निर्णय नं. ४५२८ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५२८ - लिखत दर्ता बदर भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०४/११ २४१७ निर्णय नं. ४५२८ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको दे.पु.नं.५०६ फैसला भएको मिति: २०४९।४।११।१ मा पुनरावेदक/प्रतिवादी: विराटनगर न.पं. वा.नं.५ बस्ने फणिन्द्रकुमार खड्का विरुद्ध वादी: विराटनगर न.पं. वा.नं.६ बस्ने अर्जुन भन्ने चैतन्यबहादुर खड्कासमेत मुद्दा: लिखत दर्ता बदर (१) आफ्नो अंश हकको जग्गा नै हक हस्तान्तरण गरेको देखिँदा आफ्नो हकको अंश हक जति आफूखुस गर्न पाउँछ भनी अंशबण्डाको १९(४) मा कानुनी व्यवस्था गरेको, अंश हक जस्तो नैसर्गिक हकलाई कानुनतः प्रचलनमा उपयोग गर्न नसक्ने नपाउने भन्न मान्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पू.क्षे.अ.को फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(७) तथा १३(५)(ख)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. पिता योगेन्द्रबहादुर खड्का भन्ने गोपालकृष्ण खड्काको २ पत्नीमा स्व.जेठी पत्नीबाट हामी फिरादीहरु २ भाइ र जीवित कान्छी पत्नी पवित्रादेवी तर्फको जेठा लिलाबहादुर, माहिला विपक्षी फणिन्द्रकुमार साहिंला दिपककुमार, काहिला राजेश तथा कान्छा विमलकुमार समेत ९ (नौ) जना अंशियारमा घरसारमा मिति २०४०।९।१० मा अंशबण्डा लिखत गरी ०४०।९।१२ मा मा.पो.का. मोरंगबाट रजिष्ट्रेशन पास गराएको उक्त लिखतमा म बाचुञ्जेल मेरो खुशी गरी र शेष पछि बाँकी सबै भाइ छोराहरुले बण्डा गरी खाने भनी बुवाले लेखी दिनु भएको २०४३।१०।९ गते बुवा परलोक हुनु भएपछि निजको जग्गाहरु खोज्दा ०४३।२।१९ को पारित शेषपछिको बकसपत्र लिखतको आधारमा बुवाको नामको जग्गा विपक्षीहरुको नामसारी गराएको थाहा पाई ०४३।११।५ गते उक्त बकसपत्रको नक्कल प्राप्त गरी हेर्दा मोरंग जिल्ला कंचनवारी गा.पं. वा.नं.८ को कि.नं.३९१ को ०–३–६, सुनसरी जिल्ला रामगंज बलगाछीया गा.पं. वडा नं.४(क) को कि.नं.१११ को १–६–७, वडा नं.४(ख) को कि.नं.४० को ०–१–१४, कि.नं.४३ को ०–१–४ कि.नं.४१ को ०–१–१० वडा नं.६(क) को कि.नं.२२१ को १–०–०, कि.नं.२४१ को ०–७–० समेत जम्मा ३–१–१ जग्गाको बकसपत्र पारीत गराएको देखिन आयो । उक्त जग्गामा हामी अंशीयारहरुको ७ बण्डा लाग्ने हुनाले सो हिसाबले हामी फिरादीहरुको २ बण्डा भागमा हुने जग्गा विगहा ०–१७–८ को लिखत बदर गरी दर्ता समेत बदर गरी हाम्रो नाउँमा दर्ता कायम गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. हामी वादी प्रतिवादीहरु समेत ०४०।९।१०।१ को बण्डापत्र बमोजिम अंश बण्डा गरी आ–आफ्नो अंश भाग लिई पिता म समेतका मेरा सगोलका भाइहरुसंग साथ बस्नु भएको र विपक्षी दाजुहरु अलग बस्नु भएको अवस्थामा पिताजी विरामी भएको अवस्थामा मैले स्याहार सम्भार गरी रिझाएकोले पिताले आफ्नो अंश भागमा परेको सम्पत्ति मलाई शेषपछिको बकसपत्र पारित गरी दिनु भएको, दान बक्सको १ नं.बमोजिम पिताजीले आफूखुश गर्न पाउने सम्पत्ति हुँदा लिखत र दर्ता बदर हुनु पर्ने होइन भन्ने समेत प्र.फणिन्द्रकुमार खड्काको प्रतिउत्तरपत्र । ४. यसमा वादी दावीको जग्गा मध्ये कि.नं.३९१ को ०–३–६ जग्गासम्म अंशबण्डाबाट वादी प्रतिवादीको पिताका भागमा परेको र शेष पछि बाँकी रहे सबै भाइ छोराले बाँडी खाने भनी लेखेकोबाट ७ भागको २ भाग जग्गाको सम्म शेष प