान मरेकोले ज्यान सम्बन्धीको १४ नं. अनुसार प्र. सज्जन वादीलाई १० वर्ष कैद हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति ०४६।७।२७ को फैसला । ९. ज्यान सम्बन्धीको १४ नं. अनुसार कम सजाय गरेको दाङ देउखुरी जिल्ला अदालतको फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार