निर्णय नं. ४५१८ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५१८ - लिखत बदर भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०४/११ २६८० निर्णय नं. ४५१८ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४४ सालको दे.पु.नं. ८८४ सम्वत् २०४५ सालको दे.पु.नं. ७७५ फैसला भएको मिति: २०४९।४।११।१ मा निवेदक : का.न.पं. वा.नं. १६ बस्ने चमेली मल्लसमेत विरुद्ध विपक्षी : ल.पु.न.पं. वा.नं. १८ बस्ने चन्द्रराज बज्राचार्यसमेत मुद्दा : लिखत बदर (१) मुलुकी ऐन अ.बं. ७१ख. नं. को रीत पुर्‍याई अ.बं. ७१क. नं. बमोजिम कुनै काम कुरा वा मुद्दा समेत उल्लेख नगरी कुनै व्यक्तिलाई सामान्य रुपको अधिकृत वारिस मुकरर गरेको अवस्थामा बाहेक अन्य अवस्थामा जे जुन काम कारवाही गर्न अख्तियारनामा प्राप्त भएको छ त्यस व्यक्तिलाई सो काम कुरा बाहेक अन्य काम कुरा गर्न पाउने अधिकार निजलाई नरहने । (प्रकरण नं. १३) (२) जग्गा दर्ता गराउन वारेशलाई अख्तियार दिए भन्दा बढी कित्ता नं. खुलाइएको निवेदनको आधारमा शुरु गरी गराइएको उसमा पनि कार्यालय प्रमुखको दस्तखत नभई मुलुकी ऐन कागज जाँचको १ नं. विपरीत भएको बयानलाई कानुनी मान्यता दिन समेत मिल्ने देखिंदैन । किनकि त्यसरी शुरु गरिएको उक्त बयान लगायतको सम्पूर्ण काम कारवाही आरम्भतः शून्य (Void ab intio) को स्थिति रहने । (प्रकरण नं. १४) (३) एकपटक आफूले स्वीकार गरी सकेको कुरालाई इन्कार गर्नु समन्याय (Equity) र सहविचार (Good Conscience) समेतको विरुद्ध मानिन जान्छ र यस्तो काम गर्न व्यक्तिलाई विबन्धनको सिद्धान्त समेतले रोक्ने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल फैसला न्या.ओमभक्त श्रेष्ठ १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. म पूर्णबहादुरको बाजे थकाली लखनर बज्राचार्य –१, म चन्द्रराजको बाबु पुण्यराज बज्राचार्य –१ सानुकाजीको दाजु न्हुच्छेराज बज्राचार्य –१ गणेशमानको बाबु कुबेर सिंह बज्राचार्य –१ समेत चारजनाको नाउँमा सम्वत् १९९२।१२।२१ को सनदबाट भर्ना पाएको मच्छिन्द्रनाथको स्तोत्र पाठ गर्ने पा. गावहाल २९९ नं. को पोता लगतमा निजी गुठी जनिई दर्ता भएको गुठी जग्गा पहिले मोही चिरीमायाको जेठाजु जितबहादुर ज्यापू थिए पछि निजका भाइ लक्ष्मीबहादुर त्यसपछि मोही विपक्षी चिरीमाया भएको पा. गावहाल साविक दर्ता भएको जग्गा २०२३।४।२४ मा रैकरमा परिणत गरी जिल्ला पाटन मौजे १९६ को लगतमा दर्ता भएको नापी हुँदा वार्ड नं. ५ कि.नं. ७१ को क्षेत्रफल १–७–१ कायम भएको उक्त जग्गा हामी वादीहरुको नाउँमा नामसारी गर्न २०३३।२।२९ मा भू.प्र.का. ललितपुरमा निवेदन दिएकोमा कारबाही गर्न फिल्डबुक उतार मगाई हेर्दा जग्गा धनीको नाम खाली राखी किसानको व्यहोरामा यो जग्गा मेरो देवर जितबहादुरको दर्ता मैले निज मरी हक जानी जोती खाएको छु भनी लेखाएकोबाट निज चिरिमायालाई झिकाई बुझ्दा उक्त जग्गा हामी वादीहरुकै हो भूलबाट देवर जितबहादुरको हो भनी लेखिन गएको हो भनी बयान गरेकी थिइन उक्त जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा लिन नपाउँदैमा उल्लेखित मिसिलहरु मालपोत कार्यालयमा सरेको हुँदा उक्त निवेदन उपरको कारवाही टुंगो लाग्न पाएको थिएन । यत्तिकैमा निज विपक्षीले जितबहादुरको हक खाने म एक