निर्णय नं. ४५१२ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५१२ - अंश दपोट भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/०८ ३०६३ निर्णय नं. ४५१२ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४६ सालको दे.वि.नं. ६० फैसला भएको मिति : २०४९।३।८।२ मा निवेदक/वादी: जिल्ला पर्सा भनियारी गा.वि.स. वा.नं. ४ बस्ने धुपिया अहिर विरुद्ध प्रतिवादी: ऐ.ऐ. बस्ने सनदैव राउत अहिरसमेत पुनरावेदक/प्रतिवादी: पर्सा जिल्ला मतियारी गा.वि.स. वा.नं. ४ बस्ने पुनदेव राउत अहितरसमेत विरुद्ध वादी: ऐ.ऐ.बस्ने हरदेव राउत अहिरसमेत मुद्दा: अंश दपोट (१) विवादित सम्पत्ति दुवै थरको भोगमा रहेको वादीको जिम्मा भोगमा रहे भएको भनिएको जग्गा आफ्नो जिम्मा नरहेको नभएको भन्ने प्रामाणिक रुपबाट खण्डन हुन नसकेको अवस्थामा तायदाती पेश गर्दा सम्पत्ति उल्लेख नहुनु मात्र दपोटको प्रामाणिक आधार भन्न मान्न मिल्ने हुँदैन । तायदातीमा सम्पत्ति उल्लेख हुन नसकेको स्थिति अवस्थालाई पनि न्यायकर्ताबाट दृष्टि दिन पर्ने । (प्रकरण नं. २५) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री मिथलेसकुमार सिंह पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ. को फैसला उपर इन्साफ जाँचको लागि भई आएको हुकम प्रमांगी बमोजिम यस अदालतको लगतमा दर्ता भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर र निर्णय यस प्रकार छ । २. हामी पक्ष विपक्षहरु बीच चलेको अंश मुद्दामा प्रतिवादीहरुले पर्सा जिल्ला मनियारी गा.वि.स. वडा नं. ५ कि.नं. ८२ को ज.वि. ०–५–१०, ऐ. वा.नं. १ कि.नं. १०७, लछन राउतको नाउँको ज.वि. ०–८–१२, सनदेव नाउँको ऐ. वार्ड नं. २ कि.नं. १५ को ज.वि. ०–१५–१०, पुनदेवका नाउँको सो वार्ड नं. ४ कि.नं. १४ को ऐलानी ज.वि. ०–०–१८ तथा सो जग्गामा बनेको खपडाको छानोको घर (३) र धान मन १५१ चरक्ङको वैल र म हरदेव र म अनिलले पाउनु पर्ने विवाह खर्च सहितको सम्पत्ति तायदातीमा उल्लेख नगरी हाम्रा अंश हक मारी प्रतिवादीहरुले एकलौटी खाने उद्देश्यले दवाई छपाई फाँटवारी दाखिला गरेकाले छपाएको धान र वैलको बिगो रु. ६०४१।– वैलको रु. १०००।– समेत जम्मा रु. ७०४१।– दिलाई उल्लेखित जम्मा विगहा १–१९–१२, कि.नं. १४ को ऐलानी ०–०–१८ र रु. ३००।– पर्ने खपडाको घर समेत हामीलाई एकलौटी दिलाई, विवाह खर्च समेत पाउँ भनी फिरादपत्र दावी । ३. दावीको कि.नं. ८२ को क्षेत्रफल ०–१५–१० जग्गा वादीका लोग्ने बाबु लक्ष राउतले खरीद गरी लिई हाल वादीहरुले नै भोग चलन गरी रहेको कारण वादीहरुले नै तायदातीमा नदेखाएका हुन, कि.नं. १०७ को जग्गा पनि वादीको नै भोगमा भएको सामदेवले दिएको हो । कि.नं. १५ को हकमा केबल कि.नं. १२ को सट्टा कि.नं. २ लेखित नभएको जग्गाको क्षेत्रफल उही हो सो लुकाएको होइन, कि.नं. १४ को हकमा ऐलानी जग्गा तायदातीमा लेखिएकै छ । धान र वैल नभएको, वादीले देखाए अनुसार (२) अंशियार (२) भाइको सन्तान देखिएपछि अंश बण्डाको (१७) नं. को विपरीत हुने गरी विवाह खर्च पर सार्नु पर्ने नहुँदा झुठ्ठा दावी खारेज होस् भन्ने समेत व्यहोराको पुनदेव राउत अहिर समेतको प्रतिवादी जिकिर । ४. फिराद दावीमा उल्लेख भएका जग्गाहरु केही वादीकै भोगमा रहेको, केही जग्गाको क्षेत्रफल उल्लेख भएको कित्ता नं. सम्म फरक परेको वैल र धान नभएको, विवाह खर्च हामीबाट भरी पाउने नहुँदा झुठ्ठा फिराद दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सामदेव राउत अहिरको प्रतिउत्तर । ५.