निर्णय नं. ४५२३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५२३ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/२९ २५१३ निर्णय नं. ४५२३ ने.का.प. २०४९ (क) अङ्क ४ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४९ सालको रि.नं. २५८६ आदेश भएको मिति: २०४९।३।२९।२ मा निवेदक : जिल्ला बाँके राजापुर गाउँ विकास समिति वडा नं. ३ बस्ने भूपालबहादुर क्षेत्री विरुद्ध विपक्षी : दि टिम्बर कर्पोरेशन अफ् नेपाल लि. काठमाडौंसमेत विषय : उत्प्रेषण (१) असर पर्ने पक्षले आफ्नो उपचारको निम्ति समयमा नै सजग रहनु पर्ने । (प्रकरण नं. ५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. निवेदक दि टिम्बर कर्पोरेशन अफ् नेपालको तत्कालीन योजना कार्यालय बर्दियाको रिक्त २ तह पदमा विज्ञापन भए बमोजिम अन्तर्वार्ताबाट छानिई मिति २०३५।१।१५ गतेदेखि बहाली हुने गरी नियुक्ति पाई अस्थायी पदमा कार्यरत थिएँ विपक्षी टि.सी.एन.कन्ठपुर फिल्ड क्याम्पबाट निवेदक माथि बर्दिया डिपो अन्तर्गत लकडी चोरी निकासी भएको सम्बन्धमा निवेदक समेतले निवेदन दिएकोमा पूर्वाग्रह राखी भ्रष्टाचार गरेको भनी मिति २०३७।२।१८ गतेबाट मौखिक रुपमा सस्पेण्ड राखी मिति २०३७।२।२७ बाट हाजिर समेत हुन दिइएन सोही मितिबाट हालसम्म निवेदक हाजिर समेत हुन सकेको छैन । निवेदकले लकडी अनियमित सम्बन्धमा उजूरी दिएकोमा निवेदक उपर नै भ्रष्टाचारको मुद्दा चलाई सो सम्बन्धमा भेरी अञ्चलाधीश कार्यालयबाट भ्रष्टाचारको सम्बन्धमा कारवाही चलाएकोमा भेरी अञ्चलाधीशको कार्यालयबाट मिति २०४०।२।३० मा निवेदक समेतले भ्रष्टाचारको कसूर नठहराई साविक बमोजिमको पदमा बहाल रहेको पदस्थापनामा हाजिर हुन जाने भनी निर्णय भएको थियो । सो अनुरुप विपक्षी टिम्बर कर्पोरेशन अफ् नेपाल बर्दियाबाट निवेदकलाई हाजिर पनि गराइएन र अञ्चलाधीश कार्यालयबाट नक्कल समेत नदिएबाट सो सम्बन्धमा नक्कल पाउँ भनी भेरी अञ्चल अदालतमा निवेदन दिएकोमा मिति २०४७।६।१७ गते भेरी अञ्चल अदालतबाट नक्कल दिनु भन्ने आदेश भए बमोजिम मिति २०४७।९।२० मा निवेदकले भेरी अञ्चलाधीशको कार्यालयबाट नक्कल लिई विपक्षी टिम्बर कर्पोरेशनमा पुनः बहाल हाजिर हुन निवेदन दिएकोमा निवेदन दर्ता गरी सो उपर कारवाही पनि गरिएन र हाजिर समेत हुन दिइएन । विपक्षी कर्पोरेशनबाट मिति २०४९।१।२४ मा निवेदकले भ्रष्टाचार मुद्दामा सफाई पाई २०४० सालमा नै फैसला भएकोमा नौ वर्ष पछि आएर पुनः बहालीको लागि मिल्ने देखिँदैन र श्री ५ को सरकार मं.प. बाट २०४७।४।८ मा निर्णय भए अनुरुप स्थायी कर्मचारी भएमा पुनः बहाली हुने अस्थायी कर्मचारी रहेको अवस्थामा नै सेवाबाट हटाएको हुँदा पुनः बहाली गर्न नमिल्ने भन्ने निर्णय भएबाट निवेदकको कानुन बमोजिम भ्रष्टाचारबाट सफाई पाई पुनः बहाली हुन पाउने कानुनी हक एवं नेपाल अधिराज्यको संविधानको धारा ११(१) १२(२)(ङ) द्वारा प्रदत्त संवैधानिक हक अपहरण भएको हुँदा उक्त मिति २०४९।१।२४ गतेको निर्णय सूचना र तत्सम्बन्धी भएको आदेश सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेश द्वारा बदर गरी निवेदकलाई पुनः साविक बमोजिमको पदमा बहाली गरी दिनु भन्ने विपक्षीको नाममा परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत रिटनिवेदनपत्र । ३. यसमा निर्णय तर्फ हेर्दा विपक्षीहरुबाट लिखितजवाफ मगाउनु पर्ने वा नपर्ने भन्ने निर्णय दिनु पर्ने हुन आयो । ४. नियम बमोजिम दैन