निर्णय नं. ४५०७ - नासो धरौट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०७ - नासो धरौट भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/१८ ३०१३ निर्णय नं. ४५०७ ने.का.प. २०४९ (क) अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको दे.पु.नं. ९४।९५ फैसला भएको मिति : २०४९।३।१८।५ मा पुनरावेदक/प्रतिवादी: रुपन्देही जिल्ला शंकरनगर गा.वि.स. वा.नं. ३ बस्ने रणकुमारी गुरुङसमेत विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बुटवल न.पं. वार्ड नं. ६ बस्ने देवनारायण गुरुङ पुनरावेदक/वादी: ऐ.ऐ. बस्ने देवनारायण गुरुङ विरुद्ध विपक्षी/प्रतेवादी : ऐ.ऐ. शंकरनगर गा.वि.स. वार्ड नं. ३ उदयराज गुरुङसमेत मुद्दा : नासो धरौट (१) नलाग्ने पुनरावेदन खारेज गरी ७ दिनभित्र पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिन ल्याए लिने गरेको संयुक्तइजलासको आदेशलाई अन्यथा भन्न सकिने स्थिति रहेन; तत्पश्चात उक्त आदेशानुसार परेको निवेदनको आधारमा पुनरावेदनको अनुमति भएकोलाई कानुनसम्मत मान्नु पर्ने (प्रकरण नं. २१) (२) नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने माल नासो धरौट राख्दा रसिद भर्पाई गराई मात्र दिन पर्ने (प्रकरण नं. २२) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. प.क्षे.अ. को फैसला उपर अनुमतिद्वारा दुवै पक्षको पुनरावेदन परी पेश हुन सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. विपक्षी मध्येको उदयराज प्रेमराज मेरो साला नाताका हुन रणकुमारी मेरो सासु हुुनुहुन्छ । रणकुमारीका पति रणबहादुर गुरुङ जीवित अवस्था रणकुमारीको छोरी एवं उदयराज, प्रेमराजकी दिदी लक्ष्मीदेवी गुरुङलाई २०२५ साल आश्विन महीनामा मेरो साथ विवाह गरिदिनु भएकोले आफ्नु छुट्टी पूरा गरी नोकरी गरेको बृटिश फौजमा हाजिर हुन हङकङ जान लाग्दा लक्ष्मीदेवीलाई साथै हङकङ लिई गएको थिएँ । मैले नोकरीबाट आर्जन गरेको रुपैयाँबाट ३० तोला सुन किनी गहनाको रुपमा परिणत गराई २०३० साल आश्विनमा छुट्टिमा आउँदा लक्ष्मीदेवीले आफ्नो शरीरमा लगाएको गहना २०३० सालमा छुट्टी पूरा गरी म हाजिर हुन हङकङ जान लाग्दा लक्ष्मीदेवीले केही महीना माइतमा बस्ने इच्छा गरेकी र विपक्षी रणकुमारीले पनि भन्नु भएकोले गहना सहित लक्ष्मीदेवीलाई विपक्षीकै घरमा छोडी म हङकङ गएँ । २०३१ साल जेष्ठ महीनामा लक्ष्मीदेवीलाई झिकाई पठाउँदा लक्ष्मीदेवी हङकङ गइन तर गहना मध्ये नौ तोला सुनका चुरी थान ६ बाहु तोला सुनको सिक्री लकेट सहित २ तीन तोला सुनको रिङ थान ४ सवा तोला सुनको टप जोर १ तोला सुनको औंठी एक समेत सवा छब्बीस तोला सुनको गहना माइतमा आमा भाइहरुको जिम्मा छोडी आएको छु भनी जवाफ दिइन । घरमा पुगी सकेको माल फर्काएर लान पर्ने प्रश्नै थिएन ठीकै भयो भन्ने सम्झी बसेको थिएँ त्यसै गरी ०३४ साल बैशाखमा रिटायर भई पेन्सन पाउने गरी घरमा आउँदा पनि आफ्नो भए भरको कमाई मध्येबाटै ४२ तोला सुन किनी गहनाकै रुपमा लक्ष्मीदेवीले लगाएरै नेपालमा उतारेको हो मेरो घर गुल्मी जिल्ला शान्तिपुर गा.पं. मा भएको हुँदा दाजु भाइ पनि फौजमा भएको हुँदा सबैको सल्लाहा अनुसार मदेशमा जग्गा किनी बुटवलमा घर बनाउने योजना भएकोले घर बनी नसकी गहना जहाँ ताहाँ राख्न नमिली लक्ष्मीदेवीले लगाउन सकेजति निजले न