निर्णय नं. ४५१० - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५१० - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/०३ २५२२ निर्णय नं. ४५१० ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको रि.नं. १३३४ आदेश भएको मिति : २०४९।३।३।४ मा निवेदक : का.न.पा. वा.नं. १० डेरा गरी बस्ने वन तथा भू–संरक्षण मन्त्रालयका शाखा अधिकृत बालकृष्ण शर्मा विरुद्ध प्रत्यर्थी : माननीय वन तथा भू–संरक्षण मन्त्री श्री झलनाथ खनाल, वन तथा भू–संरक्षण मन्त्रीको निजी सचिवालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ (१) असाधारण अधिकार क्षेत्र अन्तर्गत रही संवैधानिक हकको हनन् भयो भन्ने दावी रहेकोमा सो अधिकारको हनन् भएको देखिनु पर्ने हुन्छ† सो देखिन नआएको स्थिति अवस्थामा निवेदन जिकिर सारगर्भित भन्न मान्न नमिल्ने । (प्रकरण नं. १०) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायधिवक्ता श्री मोहन थपलिया आदेश न्या. सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म वन तथा भू–संरक्षण मन्त्रालयमा शाखा अधिकृत पदमा मिति २०४०।७।२१ देखि अटुट काम गर्दै आएको २०४६।५।१२ मा श्री ५ को सरकारले तराई सामुदायिक वन विकास आयोजनाको यू.टि. एफ.नेप. ०३८।– नेपबाट खर्च व्यहोरीने गरी विदेशमा उच्च अध्ययन गर्न मेरो मनोनयन गरेको, विश्वविद्यालयमा प्रवेश गर्नाका निमित्त प्रवेश आज्ञा प्राप्त गरेपछि एफ.ए.ओ. संग सम्पर्क गर्दा आयोजना समाप्त भइसकेकोले स्रोत नभएको तर पछिल्लो लागू फेजमा यस विषयमा विचार गर्न सकिने भनी १२।३।१९९० मा टेलेक्स प्राप्त भएको, मेरो अध्ययन बिदा समेत २०४६।११।२१ मा स्वीकृत भइसकेकोले स्रोतको व्यवस्था मिलाउन वन तथा भू–संरक्षण मन्त्रालय र अन्तर्गतका वरिष्ठ अधिकृतहरुले एक मत भई श्री ५ को सरकारबाट मनोनयन भैसकेका कर्मचारीलाई नेप. ८५।०१७ बाट यसै सेशनमा छात्रबृत्तिमा पठाउन यू.एन.डी.पि.।एफ.ए.ओ. मा अनुरोध गर्ने भनी निर्णय गरे अनुसार स्वीकृत हुन वन तथा भू–संरक्षण सचिवज्यू समक्ष फाइल पुग्दा वन प्राविधिक संघका अध्यक्ष एवं (तत्कालीन तराई सामुदायिक आयोजनाका का.मु.प्रमुख) श्री दिव्यदेव भट्टले अध्ययनमा जाने फाइल सचिवज्यूले मन्त्रीज्यू समक्ष पेश गर्नु भएकोमा मन्त्रीज्यू समक्ष ०४७।५।३ मा उजूरी परी मेरो अध्ययनमा जाने फाइल सचिवज्यूले मन्त्री ज्यू समक्ष पेश गर्नु भएकोमा मन्त्रीज्यूबाटै यस मन्त्रालय र अन्तर्गतका प्रशासनिक कर्मचारीहरुलाई उच्च अध्ययन (माथिल्लो डिग्री) मा पठाउने सम्बन्धमा ठोस नीति निर्धारण नभएको र फण्ड समेतको वैकल्पिक व्यवस्था गर्न पर्ने भएकोले यस विषयमा हाल स्थगित गर्ने भन्ने निर्णय गरिएको रहेछ । त्यस पछि तराई सामुदायिक कार्यक्रमको ढंग स्वीकृत गर्ने सम्बन्धमा फाइल पेश भएकोमा वन मन्त्रालयका प्रमुख योजना अधिकृत श्री रविबहादुर विष्टज्यूले मनोनयन गर्ने विषय उठाई श्री दिव्यदेव भट्टलाई अमेरिका वा यूरोपमा अध्ययनमा पठाउन फाइल पेश भएको, सचिवज्यूले चित्त नबुझाई मनोनयन गर्ने विषय तालिम नियम अनुरुप हुनुपर्छ भनी यसमा आफ्नै तहबाट निर्णय दिई अन्य पक्ष स्वीकृत हुन मन्त्री ज्यू समक्ष पेश गरेकोमा मन्त्रीज्यूले सोझै तालिम नियम विपरीत श्री दिव्यदेव भट्टलाई अध्ययनमा जान २०४७।११।९ मा निर्णय दिनु भएछ । मेरो अध्ययनको लागि खर्च जुटेको प्रोजेक्टबाट श्री दि