निर्णय नं. ४५३३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५३३ - परमादेश भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०५/१७ ४१६१ निर्णय नं. ४५३३ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०४७ सालको रिट नं.८७३ आदेश भएको मिति: २०४९।५।१७।४ मा निवेदक : का.न.पं. वडा नं.७ बस्ने छवि पिटर्स विरुद्ध प्रत्यर्थी : जिल्ला प्रशासन कार्यालय, काठमाडौं समेत विषय: परमादेश (१) नेपालको संविधान, २०१९ को धारा ७ ले गरेको व्यवस्था सो संविधान प्रारम्भ हुँदाका बखतको लागि नागरिकता प्राप्ति गर्ने सम्बन्धमा गरिएको व्यवस्था भएको र नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को व्यवस्था सो ऐन प्रारम्भ भएपछि जन्मेका व्यक्तिको सम्बन्धमा गरिएको भई यी दुवै व्यवस्था बेग्लाबेग्लै भएकोले नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) नेपालको संविधान, २०१९ संग बाझिएको नदेखिनुको अतिरिक्त नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को व्यवस्थालाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ ले आत्मसात गरी सो कानुनी व्यवस्थालाई संविधानको अभिन्न अंगको रुपमा समेत लिइएको पाइने । (प्रकरण नं. १६) (२) नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ भएपछि मात्र जन्मेका निवेदकहरुले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ तथा नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) बमोजिम नेपालको नागरिकता प्राप्त गर्नको लागि निजहरुको जन्म हुँदा निजहरुको बाबु नेपालको नागरिक हुनु अनिवार्य हुने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री युवराज संग्रौला विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. मेरा पति तथा हाम्रा पिता भारतीय नागरिक टेरेन्स पिटर्स लामो समय देखि नेपालमा आवास गरी ०१८ सालदेखि नेपाल राएल फ्लाइट र त्यहाँबाट अवकाश भएपछि शाही नेपाल वायु सेवा निगममा मृत्युपरन्त कार्यरत भई ०३२।११।१२ मा मृत्यु भएको, म निवेदक छवि पिटर्स नेपालको नागरिक माधवसेन ठकुरीको छोरी भएबाट नेपालको जन्मसिद्ध नागरिक हुँ । हाम्रा पति पिता नेपालको जन्मसिद्ध नागरिकसंग विधिवत विवाह भई घर वास र परिवार समेत राखी बस्नुका अतिरिक्त नेपालको संविधान, २०१९ को धारा ८ को उपधारा २ ले विदेशीलाई नागरिकता प्राप्त गर्न तोकेको आधार समेत पूरा गर्नुभएको, तर नागरिकता प्राप्त गर्नु पूर्व नै परलोक भएको, हामी जन्मसिद्ध नेपाली नागरिकका सन्तान भएका र नेपालमा नै जन्म भएकोले ०३४ सालमा खटिएको नागरिकता टोलीमा हाजिर भई हामी नावालक भएकोले उमेर पुगेपछि नागरिकता लिन पाउने गरी हामी निवदेक मध्ये वाल्टर पिटर्स, जुन पिटर्स र अल्फ्रेड पिटर्सको नाम आमा छवि पिटर्सको नागरिकताको पीठमा जनाइएको थियो । ३. हामी निवेदकहरुको कानुन बमोजिम उमेर पुगेपछि नागरिकताको लागि वडा कार्यालयमा निवेदन दिंदा सिफारिश नदिएपछि जिल्ला कार्यालय काठमाडौं हाल जिल्ला प्रशासन कार्यालय काठमाडौं समक्ष सम्पूर्ण व्यहोरा खुलाई निवेदन दिएकोमा कारवाही गर्न इन्कार गरी निवेदकका पिता भारतीय नागरिक भन्ने उल्लेख भएकोले निवेदकहरुलाई निजहरुको माग बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र दिन नमिल्ने भनी ०४७।४।३१ मा निवेदनमा दरपिठ गरी फिर्ता दिइयो । सो उपर विपक्षी नं.२ समक्ष निवेदन दिएकोमा दर्ता गर्न समेत इन्कार गरियो । ४. म छवि पिर्टसको पति नेपाली नागरिक नभएको अधिकारम