निर्णय नं. ४५१४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५१४ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/२२ २६१६ निर्णय नं. ४५१४ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको फौ.पु.नं. ३२० फौ.सा.नं. ७६ फैसला भएको मिति : २०४९।३।२२।२ मा पुनरावेदक/प्रतिवादी: कारागार शाखा बाग्लुड्डमा थुनामा रहेकी मनिमाया श्रीस विरुद्ध वादी: पूर्णबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) पति अनन्तकालसम्म बाहिर रहेको भन्ने कुरा मनिमायाको बयान समेतबाट खुल्न आएको, धनबहादुरसंग अनुचित सम्बन्ध कायम राखी गर्भ धारण गरी परिवार समाजको लोकोपवादको कारण जन्मिएको जातकलाई मनिमायाले मारेको भन्ने मनिमायाको भनाइमा अविश्वसनीयता नरहेको स्थिति अवस्थामा निजलाई सर्वश्वसहित जन्मकैदको सजायँ नै कायम गरिदिंदा सजायँको दृष्टिकोणबाट कठोर हुने हुँदा अ.बं. १८८ नं. अनुसार कैद वर्ष १० (दश) हुने । (प्रकरण नं. २६) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना, विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. प.क्षे.अ.को फैसला उपर प्रतिवादी तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यस प्रकार छ । २. मेरो भाइ नोकरीको लागि भारत गएको १०।१२ वर्ष भयो । प्रतिवादी मनिमाया भाइ बुहारी हुन् निजले धनबहादुर साहनी मगरसंग करणी लिनु दिनु गरी गर्भ धारण गरिछन् । आफूले यसरी अनैतिक तवरले गर्भ धारण गरी जातक जन्माएको कुरा मनिमायाले स्वीकार गरी सकेकीले गर्भ पतन वा के हो ? कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको पूर्णबहादुर श्रीसको जाहेरी । ३. जातक पुरुष जातिको भएको दुबै हात कम्मर सडेको, टाउको पूरा कपाल आइसकेको, गोडा र हातको औंलामा नङ नआएको, जातकको शरीरमा कुनै चोट नदेखिएको, जातक मास पूरा भई जन्मिएको भन्ने लाश प्रकृति मुचुल्का । ४. ०४४ साल भाद्र महीनाको प्रथम हप्तातिर हो धनबहादुरसंग भेट भई हामी बीच करणी लिनु दिनु भएको थियो, त्यसबाट मलाई गर्भ रहेछ । ०४५ वैशाख १७ गते मास पूरा भयो र छोरा जातक जन्मियो । गाउँ समाजले थाहा पाउलान् भन्ने डरले जातकलाई मैले नै घाँटी थिची मारेको हुँ । जातक मर्नमा कसैको मत सल्लाह सहमति समेत छैन । लोग्ने विदेश गएका हुन् । १८ र १५ वर्षका दुई छोरा छन् । यो स्थितिमा गाउँले समाजले के भन्लान् भन्ने सामाजिक डरबाट जातकलाई मैले मारी दिएको हुँ भन्ने समेत व्यहोराको मनिमायाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज । ५. पुरुष जातीको बच्चाको घाँटी थिची मारेको मनिमायाले गर्भ धारण गरी मास पूरा भएपछि जातक जन्माएको भन्ने समेत बाग्लुड्ड अस्पतालबाट भएको लाश जाँच प्रतिवेदन सहितको शरीर परीक्षणपत्र । ६. ०४४ भाद्र महीनाको प्रथम हप्तातिर हो, मनीमाया र म बीच राजीखुसीबाट करणी लिनु दिनु भएको थियो, त्यसबाट निजलाई गर्भ रहेछ मलाई थाहा भएन, निजसंग भेट पनि नभएकोले बच्चा मारेको मलाई थाहा भएन । मैले विवाह गरेको १२ वर्ष भई जायजन्म भएको थिएन, निज मनिमायाले मेरो करणी विर्यबाट गर्भ बोकेकी थाहा भएको भए मैले निजलाई भिœयाउने थिएँ, मेरो उक्त बच्चा जन्माई मार्नमा सरसल्लाह सहमत केही छैन भन्ने समेत अधिकार प्राप्त अधिकारी समक्ष धनबहादुर साहनी मगरले गरेको बयान । ७. मनिमाया श्रीस मेरो सहोदर आमा हुन् मेरो बाबु भारत गएको १०, १२ वर्ष जति भयो घरमा आउनु भएको छैन । आमाले को कसको गर्भ बो