निर्णय नं. ४५३२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५३२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/११/०४ २८०० निर्णय नं. ४५३२ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं.८३४ आदेश भएको मिति: २०४८।११।४।१ मा निवेदक : का.न.पं. वार्ड नं.२४ स्थित होटल कोजी प्रा.लि को मेनेजिङ डाइरेक्टर न्हुछेरत्न शाक्य विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय श्रम कार्यालय डिल्लीबजारका कारखाना निरीक्षक भिमप्रसाद कटेलसमेत विषय: उत्प्रेषण (१) कारखाना निरीक्षकको आदेश उपर चित्त नबुझ्ने निवेदक होटल व्यवस्थापकले श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय श्रम विभागमा पुनरावेदन दिएकोले त्यस्तो पुनरावेदन उक्त श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय श्रम विभागले कानुन बमोजिम कारवाही निर्णय गर्नु पर्नेमा उक्त पुनरावेदन अञ्चल अदालतमा लाग्ने, सो सम्बन्धी पुनरावेदन यस विभागमा नलाग्ने भनी श्रम विभागको निर्णय जानकारी त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. होटल कोजी प्रा.लि. मा कार्यरत सहलेखापाल विपक्षी किशोर रेग्मीले मिति २०४५।३।१ देखि यस होटलको सो पदमा रही काम गर्दै आए तापनि निजको कार्य शुरु देखि नै सन्तुष्टिजनक नरहेको र सो तर्फ यस होटल व्यवस्थापनले निजको ध्यान आकृष्ट गर्दै आएको थियो । तर निज किशोर रेग्मीले सो प्रति कुनै चासो नराखी आफ्नो कार्य सुधार्न तर्फ कुनै ध्यान दिनु भएन । फलस्वरुप बाध्य भई मिति २०४५।११।१३ मा नसिहत पत्र दिइयो । सो पत्र नबुझी होटलको दैनिक कार्यमा बाधा पर्ने स्थितिको श्रृजना गरी आफ्नो कार्यमा पनि अनुपस्थित भई अन्य थप अनुशासनहिन कार्य गरेको हुँदा निजलाई पुनः २०४५।११।१६ मा अर्को नसिहत पत्र दिइयो । तर सो पत्रको पनि निजले कुनै चासो नराख्नु भएको हुँदा मिति २०४५।११।१८ देखि लागू हुने गरी नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा २(क) (ख)(ग) (घ) बमोजिम होटलको सेवाबाट अवकाश प्रदान गरियो । ३. मिति २०४५।११।२४ मा निज किशोर रेग्मीले पुनः बहाली गरिपाउँ भनी विपक्षी कारखाना निरीक्षक समक्ष उजूरी दिनु भएकोमा मिति २०४६।२।१० को निर्णय अनुसार निज किशोर रेग्मीलाई यस होटललाई पत्र लेखियो र सो पत्रमा निज किशोरलाई पुनः साविक पदमा बहाली गर्नु भनी यस होटललाई पत्र लेखियो र सो पत्रमा निज किशोर रेग्मीको उजूरी निवेदन अनुसार छानबीन हुँदा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ (संशोधन सहित) दफा ५ को उपदफा २(क)(ख)(ग) र (घ) तथा नियम, २०१९ को दफा २६(क) अनुसार कामबाट अवकाश गरेको निर्णय त्रुटिपूर्ण देखिएको भनी लेख्नु भएको छ । तर निज श्रम अधिकृतले कहाँ के त्रुटि भयो भनी भन्न सक्नु भएको छैन । नेपाल कम्पनी ऐन, २०२१ बमोजिम गठित यस होटल कोजी प्रा.लि. श्री ५ को सरकार उद्योग मन्त्रालयद्वारा स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको परिधिभित्र रही होटलको आन्तरिक नियमावली बमोजिम कार्य संचालन गर्ने स्वतन्त्रता यस होटललाई प्राप्त छ । यस्तो अवस्थामा निज श्रम अधिकृतले एकत