निर्णय नं. ४५०६ - बकसपत्र बदर जग्गा समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०६ - बकसपत्र बदर जग्गा समेत भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०४/०१ २५६८ निर्णय नं. ४५०६ ने.का.प. २०४९ (क) अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४६ सालको दे.पु.इ.नं. ७७ फैसला भएको मिति : २०४९।४।१।५ मा निवेदक/वादी: दोलखा जिल्ला सुनखानी गा.वि.स. वार्ड नं. ८ बस्ने पूर्णबहादुर सार्कीसमेत विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.वार्ड नं.९ बस्ने छत्रबहादुर सिवाकोटीसमेत मुद्दा : बकसपत्र बदर जग्गा समेत (१) हक नपुग्ने व्यक्तिबाट लिए दिएको हालैको बकसपत्र लिखत कायम रहन नसक्ने । (प्रकरण नं. १६) निवेदक/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती तथा विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री यादव खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजलासबाट फैसला भएको मुद्दा दोहर्‍याई पाउँ भनी वादीहरुले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मुद्दा पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सकोे छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।३।५ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. २०११ सालमा दोलखा मालबाट हाम्रो नाउँमा घरदर भई हामीले तिरो तिरान समेत गरी एकलौटी गरी खाई आएको पूर्व ठाडो खोल्सो र नन्दबहादुरको जग्गा पश्चिम साखलपुरेको खेत उत्तर तेर्सो बाटो दक्षिण कालीमाटी जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको चिसापानी वारी विजन ।१२।२ जाने तिरो रु. १०।७८ को प्रचलित मूल्य ८०००।– जाने जग्गामा हामी १३ धुरी खडा गरी सकेका छौं । सुनखानीको सिवाकोटे परिवारसंग हाम्रो प्रतिनिधि अम्बरबहादुर खुलाल र पद्मबहादुर खडका समेत भई रैकर बिर्तामा कारवाही हुँदा २०३१ सालसम्मको तिरो म अम्बरबहादुर हाल लालबहादुर खुलाललाई बुझाई आएका छौं । २०३१।११।१६ मा बाली दिलाई मोही निस्कासन गरिपाउँ भनी विष्णुकान्त समेतले म वादी द्रोणबहादुरका नाउँमा मु.नं. २१५ मा निर्णय भई यिनै वादीहरु समेतसंग रैकर बिर्ताको मुद्दा पर्दा ज.पु.अ. बाट २००० सालको मिलापत्र समेत रैकरलाई विर्ता भनी खान नपाउने गरी २०२७।११।२० को फैसला उपर रिट परी ज.पु.अं.अ. कै इन्साफ सदर भएको । सोही निस्कासन सम्बन्धी मुद्दामा भू.प्र.का. बाट २०३२।६।६ मा मोही निस्कासन गर्न नमिल्ने भनी निर्णय भएको सो निर्णय समेतबाट रैकर ठहरी हाम्रो हक भोगको उक्त जग्गामा विपक्षीहरुले अर्कै दर्ताको नाताले जालसाज गरी हक नपुग्ने उक्त जग्गा छत्रबहादुर बकस दिने सिवलाल लिने गरी हालैको बकसपत्र २०३७।१२।१० मा पारीत गरी लिएछन् सो कुरा प्रमाणका मानिसहरुले थाहा दिएकोले बकसपत्र बदर गरी पाउँ भन्ने समेत बकसपत्रको ५ नं. तथा लेनदेन व्यवहारको १०, ४० र जग्गा मिच्नेको १८ नं. बमोजिम हालैको बकसपत्र बदर गराई उक्त ४ किल्ला भित्रको हाम्रो घर धुरी बमोजिम रु. ८०००।– मोलिने जग्गाको खिचोला मेटाई चलन चलाई हाम्रो हक कायम गरिपाउँ भन्ने समेत पूर्णबहादुर सार्की समेतको फिरादपत्र । ३. वादीहरुको खान्गी खुवा खारेज भई घरदर भएको विपक्षीहरुको घरधुरी भएको जग्गा कालीमाटी जाने बाटोदेखि उत्तर र पुछार धमिरे खोला पश्चिमपट्टी छुट्टै छ । कालीमाटी जाने बाटो देखि दक्षिण बीचको मूल बाटो मुनि माथि माटो