निर्णय नं. ४५१७ - अंश दाखिल खारेज नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५१७ - अंश दाखिल खारेज नामसारी भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०१/३१ २६९४ निर्णय नं. ४५१७ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४७ सालको दे.पु.नं. ३८६ फैसला भएको मिति: २०४९।१।३१।५ मा पुनरावेदक/वादी: जि.खोटाङ बारापानी गा.पं. वा.नं. ६ बस्ने भगत गुरुङ विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने नन्दराज गुरुङ मुद्दा : अंश दाखिल खारेज नामसारी (१) छोरा छँदा छँदै लोग्नेको हक स्वामित्व हुने अवस्था नदेखिने । (प्रकरण नं. १४) विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पू.क्षे.अ. को आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. म फिरादीको श्रीमती २ हुँदा जेठी मचन र कान्छी बुधमाया हो । मेरो श्रीमती र विपक्षी छोरा सगोल मिली सम्पूर्ण श्रीसम्पत्ति जेठी श्रीमतीका नाउँमा दर्ता भएको थियो त्यस्तोमा जेठी श्रीमती विपक्षीको आमा ०४३ साल वैशाख महीनामा स्वर्ग भई काजकृया गरेका थियौं मलाई कुनै कुरा थाहा पत्तै नदिई के कुन मितिमा अरु हकदार बाबु समेत छैन भन्ने मिलाई गा.पं. का बासपानीबाट सिफारिश समेत लिई सो मितिमा जेठी श्रीमती विपक्षीको आमा नाउँको सम्पूर्ण जग्गा एकलौटी दा.खा. गराई मैले पाउने बण्डा निस्सा समेत मेटाई खुसी गरी खाने गरेको रहेछ सो कुरा मैले ०४४।१०।१४ गते थाहा पत्ता पाई प्र.बाबु छँदा छँदै विपक्षीले एकलौटी खान पाउने हैन । सो जग्गा अंशबण्डाको १–२ नं. बमोजिम बराबर गरी खान पाउने हुँदा खो.मालबाट नामसारी दा.खा. गराएको बदर गरी हक इन्साफ पाउँ भन्ने फिरादपत्र । ३. वादी मेरो पिताजी हुनुहुन्छ । उहाँको अंशमा दावा नगरोस् भन्ने अपराध सोची मलाई निरअंशी गराउन म छोरासंग अंश माग्नु न्यायोचित होइन । मैले अंश दिनु पर्ने होइन । अंश दिनु पर्ने सम्पत्ति मेरो जिम्मा छैन अंशमा दावी गरेको कति भाग अंश मागेको हो सो यकीन दावी नभएको मेरो जीजु आमा लक्ष्मी गुरुङले मेरो बजु पम्फा गुरुङलाई र निज पंफाले र निजको बुहारी नन्दमायाले मेरो आमालाई बकसपत्र ०११।१०।२६।३ मा गरी आमा मचनको हक भई आमा मचन गुरुङ ०४३।१।२१ मा स्वर्गे हुनु भो आमाले पाएको बकस पेवा जग्गा बाबु सौतेनी आमा समेतको हक लाग्ने छैन । आमा स्वर्गे भएपछि वहाँको बकसको जग्गा एकाघरको म मात्र छोराले दा.खा. नामसारी खान पाउने हुँदा दा.खा. गर्न सो मालमा निवेदन दिई कारवाही भइरहेको र सो कारवाहीबाट बाबु वादी भगतलाई झिकाई सो मालबाट बयान गराउँदा श्रीमती मचनले बकस पाएको निजकै नाम दर्ता भन्ने र कान्छी श्रीमतीसंग बेगल घरमा बसेको भन्ने बयानमा लेखेको छु आमाको बकसको जग्गा मेरो हकमा प्राप्त भएको बाबु पट्टी दर्ता भएको जग्गा जेथा मेरो बेमन्जूरी बिक्री गर्न पाउने छैन । झुठ्ठा उजूरीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. प्रस्तुत मुद्दामा विवादमा आएको जग्गा प्रतिवादीको आमाको मृत्यु भएकोले कानुनले हक प्राप्त हुने नै देखिएकोले यस्तो आफ्नो हक लाग्ने सम्पत्ति आफ्नो नाउँमा दा.खा. नामसारी गरेको बदर हुने अवस्थामा नहुँदा वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु खो.जि.अ. को फैसला । ५. शुरु खोटाङ जिल्ला अदालतको फैसलामा चित्त बुझेन शुरु फैसला बदर गरिपाउँ भन्ने पुनरावेदनपत्र । ६. विवादमा आएका जग्गाहरु प्रतिवादीको आमा मचनमायाले निजकी आमा