निर्णय नं. ८५७३ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५७३ - कर्तव्यज्यान भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/११/१२ ३२५४ निर्णय नं. ८५७३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री सुशीला कार्की फौ.पु.नं.२०६५–CF–००१४ फैसला मितिः २०६७।११।१२।५ मुद्दा :– कर्तव्यज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं.३ घर भै हाल कारागार कार्यालय मोरङमा थुनामा रहेको लामकाँधे भन्ने हर्कबहादुर विश्वकर्मा विरुद्ध प्रत्यर्थी वादीः सुस्मिता राईको जाहेरीले नेपाल सरकार अघि फैसला गर्नेः– जि.न्या.श्री शिवप्रसाद पराजुली पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री दीपककुमार कार्की मा.न्या.श्री केदारप्रसाद चालिसे सर्वोच्च अदालत संयुक्त इजलास :– मा.न्या.श्री बलराम के.सी. मा.न्या.श्री गिरीशचन्द्र लाल § घटना वारदात घटिसकेपछि मौकामा आफन्त समेतलाई घटनाको यथार्थ व्यहोरा नवताई आफू अपराधबाट उम्कन सकिन्छ कि भन्ने दुष्प्रयास गरी लास फालेको भोलिपल्ट आफूले लास देखेको भनी मृतकका परिवारलाई खवर गर्नुका साथै आफूले गरेको कसूर अपराधप्रति पश्चाताप नगरी अपराध लुकाउने दवाउने नियतले मानिस मरिसकेपछि पनि लास बोरामा हाली आफ्नै कालगतिले वा अरु कसैको कर्तव्यले मरेको भन्ने भान पार्न खोज्नेसम्मका घटनापश्चात्का पछिल्ला क्रियाकलाप समेतलाई दृष्टिगत गर्दा अ.बं.१८८ नं. बमोजिम सजाय घटाई १० (दश) बर्ष कैद हुन मनासिब नदेखिने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्री प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः नेकाप २०५७, अङ्क १०, नि.नं.६९४३, पृष्ठ ७०४ सम्बद्ध कानूनः § ज्यान सम्बन्धी महलको १३ र १३(३) नं. § अ.बं.१८८ नं. § अ.बं.२१५ § न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) फैसला न्या.तपबहादुर मगरः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी यस अदालत संयुक्त इजलासको मिति २०६७।३।३० को आदेशबमोजिम यस पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– ईटहरी न.पा.३ स्थित पूर्वमा बुढीखोला, पश्चिममा सिसौघारी, उत्तरमा हर्कबहादुर बि.क.को घर र दक्षिणमा सिसौघारी यति चार किल्लाभित्र खाली खेतमा उत्तानो अवस्थामा लास फेला परेको भन्ने मिति २०६३।४।१७ गतेको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । मिति २०६३।४।१६ गते साँझको ५ बजेको समयमा मेरो छोरा डम्बरबहादुर राई घरबाट ५०० मीटर पूर्व दक्षिण खेतमा गोरु पगाहा लगाएको ठाउँमा गोरु लिन भनी गएको, तर साँझको ७ बजेसम्म गोरु घरमा लिई नआएको हुँदा श्रीमतीले गोरु घरमा ल्याई छोरा कहिँ गयो होला भनी सो रात त्यसै गयो । भोलिपल्ट लामकाँधे बि.क.ले डम्बर जस्तै मानिस खेतको आलीमा लडिरहेको छ भन्ने खवर दिई मेरो बुहारी उक्त स्थानमा गई हेर्दा, छोरा डम्बरको लास रहेको हुँदा को कसले कर्तव्य गरी मारेका हुन् खोजतलास गरी कारवाही गरिपाऊँ भन्ने प्रितीबहादुर राईको जाहेरी । मिति २०६३।४।१६ गतेका साँझको समयमा मेरो श्रीमान् डम्बरबहादुर राई खेतमा गोरु लिन जान्छु भनी घरबाट गएको तर डम्बरबहादुर राई घरमा नआएको र सोही बाटो आली हुँदै डम्बरको आमाले गोरु लिई घरमा आउँदा लास फेला परेको । श्रीमान् डम्बर र लामकाँधे बि.क.को बीचमा कुलो पानीको विषयमा विवाद हात हालाहाल भई निज लामकाँधे बि.क.ले देखाई दिउँला, तँलाई बनाई दिन्छु भनी धम्की दिएको हु