निर्णय नं. ९११२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९११२ - अंश भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/०५/२६ ५३४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति M २०७०।५।२६।४ ०६७–CR–१२७१ मुद्दाः अंश पुनरावेदक/प्रतिवादी M कपिलवस्तु जिल्ला हथिहवा गा.वि.स. वडा नं. ४ छोटुडिह बस्ने वाहिद अलि गद्दी विरूद्ध विपक्षी/वादी M ऐ.ऐ. बस्ने अहमद अलि गद्दी § अंश लाग्ने नलाग्ने र अंश मुद्दामा के कुन सम्पत्तिमा अंश लाग्ने नलाग्ने सोको निराकरण तथ्य एवं प्रमाणको आधारमा निराकरण हुनुपर्ने र अर्कोतर्फ एउटै दाताले एउटै मितिमा एकै कित्ताबाट कित्ताकाट गरी समान हैसियतका दुई व्यक्तिलाई एकै व्यहोराले दिएको हालैको बकसपत्रमध्ये एउटालाई बण्डा नलाग्ने ठहर गर्नु र अर्कोलाई बण्डा लाग्ने ठहर गर्नु समन्याय र मुलुकी ऐन, अंशबण्डाको १८ नं. को कानूनी व्यवस्थासमेतको विपरीत हुने । (प्रकरण नं.५) सम्पत्ति राजीनामाबाट प्राप्त गरेको र सो सम्पत्ति निजी आर्जन देखिने गरी निजले अन्य विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेकोले निजको निजी आर्जनको भन्न सकिने अवस्था नदेखिएकोले सगोलको सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई विपक्षी/वादीका तर्फबाट M अवलम्बित नजीर M सम्बद्ध कानून M मुलुकी ऐन, अंश वण्डाको १८ नं., अ.बं.१३९ नं. शुरू फैसला गर्ने M मा.जि.न्या. श्री चण्डीराज ढकाल पुनरावेदन फैसला गर्ने M मा.मु.न्या.श्री तर्कराज भट्ट मा.न्या.श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.गिरीश चन्द्र लाल M न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख)बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– मूल पुरूष मून्सी गद्दीको छोरा वलाकत गद्दीको दुई श्रीमती जेठी लवानी गद्दीको तर्फबाट जन्मेका दुई छोरा जेठा वाहिद अलि गद्दी कान्छा म वादी अहमद अलि र कान्छी श्रीमती सेहरूननिसाको तर्फबाट जन्मेका दुई छोरा मुनताज गद्दी, कान्छा कोइल्ताफ गद्दी भएको, वाहिद अलि गद्दीकी श्रीमती मैमुननिसा गद्दीको तर्फबाट जन्मेका दुई छोरा शेराज अहमद गद्दी, मुसताक गद्दी भएको, कोइल्ताफ गद्दीको श्रीमती तसरीकुन निसा गद्दी भएको पुस्तेवारीमध्येका मुन्सी गद्दी तथा निजकी श्रीमती र लवानी गद्दी, सेहरूननिसा गद्दीसमेतको परलोक भएको । म वादी तथा प्रतिवादीहरू एकासगोल सराकतमा रही बसी सगोलमै जग्गा सम्पत्ति भोग चलन गर्दै आई प्रतिवादी तथा तसरीफुनीसा, मुनताज गद्दी, मैमुन निसा गद्दी, सेराज गद्दी र मुन्सी गद्दीको नाउँमा दर्ता रहेको जग्गा सम्पत्ति सबै सगोलको रहेको अंशबण्डा नभएको । प्रतिवादीहरूले म वादी तथा मेरो परिवारलाई ईज्जत आमदअनुसार खाना लगाउन र अंश हक छुट्‍याई दिन्नौ भनी जवाफ दिएकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी प्रतिवादीहरूबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिमा पाँच भागको एक भाग म वादीको अंश हक कायम गरी बण्डासमेत छुट्‍याई पाऊँ भन्नेसमेत व्यहोराको फिराद पत्र । वादी दावीअनुसार पुस्तेवारी ठीक छ । तर मेरो छोरा स्वास्नीको नाउँमा दर्ता रहेको सम्पत्ति सगोलको हो भन्ने दावी झूठ्ठा छ । सोही सम्पत्ति लिन खान पाउने उद्देश्यले वादी र अन्य प्रतिवादी मेरो बाबुसमेत मिली मिलाई यो मुद्दा दिएका हुन् । मेरो जिम्मा दर्तामा समेत सगोलको कुनै सम्पत्ति छैन । २०४