निर्णय नं. ४५१३ - लिलाम दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५१३ - लिलाम दर्ता बदर भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/२४ २७५३ निर्णय नं. ४५१३ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको दे.पु.नं. ४७२ आदेश भएको मिति : २०४९।३।२४।४ मा पुनरावेदक/प्रतिवादी: जिल्ला वारा मनहर्वा गा.पं. वडा नं. १ बस्ने सामरती थरुनीसमेत विरुद्ध वादी: ऐ.जिल्ला वारा मनहर्वा गा.पं. वडा नं. १ बस्ने सूर्यनारायण थारुसमेत मुद्दा : लिलाम दर्ता बदर (१) कानुन बमोजिम दिन र लिन समेत नहुने जग्गा लिलाम गरेको र लिालम सकारी प्रतिवादीको नाउँमा दर्ता गर्ने गरेको सम्पूर्ण कार्यवाही कानुन विपरीत भएको । (प्रकरण नं. ११) प्रत्यर्थी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. विपक्षी चपटी थरुनी वादी हामी प्रतिवादी भएको अंश मुद्दामा म सूर्यनारायण खांको नाम दर्ताको जि.बारा मनर्वा गा.पं. वा.नं. ५(क) कि.नं. ५३ को ज.वि. १–४–१२, कि.नं. ९० को ज.वि. ०–७–१०, कि.नं. ९५ को ज.वि. ०–८–१०, कि.नं. ९८ का ज.वि. ०–१७–१५, कि.नं. १३९ को ज.वि. १–३–१०, कि.नं. ६४० को ज.वि. ०–८–१० कि.नं. २४ को ज.वि. ०–८–१० कि.नं. २४ को ज.वि.०–२–१० कि.नं. १७३ को ज.वि. १–३–५, कि.नं. १७ को ज.वि. ०–९–० मध्ये पूर्व तर्फबाट ज.वि. ०–७–१८, ऐ. गा.पं. अमाउ वडा नं. १ मौजे वेलवाको कि.नं. २ को ज.वि. १–३–५ समेत जम्मा ज.वि. ७–७–५ विपक्षी चपटीले बेचविखन गर्न समेत नपाउने, जग्गाको आयस्तसम्म खान पाउने भन्ने शर्त बन्देजमा ०२६।१।४ मा वा.जि.अ. बाट मिलापत्र भएको वा.जि.अ. को आदेशानुसार उक्त जग्गा रोक्का रहेका फुकुवा गरिपाउँ भनी विपक्षी चपटीले निवेदन गर्दा फुकुवा गरिदिनु भनी ०३९।५।६ मा वा.जि.अ. ले आदेश गरेको, सो बदर गरिपाउँ भनी हाम्रो निवेदन परेकोमा ना.अं.अ. को आदेशानुसार ०३९।६।१ मा वा.जि.अ. बाट उक्त जग्गा पुनः रोक्का रहेको छ । त्यसपछि उक्त जग्गा हक हस्तान्तरण गर्ने गराउने उद्देश्यले विपक्षीहरु आपसमा मिली साहू आसामी भई रु. १२,०००।– को ०४०।१०।१५ को बेदाम कपाली तमसूक खडा गरी सावाँ व्याज भराई पाउँ भनी विपक्षी सामरती नालेश गर्न र विपक्षी चपटी प्रतिउत्तर नै नफिराई बस्ने भई सावाँ व्याज तथा कोर्टफीको समेत भरी पाउने गरी ०४२।४।३० मा वा.जि.अ. बाट एकतर्फ फैसला गराई फैसला बमोजिमको बिगो उक्त कि.नं. ९८, १३९, १७, ५३ र ५२ को जग्गाबाट भराई पाउँ भनी विपक्षी सामरतीले दिएको अनाधिकारको दर्खास्त उपर कारवाही गरी का.जि.अ. का त.ना.सु. ले ०४३।५।२० मा लिलाम गरी गराई डायरीको लगत काटी दिने र रोक्का रहेको जग्गा फुकुवा समेत गरी दिने गरी ०४३।५।२३ मा पर्चा गरी कि.नं. २, ९८, १७ र १३९ मध्ये ०–१२–१५ समेत जम्मा ज.वि. ३–२–१५ लिलाम गरी गराई विपक्षी सामरती आफैंले सकार गरेछ । सो गैरकानुनी लिलाम र दर्ता समेत बदर गरिपाउँ भन्ने समेत सूर्यनारायण थारु र जुगिया थरुनीको नारायण अञ्चल अदालतमा परेको फिरादपत्र । ३. अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को ६९ नं. ले लिलाम उपरको उजुरीको छुट्टै व्यवस्था गरेको, लिलाम सम्बन्धमा पुनरावेदनको रोहबाट मात्र हेर्ने अञ्चल अदालतलाई अधिकार भएकोले फिराद खारेज हुनुपर्दछ । म चपटी थरुनीले तिर्थ ब्रत दान धर्म गर्ने तथा अन्य व्यवहार समेत चलाउनको लागि म सामरती थरुनीसंग ऋण माग गर्नु भएकोल