निर्णय नं. ४५०४ - २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०४ - २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०३/०३ ४७५९ निर्णय नं. ४५०४ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. १७/३३१ १९/३३३ फैसला भएको मिति : २०४९।३।३ मा पुनरावेदक/प्रतिवादी: सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका रा.प.प्र.श्रेणीमा कार्यरत वर्ष ५२ को कृष्णप्रसाद पन्तसमेत विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार मुद्दा : २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने (१) अ.दु.नि.नि., २०३४ का नियम ३७(३) ले हदम्यादको व्यवस्था गरेको र उक्त नियममा प्रचलित कानुनमा नालिश गर्नलाई ६ महीना भन्दा बढी हदम्यादको व्यवस्था भएमा सोही हदम्याद भित्र भनी उल्लेख भएको र प्रस्तुत मुद्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को माग दावी साथ दायर भई सोही ऐनको दफा २४(क) ले विभागीय कारवाही नभएकोमा अनुसन्धानको कारवाही शुरु भएको मितिले २ वर्षको हदम्याद हुनेछ भन्ने व्यवस्था गरेको हदम्याद नाघी नालेश दायर भएको भन्ने जिकिर संग सहमत हुन नसकिने । (प्रकरण नं. ९१) (२) हेचचक्र्याई तत्वको विद्यमानताबाट भ्रष्टाचार वा अधिकारको दुरुपयोग भएकै हो भन्ने निष्कर्षमा पुग्न नसकिने । (प्रकरण नं. ९१) (३) कानुनी कर्तव्यको पालना राष्ट्र सेवकको अनिवार्य शर्त हो । (प्रकरण ९२) (४) फोहर तरिकाले सच्याइएको टेबुल नं. मा पास फेल हुने विद्यार्थीको संख्या नमिलेको मार्कसिट तथा कम्प्यूटर कपिमा सच्चिएको नम्बरहरु देख्दा देख्दै सक्कल कपी नै नभिडाई भएको कार्यबाट रुजूकर्ता प्रतिवादीको उक्त अपराधमा संलग्नता थिएन भनी मान्न नसकिने । (प्रकरण नं. ९२) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा विपक्षी/वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. अख्तियार दुरुपयोग निवारण नियमावली, २०३४ को नियम ४३ बमोजिम अख्तियार दुरुपयोग निवारण पुनरावेदन अदालतमा पुनरावेदन परी नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १३०(७) बमोजिम यस अदालतमा सरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको सिम्बल नं. ०८६०७० ‘जे’ र सिम्बल नं. ०८५८२० ‘टी’ भएको विद्यार्थीलाई क्रमशः नेपाली र गणित तथा नेपाली विषय अनुत्तीर्ण अंक पाएकालाई उत्तीर्ण गराएको भन्ने सम्बन्धमा अनुसन्धान तहकिकात गरी सबूद प्रमाण समेत संकलन गरी तथ्यमा पुगी प्रतिवेदन पेश गर्न यस आयोगका आयुक्त सर्वज्ञराज पण्डितलाई छानबीन अधिकृत तोकिएकोमा निज विरामी भई धेरै दिन देखि आयोगमा उपस्थित हुन नआएको हुँदा सो कारवाही टुंग्याई प्रतिवेदन पेश गर्न मलाई मिति ०४४।६।२ मा निजको सट्टामा छानबीन अधिकृत तोकिए अनुसार म्याद भित्रै प्रतिवेदन पेश गरेको छु । ३. २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको परीक्षाफल प्रकाशनको कार्यका अंक रुजु गर्न परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट शिक्षा तथा संस्कृति मन्त्रालयका शा.अ. नारायणप्रसाद आचार्य खटी गएकोमा सि. नं. ०८६०७० ‘जे’ को नेपाली र गणित विषयमा र ०८५८२० ‘टी’ को नेपाली विषयमा अनुत्तीर्ण अंक