निर्णय नं. ६१६२ - बन्दीप्रत्यक्षीकरण एवं अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरि पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१६२ - बन्दीप्रत्यक्षीकरण एवं अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरि पाऊँ । भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५२/१०/२३ ३२९१ निर्णय नं. ६१६२ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको रिट नं. २५४१ आदेश मिति २०५२।१०।२३।३ विषयः बन्दीप्रत्यक्षीकरण एवं अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ । निवेदक- काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. ४ चण्डोल घर भै हाल ल.पु.न.पा. वडा नं. १ बस्ने बर्ष ४ को राहुल चालिसेका हकमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ चण्डोल बस्ने बर्ष ३० को डा. आलोकराज चालिसे विरुद्ध विपक्षी- आलोकराज चालिसेको श्रीमती हाल ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. १ बस्ने अं. बर्ष ३० को डा. सिरु चालिसे ऐ.ऐ. बस्ने अं. बर्ष ६० को डा. भिष्मराज प्रसाई ऐ.ऐ. बस्ने बर्ष २६ को सागर प्रसाई ऐ.ऐ. बस्ने बर्ष ५० को सुभद्रा प्रसाई काठमाडौं जिल्ला अदालत डिल्लीबजार श्रीमती डा. सिरु चालिसेले नाबालक छोरालाई बन्दी बनाई भेटघाट समेत गर्न नदिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनु पर्छ भने निवेदकको मुख्य निवेदन जिकिर रहेको र उक्त नाबालक छोरा आमाको संरक्षकत्वमा रहेको हो बन्दी बनाएको छैन । विपक्षी छोरासित भेटघाट गर्न नआउनु भएकोले भेटघाट नभएको हो झुठ्ठा रिट निवेदन खारेज गरी पाउँ भन्ने प्रत्यर्थीको मुख्य लिखित जवाफ जिकिर रहेको देखिन्छ । यसमा लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद भएकै अवस्थामा पनि पाँच बर्ष उमेर नपुगेसम्म आमाले आफै पाल्न चाहेमा निजले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ भन्ने मुलुकी ऐन, लोग्ने स्वास्नीको ३ नं. को देहाय १ मा प्रष्ट कानूनी व्यवस्था भएको देखिन्छ । नाबालक राहुल चालिसे ५ वर्ष मुनिका हुन भन्ने कुरामा विवाद छैन । निज नाबालक आमासँग छन् भन्ने कुरामा पनि विवाद छैन । आमाले पाली राखेको अवस्थामा बच्चा गैर कानूनी थुनामा रह्यो भन्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट- विद्वान अधिवक्ता श्री रामकृष्ण निराला र विद्वान अधिवक्ता श्रीमती शान्ता थपलिया । अवलम्बित नजीर-× आदेश न्या. उदयराज उपाध्याय- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत निवेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. विपक्षी डा. भिष्मराज प्रसाईकी छोरी डा. सिरु चालिसेसँग २०४८।११।९ का दिन मेरो विवाह भै २०४९।११।२४ का दिन छोरा राहुल चालिसेको जन्म भएको थियो । २०५० साल वैशाख महिना देखि विपक्षी सिरु चालिसेले अनावश्यक रुपमा निहुँ झिकी माइती तर्फको धाकधम्की दिने दिलाउने कार्यको शुभारम्भ भई घरमा अशान्तिको वातावरणको सिर्जना हुन थाल्यो । यसरी दैनिक दिनहरु विति रहेको अवस्थामा विपक्षी सिरु चालिसेका माइतीबाट २५।३० जनाको हुल आई मिति २०५१।११।१७ का दिन बिहान १० बजे तिर निज सिरुलाई मेरो तर्फबाट दिएको लुगाफाटो गुरिया र नाबालक छोरा राहुललाई समेत लगेर गएका थिए । विपक्षी सिरुले माइतमा बसेर काठमाडौं जिल्ला अदालतमा म निवेदक उपर सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दायर गरी कारवाहीको अवस्थामा छ । 3. विपक्षीले मेरो नाबालक बर्ष ४ को छोरा राहुल चालिसेलाई मेरो घरबाट लगे पश्चात मैले भेट्नका लागि पटक पटक कोशिस गर्दा पनि सम्भव भएन । विपक्षी डा. भिष्मराज चालिसेका टोल छिमेकबाट बच्चालाई हप्क