निर्णय नं. ६१५८ - लिखत दर्ता बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१५८ - लिखत दर्ता बदर । भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०९/१८ ३५८४ निर्णय नं. ६१५८ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०५१ सालको दे.पु.नं. १८४५ फैसला मिति २०५२।९।१८।३ मुद्दाः लिखत दर्ता बदर । पुनरावेदक- जिल्ला सप्तरी गाउँ विकास समिति वसविटी वडा नं. ७ बस्ने बर्ष ३१ को उपेन्द्रलाल दास कथवनिया प्रतिवादी विरुद्ध विपक्षी- वादी ऐ. को चावखारी गाउँ विकास समिति वडा नं. ४ बस्ने मोहिया देवी दास कथवनिया ऐ.ऐ. बस्ने सितम्बरलाल दास कथवनिया लेनदेन व्यवहारको १० नं. ले आफूखुसी गर्न पाउने बाहेकको सम्पत्तिमा मात्र सगोलका अंशियारहरुको जति हक फिर्ता हुने, आफूखुसी गर्न पाउनेमा सगोलका अन्य अंशियारहरुको मञ्जुरी लिन नपर्ने व्यवस्था गरेको देखिन्छ । लेनदेन व्यवहारको १० नं. को व्याख्या गर्दा अंशवण्डाको १९ नं. को समग्र परिवेश वा सान्दर्भिकतालाई पन्छाएर व्याख्या गर्न मिल्ने नदेखिने ( प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी वादी तर्फबाटः-× अबलम्बित नजीर × फैसला न्या. ओमभक्त श्रेष्ठ- पुनरावेदन अदालत राजविराजको मिति २०४९।५।२२ गतेको फैसला उपर प्रतिवादीको दोहोर्याई माग्ने निवेदनमा यस अदालत संयुक्त इजलासको मिति २०५१।३।१५ गतेको आदेशले दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. सितम्बर दासको २ छोरा जेठा बसन्त प्रसाद दास, कान्छा कुत नारायण दास र निज सितम्बरलाल दासको म वादी पत्नी हुँ । छोरा वसन्त प्रसाद समेतले सितम्बर लाल दास माथि मुद्दा दायर गरेकोमा छोराहरुले आ-आफ्नो अंश छुट्याई मिति २०४०।३।३० गते मिलापत्र गरेको मिसिल यस अदालतमा छ । हाल सितम्बर दास मेरो २ खण्डको १ खण्ड पाउने अंशियार हुन । विपक्षी सितम्बरलाल र म वादी सगोल मै रही बसी आएका थियौ । छोराहरुलाई छुट्याए पछि बाँकी रहेको सम्पत्ति लोग्नेकै नाममा रही आएको थियो । जग्गा जमिन बिक्री गर्नु पर्दा एकाघरका उमेर पुगेका व्यक्ति म भएकोमा मेरो समेत मञ्जुरी लिई जग्गाहरु बेचबिखन गर्नु पर्नेमा सो नगरी २०४१ साल वैशाखमा लोग्नेसँग झगडा भई म छोरा वसन्त प्रसादसँग बसी राखेकोमा मेरो हक मेट्नका लागि मेरो मञ्जुरी नै नगराई विपक्षीहरु मिलेमतो गरी मिति २०४१।२।२१ गतेमा राजिनामा लेखी लोग्ने सितम्बरलाल दासको नामको जिल्ला सप्तरी बसविटी गा.पं. वडा नं. ८ कि.नं. ११ को ०-५-१० र ऐ. दिधवा गा.पं. वडा नं. ९ को कि.नं. २६ को १-०-१२ मध्ये उत्तर पूर्व कुनाबाट ०-७-० समेत ०-१२-१० जग्गा मिति २०४१।२।२४ गते सप्तरी मालपोत कार्यालयबाट पारित गराएका रहेछन् । सो कुरा मलाई जानकारी थिएन, २०४१।१०।१२ गते मालपोत कार्यालयमा नक्कल लिँदा जानकारी हुन आयो । मेरो लोग्नेले मेरो समेत हक लाग्ने सगोलको जग्गा खरिद बिक्री गरेकोमा मेरो जति हक फिर्ता गराई माग्न कानूनको आधार लिई विपक्षीहरुले गराएको लिखत दर्ता बदर गरी माग्न लेनदेन व्यवहारको १० नं. बमोजिम थाहा पाएको ३५ दिन भित्र नालेश गरेको छु । विपक्षीको लिखत दर्ता बदर गरी मेरो नाममा दर्ता गरी चलन समेत पाउँ भन्ने समेत फिराद पत्र । ३. वादीको फिराद लेख विलकुल बनावटी तथ्यहिन छ । शुद्ध व्यहोरा के हो भने मैले उपेन्द्रलाल दासलाई जग्गा बिक्री गर्ने कुरा बराबर भनी आएको थिए, त्यसमा विपक्षीलाई जिल्ला सप्तरी दिधवा गा.प. वडा नं. ९ कि.नं. २६ को १-०-१२ मध्ये उत्तर पूर्व कुना