निर्णय नं. ४५२७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५२७ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/११/०५ ३०६२ निर्णय नं. ४५२७ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं.१०४२ आदेश भएको मिति: २०४८।११।५।२ निवेदक : स्याङ्जा गलैंचा उद्योगको प्रोप्राइटर नन्दशुभा गुरुङसेनी विरुद्ध प्रत्यर्थी : कृषि विकास बैंक मार्फत ऋण असूली विभाग मुख्य कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) रिट निवेदकले बैंकबाट लिएको ऋण सम्बन्धमा कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ को नियम ३ बमोजिम जाँचबुझ गराउँदा ऋण दुरुपयोग भएको भन्ने प्रतिवेदन पर्न आई ऋणी निवेदकलाई पटक पटक परियोजना संचालन गर्न सूचना दिंदा पनि वास्ता नगरेकोले लिलाम गर्नुपर्ने भई कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ को नियम १२ बमोजिम गोरखापत्रमा सूचना प्रकाशित गरी नियम १६ बमोजिम साक्षीहरुका रोहवरमा डाँक बढाबढ गरी लिलाम गरेको फाइल साथ संलग्न कागजातबाट देखिएको छ । लिलाम बमोजिम नै भएको देखिँदा रिटनिवेदन माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निवेदकले गलैंचा उद्योग घरेलु तथा ग्रामीण उद्योग विभाग, स्याङजामा २०४२।१२।४ गते दर्ता गरी आफ्नै स्याङजा पुतलीबजार गा.पं. वडा नं.९ प्रगति नगरमा काम शुरु गरेको उक्त उद्योगको लागि कृषि विकास बैंकबाट ०४२।१२।५ मा रु. १,२६,१८०।– ऋण ११% प्रतिशतको दरले हरेक श्रावण र माघमा व्याज तिर्नुपर्ने र २०४७ आषाढ महीनासम्ममा ऋण चुक्ता गर्नु पर्ने गरी प्राप्त गरेको थिएँ । कच्चा उनी धागोको अभावले गर्दा काम राम्रोसँग संचालन गर्न नसकेको, यसै बीच काम विशेषले केही समयको लागि म भारत गएको समयमा मैले विपक्षी बैंकको तिर्नु पर्ने साँवा व्याज नतिरेको भनी मेरो सम्पूर्ण घर जग्गा २०४६।१०।१ गते लिलाम गरेको र विपक्षी मध्येको तुल्सीराम रेग्मीले सबभन्दा बढी बोली लिलाम सकारेकोले उक्त घर जग्गा तुरुन्त खाली गरी दिनु होला भनी कृषि विकास बैंक स्याङ्जाको २०४६।१०।६ को पत्र प्राप्त भई मेरो सारा घर खेत सर्वश्व नै हुनु पर्ने होइन, लागेको ऋण तिर्न तयारै छु मिलाउनु पर्‍यो भनी कृषि विकास बैंक स्याङ्जा शाखामा भन्दा हामीले लिलाम बदर गर्न सक्दैनौं भनेपछि मेरो घर जग्गाको पञ्चकीर्ते मोल कति राखे, लिलाम हुँदा को को साक्षीको रोहवरमा भएको, कसले कति कतिमा डाँक बोले, आखिरमा कसले कतिमा सकारे भन्ने जानकारी र सम्बन्धित कागजको नक्कल पाउँ भन्दा यहाँबाट त्यस्तो कुनै कागजको नक्कल पाइदैन, अदालतबाट मगाई पठाए मात्र दिन्छौं भनी ठाडो जवाफ दिए । लिलाम कानुन बमोजिम भएको छ छैन, बेठिक भए बदर गराई माग्ने मेरो संविधान प्रदत्त हक भएकोमा अ.बं. २११, कागज जाँचको १७ नं.को विपरीत मलाई नक्कल दिएन विपक्षीहरुले धितो लिलाम हुने जानकारी भनी दिएको २०४६।८।१९ को पत्रमा ऋण समयमा नबुझाई दुरुपयोग समेत गरेको हुनाले लिलाम गर्ने भनिएको छ । मैले लिएको ऋण २०४७ आषाढ महीनासम्म तिर्नु पर्ने भनी ऋण स्वीकृत भएको भनी जानकारी दिएको २०४२।१०।२२ को पत्रमा नै लेखिएको छ । त्यस्तै के कसरी ऋणको दुरुपय