निर्णय नं. ६१६७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१६७ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०१/२८ २७२९ निर्णय नं. ६१६७ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय सम्वत् २०५१ सालको रिट नं. ३६६९ आदेश मिति २०५३।१।२८।६ विषयः उत्प्रेषण । निवेदक- जिल्ला मोरङ्ग, विराटनगर ६ धरान रोड स्थित गणपति प्लाष्टिक इण्डष्ट्रिजको प्रोप्राईटर श्रीमती विमला देवी अग्रवाल । विरुद्ध विपक्षी- श्री ५ को सरकार उद्योग विभाग । महानिर्देशक, उद्योग विभाग, संयोजक एकद्वार समिति, उद्योग विभाग काठमाडौं । निवेदकको उद्योग औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम दर्ता भै २०४५।३।६ देखि उत्पादन भएको र उत्पादनमुलक सानो उद्योग भएको कुरामा कुनै विवाद देखिँदैन । औद्योगिक व्यवसाय ऐन, २०३८ को तत्कालिन दफा १० को खण्ड (क) को (२) (क) मा २० देखि ५० प्रतिशत सम्म मुल्य अभिवृद्धि गर्ने उद्योगलाई पाँच बर्ष सम्म शतप्रतिशत आयकर छुट दिनेछ भन्ने उल्लेख भएको छ । उक्त व्यवस्था बमोजिम उद्योगको उत्पादन खर्चको हिसाव समेत देखाई आयकर छुटको लागि कारवाही चलाएकोमा पुनः मुल्य अभिवृद्धि गणना गर्दा साविक झै ११.९६ प्रतिशत मात्र मूल्य अभिवृद्धि गणना भएको हुँदा आयकर छुट सुविधा प्रदान गर्न सक्ने नदेखिएको व्यहोरा २०५०।११।६ को निर्णयानुसार सुचना गरिन्छ भन्ने उद्योग विभागको २०५०।११।९ को पत्रमा उल्लेख भएको देखिन्छ । तर प्रत्यर्थी उद्योग विभागले निवेदकले देखाएको कलकत्तामा क्लेरीङ एजेन्टलाई तिरेको रकम प्रिअपरेशन लागतमा देखाएको रकम र विदेशबाट आयातित कच्चा पदार्थको मूल्यमा देखाएको रकम मुल्य अभिवृद्धिको प्रतिशत कायम गर्दा घटि अंकमा गणना गरेको कुनै कारण उल्लेख गरिएको समेत देखिएन । साथै निज निवेदकले मुल्य अभिवृद्धिको प्रतिशत कायम गर्ने सिलसिलामा उल्लेख गरेको अन्य खर्च जस्तै भन्सार कर दस्तुर सम्बन्धमा पनि सो गणना गर्न मिल्ने नमिल्ने के हो उक्त निर्णयमा नबोलिएकोले श्री ५ को सरकार उद्योग विभागको मिति २०५०।११।६ को निर्णय कानूनको रित पुर्‍याई भए गरिएको नदेखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिमका आधारयुक्त निर्णय गर्नु भनी परमादेश समेत जारी हुने । निवेदक तर्फबाट- विद्वान वरिष्ठ अधिवक्ता श्री रत्नलाल कनोडिया विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति अवलम्बित नजीर-× आदेश न्या. केदारनाथ उपाध्याय- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. उद्योग विभागबाट निवेदकले २०४४।३।१२ मा पोली प्रोपलिन सिट्स व्याग उत्पादन गर्ने उद्योगको इजाजत प्राप्त गरी २०४५।३।६ देखि उत्पादन शुरु भएको उद्योग हो । औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम आयकर छुट सुविधाको लागि २०४६।४।२७ देखि पटक पटक निवेदन गरेकोमा कुनै जानकारी नपाएकोले सम्पर्क राख्दा मुल्य अभिवृद्धि २० प्रतिशत नपुगको आयकर छुट नपाउने व्यहोरा २०४७।१।६ को निर्णयानुसार सुचना गरिएको भन्ने जानकारी भएकोले त्यसमा चित्त नबुझी रिट निवेदन दिएकोमा २०४७।१।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ऐन नियम बमोजिम गर्नु भन्ने परमादेश समेत मिति २०५०।२।२० मा भएकोमा पुनः मूल्य अभिवृद्धि गणना भएको हुँदा आयकर छुट सुविधा प्रदान गर्न समेत नदेखिएको व्यहोरा २०५०।११।६ को निर्णय अनुसार सूचना गरिन्छ भन्ने जानकारी प्राप्त भएकोले २०५०।११।६ को निर्णयको नक्कल दिन नमिल्ने भनी