निर्णय नं. ४५१६ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५१६ - हक कायम भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/०८ ७५९८ निर्णय नं. ४५१६ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको दे.पु.नं. ८३१ फैसला भएको मिति: २०४९।३।८।२ मा पुनरावेदक/वादी: भ.पु.न.प.वा.नं. ३ बस्ने ललितबहादुर चित्रकारसमेत विरुद्ध विपक्षी/प्रतिवादी: ल.पु.न.पं. वा.नं. १४ बस्ने तुल्सी चित्रकारसमेत मुद्दा : हक कायम (१) नापीको सूचना बमोजिम जग्गा नापी गराउन नगएको नाताबाट र जग्गाधनी प्रमाण पूर्जा वितरण हुँदा सो प्रमाण पूर्जा लिन नगएको कारणबाट एकाको जग्गाको हक स्वामित्वको स्वतः समाप्त हुने व्यवस्था जग्गा नाप जाँच ऐन, २०१९ ले गरेको नपाइने । (प्रकरण नं. १८) (२) नापी हुने कुरा राजपत्रमा प्रकाशित हुँदैमा आफ्नो जग्गा अरुको नाउँमा दर्ता भएको थाहा पाउनु पर्छ भन्नु कानुनतः नमिल्ने । (प्रकरण नं. १८) (३) सम्बन्धित जग्गावालाको नाउँमा नापी दर्ता नभएको अवस्थामा त्यस्तो दर्ता बदर गर्ने व्यवस्था जग्गा नापजाँच ऐन, २०१९ मा व्यवस्था नभएकोले अन्य प्रचलित नेपाल कानुनमा भएको व्यवस्था हेर्नु पर्ने । (प्रकरण नं. १८) (४) जग्गा नापजाँच ऐन, २०१९ मा दर्ता बदर तर्फ हदम्यादको व्यवस्था नभएकोले उक्त सिंगो ऐनलाई मात्र भर पर्ने स्थिति पर्दैन । जग्गा नापजाँच ऐन, २०१९ ले गरेको व्यवस्था देखि बाहेकका कुरामा प्रचलित कानुन बमोजिम हुने र उक्त जग्गा नापजाँच ऐन, २०१९ ले जग्गा मिच्नेको महलको १८ नं. ज.प. को १७ नं. लाई समेत खारेज गरेको नपाइने । (प्रकरण नं. १८) (५) जग्गा नापजाँच ऐन, २०१९ को दफा ६क विदेशमा रहेको कुराको सम्बन्धमा हुँदा प्रस्तुत मुद्दामा सो आकर्षित नहुने । (प्रकरण नं. १८) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या.त्रिलोकप्रताप राणा १. वा.अं.अ. को इन्साफ सदर गरेको म.क्षे.अ. को मिति २०४५।८।१३ को इन्साफ उपर चित्त नबुझि पुनरावेदनको अनुमतिको लागि वादीको पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. चिरीमतीको हकदारको हैसियतले म ललितबहादुरले र तधिमतीको हकदारको हैसियतले म नारायण प्रसादले यो फिराद गर्न आएका छौं उक्त कि.नं. ३९ को क्षेत्रफल ०–३–३–२ कायम भई नापी भई माथि भएको जग्गा हाम्रो हक स्वामित्वको हुँदा विपक्षी तुलसिका नाउँमा वादीको नापी गरेको बदर गरी हाम्रो नाममा दर्ता गरी हक कायम गरी चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. २०३६ सालदेखि बाँझै रहेको जग्गा नापीमा तुल्सी चित्रकारले दर्ता गरेको र त्यसमा समेत वादीले उजूर गर्न पर्नेमा मेरो नाउँमा बिना कारण उजूर गरेको हो दर्ता बदर भएमा जग्गाको मोहीमा मेरो कायम हुनुपर्छ भन्ने समेत व्यहोराको प्र.मोहन तण्डुकारको प्रतिउत्तर । ४. तत्कालीन हकदारहरु ज्ञानी र रामलालको अपुताली परी सम्पूर्ण सम्पत्ति मेरा पिता सुकु चित्रकारका नाउँमा हक हस्तान्तरण भई आएकोले आजसम्म सोही नाताले उक्त जग्गा समेत भोगचलन हुँदै आएको पिता परलोक भएपछि मेरो नाउँमा दर्ता हुन गएको छ । उक्त जग्गामा घर बनाउने नक्सा पास समेत भएको छ । फिरादीले पेश गरेको कुनै बकसपत्र तथा कबूलियतनामा समेतको अस्तित्व