निर्णय नं. ४५२६ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५२६ - परमादेश भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०३/११ ३३२४ निर्णय नं. ४५२६ ने.का.प. २०४९ (क) अङ्क ४ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४९ सालको रिट नं. २५१५ आदेश भएको मिति: २०४९।३।११।१ मा निवेदक : का.न.पं. वा. नं. ३२ डिल्लीबजार बस्ने वर्ष ५५ को देवीप्रसाद काफ्लेसमेत विरुद्ध विपक्षी : का.न.पं. वा.नं. ७ चाबहील बस्ने वर्ष ५८ का टो.एन. शर्मा भन्ने प्रो.डा. तारानाथ शर्मासमेत विषय : परमादेश (१) यस अदालतबाट जारी हुने परमादेश समेतका आज्ञा वा आदेश सिद्धान्तमा सार्वजनिक वा सरकारी काम कर्तव्य वा जवाफदेही भएका व्यक्तिहरुद्वारा नेपाल अधिराज्यको संविधान प्रदत्त एवं प्रचलित नेपाल कानुनद्वारा व्यवस्थित अधिकारहरुको लागि उपलब्ध हुने । विपक्षी बनाइएका व्यक्ति त्यस्तो जवाफदेही भएका व्यक्ति हुन् भन्ने कुरा निवेदक पक्षबाट जिकिर लिन नसकिएको स्थितिमा यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी आज्ञा, आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने आदेश न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक नेपालको नागरिक हुँ । मैले केही वर्ष अगाडि देखि पुस्तक संसार डिल्लीबजार नामको पुस्तक पसल र प्रकाशन राखी पुस्तक प्रकाशन र बिक्री वितरण सम्बन्धी काम गर्ने गरी आफ्नो व्यवसाय चलाई आएको छु । यसमा विपक्ष नं. १ डा.टि.एन.शर्मा भन्ने तारानाथ शर्माले निजले लेखेको A Complete Manual Guide to Developing Skill and Tales of All Times नामको पुस्तक त्रि.वि.वि.का आई.ए.,आई.कम., आई.एस्सी., समेतका विद्यार्थीहरुका लागि उपयोगी हुने त्रि.वि.वि.को मुख्य पाठ्य पुस्तक Developing English Skills र Tales of All Times को सहयोग उक्त पुस्तक निज लेखक विपक्ष नं. १ ले मलाई मिति ०४७ भाद्र ९ गते निजको स्वहस्ताले लेखी उक्त A Complete Manual Guide to Developing English Skills र Tales of All Times भन्ने ग्रन्थ पूरा पारिश्रमिक प्राप्त भइसकेकाले प्रकाशन पुस्तक संसारलाई सधैका लागि यस ग्रन्थको सर्वाधिकार दिएको छु भनी म निवेदक देवीप्रसाद काफ्ले पुस्तक संसारको नाउँमा सो ग्रन्थको प्रकाशन वितरण समेतको सम्पूर्ण अधिकार सधैको लागि म निवेदकलाई लिखित रुपमा प्रदान गर्नु भएकोले उक्त ग्रन्थको २०४७ साल भाद्र महीनामा पहिलो संस्करण र २०४७ साल पौष महीना दोश्रो संस्करण श्रृजना प्रिन्टर्श ब्रम्हटोलमा छपाई प्रकाशन गरी नेपाल अधिराज्य र सो ग्रन्थ आवश्यक पर्ने पाठकको लागि देश विदेशमा समेत बिक्री वितरण गर्दै आएको थिएँ र सो ग्रन्थको प्रकाशित प्रतिहरु अझै मैले बिक्री वितरण गरी रहेको छु र बिक्री हुन बाँकी प्रतिहरु समेत मेरो पुस्तक पसलहरुमा बाँकी नै छन । सो प्रतिहरु समाप्त भएपछि सो ग्रन्थ म निवेदकले नै पुनः प्रकाशन गर्ने तयारीमा छँदैछु । ३. माथि प्रकरणहरुमा उल्लेख गरे बमोजिमको मेरो नाउँमा सर्वाधिकार रहेको उक्त पुस्तक हाल यही २०४९ साल जेष्ठ महीना देखि "Critical Guide to Developing English Skills & Tales of All Times" नाम राखी प्रकाशक र लेखक विपक्ष नं. १ प्रिन्टर विपक्ष नं. २ वितरक विपक्ष नं. ३ बनी सो ग्रन्थ विपक्षहरु आपसमा मिली प्रकाशन गर्ने छपाई गर्ने बिक्री वितरण गर्ने कार्य रहेको कुरा थाहा पाई मिति ०४९।२।२५ गते सत्याल बुक डिष्ट्रिव्यूटर्श कालिका