निर्णय नं. ४५३४ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५३४ - कीर्ते भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०४/१४ ३९२३ निर्णय नं. ४५३४ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको फौ.पु.नं.५९१ फैसला भएको मिति: २०४९।४।१४।४ मा पुनरावेदक/वादी: का.न.पं. वडा नं.१६ बालाजु बस्ने रामकृष्ण श्रेष्ठ विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. बस्ने जुठे बोहरा मुद्दा : कीर्ते (१) नेपाल कानुनले कीर्ते कार्य (Forgery) लाई फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराध (Criminal offence against documents) भनी तोकिदिएको छ । जसअनुसार झुठ्ठा लिखत खडा गरेको, झुठ्ठा काम कुरा गरेको भए पनि कीर्ते हुन सक्ने हुन्छ । जसबाट कसैले कसैको जीउ धन वा हक जाने वा नोक्सान हुने वा सो केही नभए पनि झुठ्ठा काम गर्ने वा झुठ्ठा लिखत खडा गर्ने मानिस आफैलाई वा अरु कसैलाई फाइदा पुग्ने पुर्‍याउने उद्देश्यले सो कार्य अपराधिक मस्तिष्क (Means-rea) लिई मनसायपूर्वक गरेको हुनु पर्ने । (प्रकरण नं. १७) (२) प्रतिवादीबाट वादीको हक मेट्ने वा जाने कुनै लिखत खडा गरेको या काम कुरा भए सो प्रमाणित गर्ने भार पुनरावेदक वादीमा नै निहित रहन जाने । (प्रकरण नं. १८) (३) कीर्ते जस्तो फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराधको पुष्टि केवल फिराद लेखबाट मात्र हुन सक्ने हुँदैन । यसको लागि आधिकारिक प्रमाणको दरकार पर्ने हुन्छ, जो कानुनले निर्देशित गरेको दायरा भित्र समेटिएको पनि हुनुपर्दछ साथै भएको गरिएको कार्यबाट कसैको हकमा आघात परेको समेत देखिनु पर्ने । (प्रकरण नं. २०) प्रत्यर्थी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा फैसला न्या.त्रिलोकप्रताप राणा १. न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख),(ग) र ७ बमोजिम अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. मेरो बाबु गोरे बोहरा १९९५ साल फाल्गुण महीनामा परलोक हुन भयो । वहाँको नाउँमा दर्ता भएको वालाजु वडा नं.४ कि.नं.३४ को क्षेत्रफल १–१२–२ र ऐ.ऐ. को कि.नं.३१ को क्षेत्रफल १–१४–१ जग्गामा हक खाने म निवेदक बाहेक अरु कोही नहुँदा नामसारी दर्ता गरी ज.ध.प्र.पु. पाउँ भनी मिति २०३९।१२।३०।४ मा मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएको कुरा ०४०।१।१८।१ मा मालपोत कार्यालयले म वादीलाई उपस्थित हुने सूचना आई हाजिर हुँदा थाहा भयो । निज अन्यायवाला जुठे बोहराले मेरो पिता हिरामान श्रेष्ठको नाउँमा रहेको जग्गालाई आफ्नो पिताको नाम ढाँटी कृष्णबहादुरलाई गोरे बोहरा भन्ने नाम राखी मरेको साल पनि झुठ्ठा मिति दिई नभएको प्रमाण खडा गरेकोले कीर्ते कागजको १ नं.को काम गरेकोले ऐ. ७ नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत फिराद दावी । ३. म दुई वर्षको नावालक अवस्थामा नै १९९५ सालमा पिता परलोक भई मेरो लालन पालन मामा घरमा भएको, सावालक भएपछि बुझ्दा मेरो पिताको नाम गोरे बोहरा भएको र गाउँ घरमा बोलाउने अन्य नाउँ कृष्णबहादुर समेत भएको, पिताको नाममा रहेको सम्पूर्ण जग्गा गोरे बोहराको नाममा लगत श्रेस्तामा जनिएकोमा अधिकार प्राप्त अधिकारीबाट रीतपूर्वकको नाता प्रमाणित गराई सो को आधारमा मैले पिता गोरे बोहराको नाममा साविक लगतमा दर्ता भई हाल सर्भे नापीमा बालाजु वा.नं.४ कि.नं.३१, ३२, ३३, ३४ समेत कायम भएको जग्गाहरु नामसारी गराई माग्न काठमाडौं मालपोत कार्यालयमा निवेदन दिएको छु । पिता गोरे बोहराको नामको साविक कि.नं.५८, ५९ को जग्गा २०२१ सालको नापी कि.नं.२५, २६, २