निर्णय नं. ६१६५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१६५ - अंश भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५१/०९/०६ ३०८५ निर्णय नं. ६१६५ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत २०५० सालको दे.पु.नं. १३१० फैसला मिति २०५१।९।६।४ मुद्दाः अंश । पुनरावेदक- बुद्धिमानको छोरा मोरङ्ग जिल्ला विराटनगर नगरपालिका वडा नं. ४ बस्ने लिलाबहादुर कार्की प्रतिवादी विरुद्ध प्रत्यर्थी- ऐ.ऐ. बस्ने पुनरावेदकको एकाघरकी श्रीमती अन्नपूर्णा कार्की वादी अंशवण्डाको महलको कानूनी व्यवस्थाले पाउने अंश सबै प्रकारको अंशियारहरुको अंशको हक सम्बन्धमा सामान्य व्यवस्था गरेको पाईन्छ । यस अंशवण्डाका महलले गरेको सामान्य व्यवस्था अन्तर्गत पर्ने लोग्ने र स्वास्नीको सम्बन्धको वैशिष्ट्यतालाई मध्यनजर राखी अंशवण्डाको महलमा उल्लेखित अवस्थाहरुको अलावा अंश र माना चामलमा स्वास्नी मानिसले कस्तो कस्तो अवस्थामा दावी गर्न पाईन्छ भन्ने कुराको अभिनिश्चय गरिएको पाईन्छ । यसरी विषयगत दृष्टिले मात्र विशिष्टता पाईने नभई अंशवण्डाको १० नम्बरमा लोग्नेस्वास्नीको ४ नं. मा लेखिएको कुरामा भने सोही बमोजिम हुनेछ भन्ने प्रष्ट रुपमा लोग्ने स्वास्नीको ४ नं. मा लेखिएको कुरामा अंशवण्डाको १० नं लागू नहुने प्रष्ट पारिएको छ । यसरी अंशवण्डाको व्यवस्था सामान्य व्यवस्था हो र लोग्ने स्वास्नीको ४ नं. को व्यवस्था विशेष व्यवस्था हो र ऐनको विशेष व्यवस्था हो र ऐनको विशेष व्यवस्था सामान्य व्यवस्था भन्दा प्रभावशाली हुने कानून व्याख्याको सामान्य सिद्धान्त जुन नयाँ मुलुकी ऐन भाग १ को नम्बर ४ मा अंङ्गीकृत छ । सो अनुकूल नै देखिन आउने । ( प्र.नं. १०) पुनरावेदक वादी तर्फबाटः-× विपक्षी प्रतिवादी तर्फबाटः-× अबलम्बित नजीर × फैसला न्या. लक्ष्मण प्रसाद अर्याल- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त जिकिर यस प्रकार छः- 2. विपक्षी पति लिला बहादुरसँग २०४० साल वैशाखमा मेरो विवाह भएपछि विपक्षी पतिबाट २०४२ सालमा अपार नामक एउटा छोरा जन्मिएको छ । विपक्षी पतिले पहिले पहिले देखि नै बराबर कुटपिट गरी रहनु हुन्थ्यो । तापनि सहेरै बसेकी थिएँ । २०४६ साल माघ २१ गतेका दिन अं. १० बजेको समयमा पतिले मलाई भातै खान नदिई लातैलाताले कुटि विराटनगर न.पं.वडा नं. ४ को घरबाट बाहिर निकाली दिएकोले नाबालक छोरालाई घरैमा पनि जिम्मा छाडी दिई रुँदै कराउँदै हिडी अलपत्र परी लोग्ने स्वास्नीको ४ नं. अंशवण्डाको ३५ नं. अ.बं. ३६ नं. र अ.बं. ८२ नं. अन्तर्गत नालेस गर्न आएको छु । अंशवण्डाको २०,२१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी लिई अंशवण्डाको १।२ नं. बमोजिम पतिको १ भाग नाबालक छोराको १ भाग मेरो १ भाग समेत ३ भाग लगाई मेरो भाग जति मलाई दिलाई चलन चलाई समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादी अन्नपुर्णा कार्कीले मिति २०४६।११।२ मा दिएको फिराद पत्र । 3. वादीको दावी अनुसार निजलाई मैले कुटपिट गरेको भए कुटपिट गर्दा परेको घा खत जँचाई सप्रमाण नालेश गर्न सक्नु पर्दथ्यो सो गरेको छैन । त्यस्तै मैले वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेको भए घरबाट निकाला गरेपछि म यस ठाउँमा यसको घरमा बसेको छु र यो पेशाबाट खान लाउन गरेकी छु भन्न लेख्न प्रमाण पुर्‍याउन सक्नु पर्नेमा निज वादी मेरै घर वि न.पा. वडा नं. ४ मै बसी राखेको कुरा निजैले फिरादमा निजको ठेगाना लेखेकोबाट विपक्षी वादी हालसम्म पनि मेरै घरमा बसी खाए