निर्णय नं. ४५२० - तालुकी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५२० - तालुकी भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०२/२१ २३७५ निर्णय नं. ४५२० ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको दे.पु.नं. ५६२ आदेश भएको मिति: २०४९।२।२१।४ मा निवेदक/प्रतिवादी: जि.जुम्ला शनी गा.वि.स. वडा नं. १ लिही धिताल गाउँ बस्ने देवनाथको छोरा गोमान सिंह धिताल विरुद्ध विपक्षी/प्रतिवादी: जि. जुम्ला बडकी गा.वि.स. वडा नं. ९ सिजालिही बस्ने नन्दप्रसाद आचार्य मुद्दा : तालुकी (१) अञ्चलाधीशमा निहित अधिकारहरु प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजित गरेको मिति २०२८।५।१४ को राजपत्रको सूचनाले तत्काल प्रचलित सम्पूर्ण नेपाल कानुन अन्तर्गत अञ्चलाधीशमा निहित मुद्दा सम्बन्धी अधिकारहरु सुम्पेको नभई निश्चित ऐन अन्तर्गतको मुद्दा सम्बन्धी अधिकारहरु मात्र प्रत्यायोजित गरिएको हुँदा सो हदसम्म मात्र उक्त सूचनाले अञ्चलाधीशमा भएको अधिकार प्रमुख जिल्ला अधिकारीमा हस्तान्तरण भएको सम्झनु पर्छ, तर भविष्यमा जारी भएको ऐनहरुमा स्पष्ट रुपमा अञ्चलाधीशलाई प्रदान गरिएको अधिकारहरु पनि उक्त सूचनाले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण भएको हो भनी सम्झन नमिल्ने । (प्रकरण नं. १६) (२) राजश्व न्यायाधिकरण ऐनमा भूमि प्रशासकले (हाल माल कार्यालयले) गरेको फैसला उपरको पुनरावेदन अञ्चलाधीशले सुन्ने भनी अञ्चलाधीशलाई स्पष्ट रुपमा प्रदान गरिएको अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण भएको हो भन्न नमिल्ने । (प्रकरण नं. १६) (३) अञ्चलाधीशको अधिकारको प्रयोग अधिकार क्षेत्र भित्र नपर्ने प्रमुख जिल्ला अधिकारीले गरे भन्ने निर्णय भएपछि क्षेत्रीय अदालतबाट पक्ष विपक्षलाई तारिख तोकी निर्णयार्थ अञ्चलाधीश कार्यालयमा पठाउनु उचित हुने थियो तर त्यसो नभएको र पछि गएर अञ्चलाधीश कार्यालय नै खारेज भएकोले प्रस्तुत मुद्दाका पक्ष विपक्षहरुले लामो समयसम्म मुद्दा खेपीरहनु परेको बर्तमान स्थितिलाई हेर्दा यसमा न्याय प्रशासन ऐन, २०४८ को दफा १४(२) को अधिकार अन्तर्गत पुनरावेदकीय अधिकार क्षेत्र यस अदालतबाट ग्रहण गरी निर्णय गरी दिनु नै न्यायोचित र विबेकपूर्ण देखिने । (प्रकरण नं. १७) (४) रैती रोजाई तालुकी दिने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १९) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्वित नजीर: जसवीर थापा वि.दुर्गाप्रसाद पण्डित भएको तालुकी मुद्दामा यस अदालतको संयुक्तइजलासबाट (ने.का.प. ०३५ पुष्ठ ५३) मा प्रतिपादित सिद्धान्त आदेश न्या.गोविन्दबहादुर श्रेष्ठ १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. जुम्ला सिजालिही धिताल र आचार्य झुत्ताका साविक तालुकदार मेरा बाजे अनन्तराम हुन निजको शेषपछि कान्छा बाबा देवनाथ ०३९।१।२ गते स्वर्गे हुनुभएको र निजका छोरा गोमान सिं धितालले म्याद भित्र बहाली लिन नआएकोले नजिकको हकवाला म हुनाले मुलुकी ऐन जग्गा पजनीको ९ नं. बमोजिम रैती रोजाई उक्त झुत्ताको तालुकदारीको बहाली पुर्जी पाउँ भन्ने दिपनाथ धितालको निवेदन । ३. धिताल गाउँ र आचार्य गाउँ छुट्टा छुट्टै मौजा हुँदा उक्त दुबै मौजाका साविक तालुकदार मु.देवनाथ धिताल हुन निज हाल जिवित छैनन् स्वर्गे भइसकेका हुँदा निजका हकको तालुकीमा निजका हकदार छोराहरु छन तापनि हाम्रो मौजा आचार्य गाउँक