निर्णय नं. ४५१५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५१५ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/१४ २६७७ निर्णय नं. ४५१५ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको फौ.पु.नं. ३४४ फौ.सा.नं. १९५ फैसला भएको मिति : २०४९।३।१४।१ मा पुनरावेदक/प्रतिवादी: झापा कारगारमा रहेको चक्रबहादुर प्रधान विरुद्ध विपक्षी/वादी: लिलाप्रसाद गौतमको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा अभियुक्तको प्रमाण रहितको इन्कारीले मात्र सफाइको भूमिका निर्वाह गर्छ भन्न मान्न मिल्दैन किनकी इन्कारी प्रमाणबाट पुष्टि भएको हुनुपर्दछ अन्यथा इन्कारीले मात्र निर्दोषिताको पहिचान गर्न युक्तिसंगत नहुने । (प्रकरण नं. २९) (२) कर्तव्य ज्यान मुद्दामा परिबन्दात्मक परिस्थितिलाई अन्यथा गरी कानुन बमोजिम नै सजायँ गर्दा न्यायिक दृष्टिकोणबाट चर्को पर्न जाने हुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुने । (प्रकरण नं. ३१) (३) कुनै पूर्व रिसइवी रहे भएको देखिन नआएको, मार्ने कृयामा संलग्न सम्म भएको स्थिति अवस्थामा जन्मकैद सजायँ गर्दा न्यायिक दृष्टिबाट चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुने । (प्रकरण नं. ३३) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना प्रत्यर्थी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री अलिअकबर मिकरानी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पू.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. धनेन्द्रबहादुर श्रेष्ठको मिलमा काम गर्ने कृष्णबहादुर विश्वकर्मा २०४२।२।१२ गते सोही मिलदेखि मुनि गाँजा बारी भन्ने ठाउँको पँधेरो माथि पाटको नाम्लाको बरियाको पासो बनाई दतिउनको गाछिमा झुण्डी मरी राखेको अवस्थामा गाउँकै सावित्रा मगरले देखी हल्ला गरेकीले गै हेर्दा झुण्डी रहेको देखिँदा जाहेर गर्न आएको छु, लाश जाँच जे जो गर्नु पर्ने गरी पाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. लाश जाँच गर्दा दायाँ कान मुनि डोरीको सुर्काउने गाठो, गाठो रहेको ठाउँमा कुनै निलडाम र मासु समेत सारो नभएको किलकिलेमा डोरी गाडिएको डाम देखिएको, देब्रे करंगमा दुधदेखि केही तल ५ इन्ची लम्वाई १ इन्च चौडाइको निल भएको, नाइटो देखि तल दायाँ बायाँ लिड्डसम्म हरियो निलो निल परेको देखिएको अण्डकोषमा ठाउँ ठाउँमा घोचे जस्तो सानो सानो आलो घाउ देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. २०४२।२।१२ गते बेलुका अं. ३/४ बजेको समयमा मृतक कृष्णबहादुर विश्वकर्मा मेरो घरमा आई ३ सेर जाँड किनेर केही गाँजावारीकै दमिनीहरुलाई पनि खान दियो र आफूले पनि खायो जाँड खाँदै गर्दा चक्रबहादुरकी श्रीमतीलाई मैले राखी सकेको छु म निजलाई नलगी छाड्दिन भनी गफ गर्‍यो । बेलुका ४/३० बजेतिर गाँजावारी तिर निस्केको थियो भोलिपल्ट झुण्डी मर्‍यो भन्ने सुनी हेर्दा लाश रुखमा झुण्डी राखेको देखें । निजलाई कसैले केही गरे वा आफैं झुण्डीयो मलाई थाहा छैन भन्ने समेत आइतबहादुर फागुको कागज । ५. झुण्डिएर (homicidal hanging) स्वास बन्द भई मरेको भन्ने पोष्टमार्टम प्रतिवेदन । ६. चक्रबहादुर प्रधानको जेठी श्रीमतीसंग कृष्णबहादुरको प्रेम सम्बन्ध रहेको कुरा गाउँमा हल्ला भई चक्रबहादुरको बेइज्जत हुने भयो कामीलाई यहाँ राख्नु भएन भनी मिल मालिकले पनि निज