निर्णय नं. ४५०९ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५०९ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/२१ २३१८ निर्णय नं. ४५०९ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद सिंह सम्वत् २०४७ सालको रिट नं. १२२४ आदेश भएको मिति : २०४९।३।२१।१ मा निवेदक : हेटौंडा न.पं. का हेटौडा औद्योगिक क्षेत्रस्थित नेशनल कास्टिड्ड इण्डष्ट्रिज (प्रा.) लि. का तर्फबाट अख्तियार प्राप्त ऐ.का अध्यक्ष हरिप्रसाद सिंखडा विरुद्ध प्रत्यर्थी : उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ (१) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(२) को प्रतिबन्धात्मक वाक्यांशबाट अनुमति पत्रमा तोकिएको अवधि भित्र उत्पादन शुरु नगर्ने उद्योगले सो दफा बमोजिम सुविधा सहुलियत र संरक्षण प्राप्त गर्न सक्ने । (प्रकरण नं. ११) (२) निवेदक उद्योगले कानुन बमोजिम छुट सुविधा पाउन नसक्ने भन्ने कुनै कानुनी व्यवस्था रहे भएको समेत नदेखिएको स्थितिमा कानुनी आधार बेगर सुविधा नपाउने भन्न नमिल्ने हुँदा सिफारिश नगर्ने उद्योग विभागको निर्णय त्रुटिपूर्ण देखिन आएकोले सो निर्णय र पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिकबर मिकरानी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०४४।२।२९ मा विपक्षी उद्योग विभागबाट इजाजत प्राप्त गरी ०४४।३।१७ मा दर्ता गरेको नेशनल कास्टिड्ड इण्डष्ट्रिज (प्रा.) लि. ले इजाजतपत्रमा तोकिएको समयावधि १२ महीना भित्र उत्पादन शुरु गर्न नसकी म्याद थप गर्न विपक्षी उद्योग विभाग समक्ष निवेदन गरी ०४५।११।१८ देखि व्यावसायिक उत्पादन शुरु गरेको यस उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को सुविधा पाउने हुँदा आयकर छुटको सुविधा पाउन सिफारिशको लागि विपक्षी विभागमा निवेदन गरेकोमा उद्योग विभागको सुविधा शाखाबाट शुरु इजाजतपत्रमा तोकिएको अवधि भित्र उद्योग संचालनमा नआएको उल्लेख गर्दै मूल्य अभिबृद्धिको आधारमा आयकर छूट सुविधा पाउन नसक्ने निर्णयानुसार जानकारी गराएको भन्ने मिति ०४६।८।१४ को पत्र प्राप्त भई उद्योगको अधिकार संरक्षणको लागि विपक्षी सचिवज्यूमा निवेदन गर्दा कुनै कारबाही गरिएन । ३. नेशनल कास्टिङ इण्डष्ट्रिज (प्रा.) लि. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ५ बमोजिम अनुमति प्राप्त भई दफा ५(क) बमोजिम दर्ता भएको काष्ट आइरनका सामान र गनमेटलका पार्टपूर्जा उत्पादन गर्ने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भई उक्त ऐनको दफा १०(ख) ३ बमोजिम संचालन मितिले ५ वर्षसम्म आयकर छूट पाउनु पर्ने, इजाजतपत्रमा उल्लेखित समायावधि सम्बन्धी शर्त आयकर सुविधा प्रदान गर्ने वा नगर्ने प्रयोजनार्थ राखिएको अर्थ गर्न मिल्ने होइन । विपक्षी सुविधा शाखाको मिति ०४६।८।१४ को पत्रमा कुनै कानुनको उल्लेख नगरी सुविधा प्रदान गर्न नमिल्ने कानुनी आधारको उल्लेख नगरी ऐनद्वारा प्रष्ट किटानी सुविधामा अंकुश लगाउने उपरोक्त काम कारबाही औद्योगिक व्यवसाय ऐनको दफा १०(ख) ३ र १९ २०, २१ को विपरीत भई निवेदक संविधानको धारा १०,११(२) (ङ), १५ द्वारा प्रदत्त हक कुण्ठित भएको हुँदा उक्त पत्र र सोमा उल्लेखित निर्णय लगायत विपक्षीहरुको गैरकानु