निर्णय नं. ४५२२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५२२ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/०३ २७०९ निर्णय नं. ४५२२ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २८७ फौ.सा.नं. ७१ सम्वत् २०४८ सालको फौ.पु.नं. ३१६ फैसला भएको मिति: २०४९।३।३।४ मा पुरावेदक/प्रतिवादी: जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको लाटो भन्ने गोकुल के.सी. विरुद्ध विपक्षी /वादी: कृष्णमाया के.सी. को जाहेरीले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी: जिल्ला ललितपुर टिकाथली गा.वि.स. वडा नं. ३ बस्ने राजन के.सी. विरुद्ध विपक्षी/वादी: कृष्णमाया के.सी. को जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) बक्क लाटोका एकाघरका बाबु र सहोदर भाइले निजको बयान निजको इशारा बमोजिम भएको ठीक छ भनी गरेको सनाखतबाट अ.बं. २४ नं. बमोजिम भएको हो भनी मान्नु पर्छ । जन्मे देखि एउटै घरका बाबु र भाइले लाटो छोरा दाजुको इशाराको अर्थ राम्ररी बुझेका हुन्छन् भन्ने कुराको सहजै अनुमान गर्न सकिने । (प्रकरण नं. ३८) (२) लाटो भए पनि आफूले गरेको कामको परिणाम जान्नै नसक्ने किसिमको लाटो पनि देखिँदैन, निजको क्रियाकलापले आफूले गरेको कामको परिणाम बुझ्न सक्ने किसिमको देखिँदा निजले मृतकलाई चक्कु प्रहार समेत गरी कुटेको परिणाम स्वरुप मृत्यु भएको हुँदा निजलाई आरोप बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३८) (३) मृतकसंग कुनै पूर्व रीसइवी नभएको मार्ने पूर्व योजना पनि नभएको तथा अचानक उठेको रिसबाट कुटपिट गर्दा मरेको भन्ने घटनाको परिप्रेक्ष्यमा लाटो व्यक्तिलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्ने । (प्रकरण नं. ३८) (४) तिहारको अंध्यारो रातमा इशारा कसरी देखे बुझे भन्ने तथ्य पनि नखुलेबाट ज्यान जस्तो गम्भीर मुद्दामा त्यस्तो संदिग्ध रुपको कथनलाई सहजै ग्रहण गरी हाल्न अप्ठ्यारो हुने । (प्रकरण नं. ३९) (५) अन्य सबूदको समर्थनको अभावमा सहअभियुक्तको पोल मात्रको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. ३९) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा, विद्वान अधिवक्ता श्री धन बस्नेत प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुवास नेम्वाड्ड, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री अग्नि खरेल विपक्षी, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री मोहन थपलिया फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. म.क्षे.अ. को फैसला उपर पुनरावेदन परी साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०४२।७।२९ गते अं. १३ बजेको समयमा टिकाथली गा.पं. वडा नं. २ बस्ने नारायण विष्टको खेतमा नाक मुखबाट रगत बगीरहेको अवस्थामा मेरो श्रीमान श्यामकृष्ण के.सी. को लाश फेला परेकोले जाहेर गर्न आएको छु । मेरो श्रीमानलाई कर्तव्य गरी मारे मराएको हो कसले मार्यो खुलाउन सक्तिन । प्रहरीद्वारा अभियुक्त पत्ता लगाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णमाया के.सी. को मिति २०४२।७।२९ को जाहेरी । ३. लासको दुबै आँखा चिम्ली उनका नाकको प्वालबाट रगत बगी मुखमा समेत रगतले पोतिएको लाशको टाउकोको भाग हिलो माटोले पोतिएको माथिल्लो ओठको दाहिने भागमा ध