निर्णय नं. ६१५६ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१५६ - कर्तव्यज्यान । भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०२/०८ २९६४ निर्णय नं. ६१५६ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४९ सालको फौ.पु.नं. ६०७ फैसला मिति २०५३।२।८।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक- काले सुनारको जाहेरीले श्री ५ को सरकार वादी विरुद्ध प्रत्यर्थी- जिल्ला अछाम, मंगलसेन गा.वि.स. वडा नं. ७ माडेगडा बस्ने नौले सुनार ऐ.ऐ. बस्ने गगने सुनार ऐ.ऐ. बस्ने धनसिंगे सुनार ऐ.ऐ. बस्ने दाने सुनार ऐ.ऐ. बस्ने प्रिमे सुनार ऐ.ऐ. बस्ने आँखे सुनार ऐ.ऐ. बस्ने भिउसिंगे सुनार ऐ.ऐ. बस्ने दिले सुनार ऐ.ऐ. बस्ने दाने सुनारकी श्रीमती पवि सुनारनी ऐ.ऐ. बस्ने दिले सुनारकी श्रीमती धौली सुनारनी ऐ.ऐ. बस्ने भिउसिंगे सुनारको श्रीमती पवि सुनारनी अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी गगने सुनार समेतले गरेको बयानको पोल बाहेक निजहरु समेतले कुटपिट गरेको कुरा स्वतन्त्र प्रमाणबाट पुष्ट्याई भएको पाईन्न । यी प्रतिवादीहरु समेतले मृतकलाई कुटपिट गरेको कुरा अन्य कहिँ कतैबाट देखिन्न । वारदातमा उपस्थित भै गाली बेइज्जती सम्म गरेको कुरा वादी पक्षका गवाह जाहेरवाला र जोगी सुनार समेतको बकपत्रबाट देखिन्छ । गाली बेइज्जती सम्म गरेको कुरालाई कसूर गरेको हो भनी ठहर गर्नु उपयुक्त नदेखिने । ( प्र.नं. ५०) पुनरावेदक तर्फबाटः-विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति विपक्षी प्रत्यर्थी तर्फबाटः-× अबलम्बित नजीरः × फैसला न्या. त्रिलोक प्रताप राणा- पुनरावेदन अदालत दिपालय डोटीको फैसला उपर चित्त नबुझी यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. २०४५ सालमा दाने सुनारको दोकान पसलमा चोरी भए सम्बन्धमा मेरो भाई भतिजाहरु उपर शंका गरी रिसइवी लिई राखेकोमा मिति २०४६।८।८ गतेका बेलुका दिले सुनारकी श्रीमती र रामपतिका बीच जग्गाको साँध सिमाना बारे २ पक्षको झगडा हुन थालेपछि छुट्‍याउन सर्जने सुनार, गोरे सुनार, भाई ललिते सुनार समेत गएको अवस्थामा यिनी राँडीको छोराहरुलाई मार्नु पर्छ भनी दाने सुनार, आँखे सुनार, गगने सुनार, भिउसिंगे सुनार, धनसिंग सुनार, नौले सुनार, दिले सुनार, प्रिमे सुनार, दानेकी स्वास्नी, भिउसिंगेको स्वास्नी, दिलेकी स्वास्नी समेतका ११ जनाले मेरो भाई ललिते सुनारलाई घेरा हाली कुटपिट गरी कसले कुन ठाउँमा हानेका हुन र सो चोटबाट करिब ५०।६० गज माथि आउँदा भाई ललिते सुनारको मृत्यु भएकोले कानून बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मृतक ललितेलाई कुटपिट गरेको ठाउँदेखि अन्दाजी १५० मिटर दुरीमा महा सुनारको घर आँगन भएको पुर्व आँपको रुख, पश्चिम महा सुनारको घर, उत्तर गोरे सुनारको पाखो जग्गा, दक्षिण सर्पे सुनारको पाखो जग्गा, यति ४ किल्ला भित्रमा रहेको दक्षिण टाउको, उत्तर गोडा गरी चाँदरले छोपेको मृतक लास, उक्त लासको चाँदर उठाई हेर्दा आँखा बन्द, मुख केही खुला भै फिँज आएको दाहिने कानको मुनी सुन्निएको, माथिल्लो आङ्गमा कुनै कपडा नभएको दाहिने पट्टी आँगमा निल भएको अण्डकोष सुनिएको लेखिए देखि बाहेक अरु शरिरमा घाउ चोट नभएको भन्ने समेत व्यहोराको मृतक ललिते सुनारको लास प्रकृति मुचुल्का । ४. मृतक लासको पोष्टमार्टम गर्न पठाउँदा छाती भित्र रक्तश्रावको कारण मृत्यु भएको भन्ने लास पोष्टमार्टम गर्ने चिकित्सकको पोष्टमार्टम फाराममा उल्लेख गरेको राय । ५. मैले ललि