निर्णय नं. ६१५५ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१५५ - उत्प्रेषणसमेत भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०३/०३ ३९७६ निर्णय नं. ६१५५ ने.का.प. २०५३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने रिट नं. २७५८ आदेश मिति २०५३।३।३।२ विषयः उत्प्रेषण समेत । निवेदक- काठमाडौं जिल्ला का.न.पा. वडा नं. १० बानेश्वर बस्ने बर्ष ३९ को लोकमान सिंह कार्की विरुद्ध विपक्षी- लोकसेवा आयोग कमलपोखरी श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय नुतनराज श्रेष्ठ, श्री ५ को सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर काठमाडौं सेवा परिवर्तन भन्नाले एक सेवाबाट अर्को सेवा परिणत गरेको वा मिलाइएको भन्ने जनाउँछ, सोबाट नयाँ नियुक्ति भन्ने अर्थ गर्न नमिल्ने । ( प्र.नं. २७) श्री ५ को सरकारको निर्णयमा नै प्रष्ट शब्दमा कायम रहेका पदहरुलाई नै निजामती सेवाको प्रशासन तर्फको पदमा कायम गरी यी पदमा पुरानो सेवा समेत जोडि सेवा परिवर्तन गरिएको भन्ने देखिँदा अन्यथा अर्थ गर्न नमिल्ने प्रष्ट छ । अब सेवा वा समूह परिवर्तन गर्दाको अवस्थामा लागू रहेको निजामती सेवा नियमावली, २०२१ मा तत् सम्बन्धमा गरेको व्यवस्था हेर्दा निजामती सेवा नियमावली (संशोधन सहित) , २०२१ को नियम ३.३.(८क.) को (च) र (छ) प्रासंगिक देखिन्छ । (च) मा आफ्नो इच्छाले सेवा परिवर्तन गरेको मितिले दुई बर्षसम्म भन्ने र (छ) मा आफ्नो इच्छाले समूह वा उप समुह परिवर्तन गराएको भए त्यसरी समूह वा उपसमूह परिवर्तन गरेको मितिले एक बर्षसम्म (बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाईने छैन) भनी व्यवस्था गरेको देखिन्छ । हाल बहालमा रहेको निजामती सेवा नियमावली, २०५० को नियम १३८ खारेजी र बचाउ शीर्षक अन्तर्गत (२) मा निजामती सेवा नियमावली, २०२१ बमोजिम भए गरेको काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिन्छ भन्ने बचाउ गरेको देखिन्छ। यसरी सेवा परिवर्तन गर्दाको अवस्थामा उपरोक्त उल्लेखित तत्कालिन बहालमा रहेको निजामती सेवा नियमावली, २०२१ को नियम ३.३.(८.क) को (च) र (छ) को बन्देज कर्मचारीको स्वइच्छाले सेवा वा समूह परिवर्तन गरिएको अवस्थामा मात्र लागू भै क्रमश २ र १ बर्ष सम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने प्रष्ट छ । तर निवेदकले त्यस्तो सेवा वा समूह परिवर्तन गर्दा गराउन कुनै पहल गरेको वा निजको निवेदनको आधारमा सेवा वा समूह परिवर्तन भएको भन्ने कुरा विपक्षीहरुको लिखित जवाफमा भन्न र प्रमाण दिन सकेको छैन । बरु निवेदकको सेवा र समूह परिवर्तन गर्ने सम्बन्धमा श्री ५ को सरकारको निर्णयबाटै श्री ५ को सरकारको स्वईच्छानुसार नै निवेदकको सेवा र समूह परिवर्तन भएको देखिएको र तत्कालिन निजामती सेवा नियमावली, २०२१ को नियम ३.३ (८.क) को सम्बन्धमा उल्लेखित स्पष्टिकरणको (२) मा कुनै कर्मचारीको आफ्नो इच्छाले नभई श्री ५ को सरकार वा अख्तियारवालाले नै निजको योग्यतानुसारको कामको प्रकृति मिल्दो पदमा सेवा समूह वा उपसमूह परिवर्तन गरी दिएको भए त्यस्तो कर्मचारीको सम्बन्धमा खण्ड (च) र (छ) को बन्देज लागू हुने छैन भनी प्रष्ट व्यवस्था रहे भएको देखिँदा तत्कालिन निजामती सेवा नियमावली, २०२१ को नियम ३.३. (८.क) को (च) र (छ) को बन्देज निवेदकको हकमा लागू हुन नसक्ने। (प्र.नं.२७) कुनै कर्मचारीको सेवा वा समूह वा दुवै परिवर्तन गर्नु पर्ने आवश्यकता परी श्री ५ को सरकारले लोक सेवा आयोग कार्यविधि नियमहरु, २०२७ को परिच्छेद ५ का विभिन्न नियमहरुमा तोकेको कार्य व्यवस्था बमोजिम निव