निर्णय नं. ६१६३ - परमादेश लगायत जो चाहिने अन्य आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१६३ - परमादेश लगायत जो चाहिने अन्य आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ । भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५२/१०/२३ २६९६ निर्णय नं. ६१६३ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको रिट नं. २७७४ आदेश मिति २०५२।१०।२३।३ विषयः परमादेश लगायत जो चाहिने अन्य आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ । निवेदक- गुल्मी जिल्ला, छापचौर गा.वि.स. वडा नं. २ घर भै हाल पाल्पा जिल्ला तानसेन न.पा. वडा नं. ६ बस्ने भु.पु. प्रहरी जवान खिमबहादुर गुरुङ विरुद्ध विपक्षी- श्री ५ को सरकार, गृह मन्त्रालय प्रहरी कारागार प्रशासन शाखा सिंहदरवार । प्रहरी कितावखाना सिंहदरवार । प्रहरी प्रधान कार्यालय कार्यालय नक्साल काठमाडौं । तत्कालिन प्रहरी नियमावली, २०३३ को नियम १०, ११ तथा हालको प्रहरी नियमावली, २०४९ को नियम ११० मा नोकरी अवधि गणना गर्दा शाही नेपाली सेना वा प्रहरी सेवा वा पदमा स्थायी नियुक्ति भै नोकरी गरेको जम्मा अवधि (बीचमा टुटेको भए सो टुटेको अवधि कटाई ) लाई गणना गरिनेछ । उपदान पाई सकेको व्यक्ति प्रहरी सेवा वा पदमा नियुक्ति भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी जोडिनेछ भन्ने व्यवस्था गरिएको देखिन्छ । यसरी प्रहरी सेवा वा शाही नेपाली सेना तर्फ गरेको नोकरी अवधि मात्र पछि गरेको प्रहरी सेवामा पहिलेको उपदान फिर्ता गरेमा जोडिन सक्ने देखिन आयो । निजामती सेवा तर्फ बाग्लुङ्ग जिल्ला अदालतको अर्दली पदमा गरेको नोकरी अवधि समेत जोडिनु पर्छ भन्ने निवेदक तर्फको विद्वान अधिवक्ताको वहससँग सहमत हुन नसकिने । (प्र.नं. ८) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री टिकाराम भट्टराई विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक अवलम्बित नजीर-× आदेश न्या. उदयराज उपाध्याय- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत निवेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. म निवेदक मिति २०२२।९।२३ गते वाग्लुङ्ग जिल्ला अदालतको अर्दली पदमा नियुक्ति भई २०२४।१०।३० सम्म २ बर्ष ३ महिना १७ दिन कार्यरत रही राजिनामा दिई २०२५।१।१ गते प्रहरी सेवामा नियुक्ति भई २०३८।५।९ सम्म १३ बर्ष ४ महिना ८ दिन अविछिन्न रुपमा प्रहरी सेवामा सेवारत भै पहिले अर्दली पदमा रहँदाको र पछि प्रहरी सेवामा रहँदाको नोकरी अवधि जोड गरी प्रहरी प्रधान कार्यालयबाट उपदान वापतको रकम एकमुष्ट रु. ५७८३।– प्राप्त गरेको थिएँ । पछि पुनः मिति २०३९।८।१६ गतेको प.स. २।४१।१८ को प्रहरी प्रधान कार्यालयको पत्रानुसार २०३९।८।१६ गतेको प्रहरी जवान पदमा नोकरी थमौती भई २०४०।११।१० सम्म पुनः १ बर्ष २ महिना २४ दिन सेवा गरी २०४०।११।१० मा मैले चढाएको राजिनामा स्वीकृत भै प्रहरी सेवाबाट अवकास लिनासाथ म निवेदकले पटक पटक प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालयमा मौखिक तथा लिखित निवेदन गरेकोमा विपक्षी प्रहरी प्रधान कार्यालयले मलाई मिति २०४६।५।१ मा एक पत्र लेखी अभिलेख बमोजिम तपाईलाई निवृत्तिभरण दिन सेवा अवधि नपुग भएकोले नमिल्ने भनी जानकारी गराईयो । म निवेदकको पटक पटकको निवेदन पश्चात विपक्षी गृह मन्त्रालय, प्रहरी प्रशासन शाखाबाट मिति २०५१।५।२७ मा मलाई एक जानकार पत्र पठाई तपाईको सेवा अवधि १५ बर्ष ११ महिना मात्र पुगेको देखिएकोले प्रहरी नियमावली, २०४९ बमोजिम निवृत्तीभरण दिन नमिल्ने जानकारी दिईयो । तर म निवेद