निर्णय नं. ६१६१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१६१ - उत्प्रेषणयुक्त परमादेश भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०३/१७ ३६५० निर्णय नं. ६१६१ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५१ सालको रिट नं. २७९६ आदेश मिति २०५३।३।१७।२ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदक- जिल्ला महोत्तरी सिशुवा कटैया गाउँ विकास समिति वडा नं. ६ घर भै हाल जिल्ला शिक्षा कार्यालय, धनुषामा कार्यरत बर्ष ४६ को रामसरोवर दुवे विरुद्ध विपक्षी- लोक सेवा आयोग, केन्द्रिय कार्यालय काठमाडौं । श्री ५ को सरकार, शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय बढुवा समिति, बढुवा समितिको सचिवालय, सामान्य प्रशासन मन्त्रालय श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर उपनियन्त्रकमा कार्यरत पुष्पराज बज्राचार्य ऐ.ऐ. पाठ्यक्रम विकास समिति केन्द्र सानोठिमी भक्तपुरमा उपनिर्देशक पदमा कार्यरत रही हाल का.मु. महानिर्देशक पदमा कार्यरत सागरनाथ उप्रेती तालिम सम्बन्धमा निजामती सेवा नियमावलीको नियम ८१(४ ) को अन्तिम हरफमा तालिमको अंक गणना गर्दा जुन श्रेणीमा हुँदा तालिमको लागि मनोनयन भएको हो सो अंक सोही श्रेणीको लागि मात्र गणना गरिने व्यवस्था उल्लेख भई रहेको देखिनाले तालिमको हकमा पनि सहायक सचिवमा छँदाको तालिमलाई मान्यता दिन नमिल्ने भन्न नमिल्ने । (प्र.नं. १५) यदि सहायक सचिव छँदाको भौगोलिक क्षेत्रमा काम गरे वापत र तालिमको अंक नदिने भन्ने विधिकर्ताको मनसाय भए सो व्यवस्था प्रष्ट रुपमा निजामती सेवा ऐनमै उल्लेख हुनु पर्ने थियो । त्यसो नभै भौगोलिक क्षेत्रको नियम ८०(३) मा र तालिमको नियम ८१(४) मा अंक पाउने व्यवस्था गरेको देखिएकोले निजामती सेवा ऐन, २०४९ को दफा २४ ले बढुवाको आधार भनी स्पष्ट किटान गरेको व्यवस्थालाई निजामती सेवा नियमावली, २०५० को नियम ७५ को स्पष्टिकरण (३) ले प्रतिबन्ध लगाएको भन्न सकिने अवस्था देखिन्न । त्यस्तो भौगोलिक क्षेत्र र तालिम वापतको अंक प्रदान नगर्ने हो भने शुन्यको स्थिति उत्पन्न हुन गई सो को परिणाम न्यायोचित नहुने । (प्र.नं. ५२) सहायक सचिवको पदमा कार्यरत छँदाको भौगोलिक क्षेत्रमा काम गरे वापत र तालिमको अंक समेत गणना गरी बढुवा सूचना नं. ५।०५१ को बढुवामा रिट निवेदक समेतको बढुवा सिफारिस गर्ने गरेको वढुवा समितिको निर्णय नमिलेको भनी लोक सेवा आयोगबाट मिति २०५१।१०।२३ मा उजुर नगर्ने उम्मेदवारको नाम समेत पारी संशोधित नामावली प्रकाशित गर्ने गरी भएको निर्णय र २०५१।११।१० को गोरखापत्रमा सामान्य प्रशासन मन्त्रालयको बढुवाको सूचनामा प्रकाशित संशोधित नामावली समेतको काम कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशले बदर गरी दिईएको छ । वढुवा समितिको पूर्व निर्णय सिफारिस बमोजिम मिति २०५१।४।११ को गोरखापत्रमा प्रकाशित वढुवा सूचनाको नामावली अनुसार निवेदक समेतलाई उक्त पदमा वढुवा नियुक्ति दिनु भनी विपक्षी सामान्य प्रशासन मन्त्रालय समेतको नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं. ५३) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने, विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की विपक्षी तर्फबाट-× विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति, विद्वान अधिवक्ता श्री तारा बहादुर सिटौला र विद्वान अधिवक्ता श्री खेमनारायण ढुंगाना । अवलम्बित नजीर-× आदेश न्या. मोहन प्रसाद शर्म