निर्णय नं. ४५२१ - कुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५२१ - कुटपिट भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/०३ २६५० निर्णय नं. ४५२१ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २३५ फैसला भएको मिति : २०४९।३।३।२ मा पुनरावेदक/प्रतिवादी: जि.ताप्लेजुङ चौगे गा.पं.वा.नं. १ बस्ने कृष्णमाया लिम्बूसमेत विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने रत्नमाया लिम्बूनी मुद्दा : कुटपिट (१) कुटपिटको वारदातमा केवल पीडित पक्षको स्थिति अवस्थालाई मात्र गौण विषय मानी निर्णय आधार मान्नु न्यायसंगत नहुन सक्तछ । कुटपिटको वारदातमा चोट प्रहारको स्थिति अवस्था, चोटको गम्भिरता, घटना स्थलको प्रकृति समेतलाई मध्यनजर राखी त्यसपछि मात्र निर्णयमा पुग्नु पर्ने; घा जाँच प्रतिवेदनकै आधारमा कुटपिटको दावी पुग्ने भनी ठहर गर्दा न्याय नपर्न सक्तछ । (प्रकरण नं. १९) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वोर्णबहादुर काक्र्री विपक्षी, वादीर्फबाट: विद्वान अधिवक्ता श्री भगवान गुरुङ फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ०४४ श्रावण १८ गते बिहान अं. ८ बजे प्रतिवादी घर करासा मुनि छेउको मेरा श्रीमानका बण्डामा परी हामीले जोतपोत गरी आएको चोक्टी भन्ने नामक खेतमा हीलो आली गरी म फिरादी धान रोप्दै गरेको बखत प्रतिवादीहरु जेठाजु बाजाहाँ, जेठानी कृष्णमाया र भतिजो सूर्यमान घरबाट निस्की तेरो हक नपुग्ने जग्गामा धान रोप्न पाउँदैनस् भनी कराउँदै आई बाजहाँले आदेश दिई कृष्णमाया र सूर्यमान हातमा ढुंगा लाठी ली आइलागी कृष्णमायाले समाई धकेली गा¥होको सिंडिमा लडाई घोप्टो पारी ढुंगा टिपी मुडकी बनाई मेरा देब्रे पट्टी काखी छेउको डडालुमा हिर्काई एउटा करङ समेत भाँची लडेकै ठाउँमा सूर्यमानले लट्टीले देब्रेपट्टी टाउकोमा हिर्काई जताततै हात छोडी मरणान्त अवस्थामा पारी कुटपिट गरेको ०४४।४।१९ गते ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा निवेदन दिई ताप्लेजुङ हेल्थ सेन्टरद्वारा घा चोटहरु जाँच गराई प्रहरी केश फाराम भरी पाएको, कुटपिटको ७, ९, १०, ६, ११, १३, १६, १८, १९ नं. बमोजिम सजायँ गरी कुटपिटको २५ नं. बमोजिम घा खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र । ३. वादी लेखाई झुठ्ठा हो, हाम्रो घर छेउमा वादीको चोक्टी भन्ने खेतै छैन आफ्नो खेतै नभएको ठाउँ हाम्रो घर करासामा वादी एक्लै धान रोप्न आउने अवस्था पनि छैन । ०४४।४।१८ गते भन्दा अगाडि नै म बाजाहाङ कानको रोग समेतले सताई उपचार गराउन छोरा म सूर्यमानलाई साथ लिई १२ गते घरबाट हिंडी १४ गते धरान पुगें १५ गते देखि धरान अस्पतालमा भर्ना भई उपचार गराई २५ गते मात्र बिदा लिई २८ गते घरमा आएका छौं । हामी नभएको मौका पारी वादी समेतले म बाजहाङको श्रीमती म कृष्णमायालाई सुनमा उजूर गर्ने भनी कुटपिट समेत गरेछन्, उजूर गर्छ भनी म कृष्णमायाबाट लगेको सुन पचाउन उजूर गरेका हुन । वादी टि.बी. रोगले कमजोर मात्र नभई मादक पदार्थ खाई माती घर अगाडि मुनि सुंगुरलाई चारो दिन जाँदा ०४४।४।१२ गते डिल गा¥होबाट लडी डुंगा डुगामा परी व्यहोश भएको अवस्था छिमेकी पं.स. हेमबहादुर, गा.स.स. मानबहादुर समेतले देखी उठाई हलखल हुँदा वादीकै छोरा समेतले बोकी घरको सिकुवामा ल्याई राखेको भन्ने सुनेको हो, सोही घा चोट पटक जँचाई झुठ्ठा उजूर गरेका हुन, फिराद खारेज गरी झ