निर्णय नं. ४५०५ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०५ - कीर्ते भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०१/२१ २६२६ निर्णय नं. ४५०५ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको फौ.पु.नं. ३९२ फैसला भएको मिति २०४९।१।२१।१ मा पुनरावेदक/प्रतिवादी: भद्रपुर न.पं. वा.नं. ११ बस्ने नारायणप्रसाद न्यौपानेसमेत विरुद्ध विपक्षी/वादी: धरान न.पं. वा.नं. ५ बस्ने धनबहादुर राईसमेत मुद्दा : कीर्ते (१) कागजातहरु कुनै व्यक्तिसंग हुँदैमा उही व्यक्ति नै वास्तविक धनी हो भनी किटान गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) नाबालकको नाउँमा जग्गाको चलन पूर्जी हुनु गैरकानुनी हुन्छ भन्न नसकिने र अभिभावक नराखिंदैमा कानुनी मान्यता विहीन हुन्छ भन्न नसकिने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. पू.क्षे.अ. को इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. म फिरादी धनबहादुरले मालपोत बाँकीमा सकारी ०२०।१।१५ को चलनी पूर्जी बमोजिम हक भोग भई सर्भेमा कि.नं. २५७ को ४–१५–० मेरा नाउँमा कायम भएको जग्गा रु. ४८०००।– मा फिरादी नरेश थापालाई ०४०।९।२१ मा र.नं. ७६६ मा पारीत गरी दिएकोमा विपक्षीहरुले अर्कै कीर्ते धनबहादुर भन्ने व्यक्ति खडा गरी उक्त जग्गा मध्ये ४–१०–० जग्गा रु. ४५०००।– थैली राखी मोरंग मालबाट र.नं. १८३१ मिति ०४०।९।७ मा पास गरी लिनु दिनु गरेछन् । म धनबहादुरको बिक्री गर्न पाउने हक मेट्न म नरेशकुमारको धन नोक्सान पार्न विपक्षीहरुले कीर्ते कागजको १ नं. को अपराध गरेको हुँदा नाम नबुझिने सनाखत साक्षी समेत विपक्षीबाटै नाम खुलाई सबै विपक्षीहरुलाई कीर्ते कागजका ७ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. म समेतले म सद्दे साँचो धनबहादुरबाट जग्गा राजीनामा गराई लिएको हुँदा विपक्षीहरु उपर दोहोरो लेखत बदर र जालसाज समेतमा फेराद दायर भइसकेकोले एकै विषयलाई लिई दायर गरेको फिराद अ.बं. ८३ नं. ले वातेल गरिपाउँ भन्ने समेत प्र.नारायणप्रसाद न्यौपानेको प्रतिउत्तरपत्र । ४. सर्भेमा मेरा नाउँमा दर्ता भएको मेरो स्वामित्वको जि.झापा धुलाबारी गा.पं. वार्ड नं. ९ कि.नं. २५७ को ४–१५–० जग्गा मध्ये ४–१०–० मिति ०४०।९।७ मा इन्द्रबहादुर गुरुङ भवानीप्रसाद ढकाल, राजेन्द्रप्रसाद पोखरेल, नारायणप्रसाद न्यौपाने समेतलाई राजीनामा पास गरिदिएको छु । लिनेहरुले दा.खा. गर्न नपाउँदै विपक्षी धनबहादुरलाई मेरो नाउँको कीर्ते खडा गरी विपक्षी नरेशकुमारले ०४०।९।२१ मा कीर्ते गरी राजीनामा पास गराई लिएछन् । कीर्ते जालसाज र लेखत दर्ता बदरमा निजहरु उपर फिराद गरेको छु । वादी दावी झुठ्ठा हो भन्ने समेत प्र.धनबहादुर राईको प्रतिउत्तरपत्र । ५. हामीहरुले कीर्ते धनबहादुरबाट राजीनामा गराई लिएको होइन, सद्दे धनबहादुरबाट राजीनामा गराई लिएकोमा विपक्षीहरुले कीर्ते गरी लिनु दिनु गरेको हुँदा दोहोरो लेखत दर्ता बदर र जालसाज समेतमा फिराद दायर भई कारवाही भइरहेको हुँदा यिनै विषयको कुरालाई लिई मुद्दा अ.बं. ८९ नं. ले चल्न नसक्ने हुँदा वातेल गरिपाउँ भन्ने समेत प्र.इन्द्रबहादुर गुरुङ, भवानीप्रसाद ढकाल, रोजन्द्रप्रसाद पोखरेल समेतको संयुक्त प्रतिउत्तरपत्र । ६. सबूद प्रमाणबाट वादी धनबहादुर नै खास जग्गा धनी देखिँदा हकै नपुग्ने व