निर्णय नं. ४५११ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५११ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०२/३२ २८७१ निर्णय नं. ४५११ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४९ सालको रि.नं. २३६७ आदेश भएको मिति : २०४९।२।३२।१ मा निवेदक : जि.प्र.का. हनुमानढोका थुनामा बस्ने कमलप्रसाद बास्तोलाको हकमा कुमारमणी कोइराला विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, विशेष प्रहरी विभाग, सिंहदरवारसमेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) राष्ट्रसेवक बाहेकका व्यक्ति उपर पनि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही चल्न सक्ने नै देखिने । (प्रकरण नं. ११) (२) रिट निवेदकलाई अभियोगको छानबीनको क्रममा अदालतको अनुमति समेत लिई हिरासतमा राखिएको र छानबीन समाप्त भई नसकेको हुँदा अ.बं. १२१ नं. बमोजिम ऐनको दफा समेत खुलाई थुनुवा पूर्जी दिनु पर्ने भन्ने निवेदकको कथन कानुन संगत नदेखिने । (प्रकरण नं. ११) (३) थुनामा रहने व्यक्तिलाई थुनामा रहनु पर्नाको कारण जानकारी दिने उद्देश्यले थुनुवा पूर्जी दिनुपर्ने व्यवस्था गरिएको र अनुसन्धान पूरा भई नसकेको स्थितिमा कुन ऐनको कुन दफा उपदफा अन्तर्गत आरोप लगाउने हो निश्चित गर्न नसकिने समेत हुँदा ऐनको दफा खुलाई थुनुवा पूर्जी नदिएको अ.बं. १२१ नं. विपरीत भयो भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.सुरेन्द्रबहादुर सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक मिति २०४९।१।१० मा बाटामा हिंडी रहेका बेला प्रदर्शनी मार्गमा दिनको १२ बजे जबरजस्ती समाती प्रत्यर्थी नं. १ समक्ष पुर्याई सोही मिति देखि लगातार आफ्नो कार्यालयमा उपस्थित गराई “साविती नगराई कुनै हालतमा छाडदैनौं” भन्दै यातना दिंदै आउनु भएको छ । मैले कुनै कसूर गरेको छैन मलाई छोडिदिनुहोस भनी अनुरोध गर्दा प्रत्यर्थीले मलाई म समेतले गुठी संस्थानबाट रोक्का राखेको जग्गा कृतिम परिपंच मिलाई फुकुवा गरी गराई दर्ता गरी बिक्री वितरण समेत गरी गैरकानुनी फाइदा लिएको आरोप लगाएको प्रत्यर्थी विभागबाट मलाई ०४९।११।५ र ०४९।१।१४।१ मा गरी २ वटा थुनुवा पूर्जी भ्र.नि. ऐन, २०१७ को परिच्छेद २ अन्तर्गतको कसूर गरेको भनी दिएको छ । ३. मैले आरोप बमोजिमको कसूर गरेको छैन । यदि गुठी संस्थानबाट रोक्का भएको भए गुठी संस्थानकै पत्र बिना फुकुवा हुन सक्ने होइन, गुठी संस्थाबाटै फुकुवाका लागि पत्र गएको र सोही आधारमा फुकुवा गरेको भए त्यसमा मेरो कुनै संलग्ना छैन । प्रत्यर्थी विभागले पटक पटक मलाई अनेक आक्रमण गरी विमला बस्नेत, कृष्णबहादुर थापा, देवीप्रसाद बास्कोटा समेतलाई कारणी शुसिला पाण्डेको नामको जग्गा रजिष्ट्रेशन पारीत गरी दिंदा मैले घुस खुवाएको हुँ भनी यातना दिएको त्यसमा मेरो कुनै संलग्नता छैन । मेरा विरुद्ध अरु कुनै अभियोग लगाउन खोजिएको हो भने पनि त्यस्तो कानुन विपरीतको कुनै काम गरेको छैन । मलाई दिएको थुनुवा पूर्जीमा परिच्छेद २ अन्तर्गतको कुन चाहीं कसूर गरेको खुलाउन सक्नु भएको छैन । म निवेदक प्रत्यर्थीहरुसंग सम्बन्धित राष्ट्रसेवक नभई परिच्छेद २ मा लेखिएको कसूर गर्न नसक्ने, दफा ७(२) बमोजिमको कसूर