निर्णय नं. ४५३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५३५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/११/०६ २५१२ निर्णय नं. ४५३५ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको रिट नं.१३५७ आदेश भएको मिति: २०४८।११।६।३ मा निवेदक : जिल्ला नेपालगञ्ज स्थिति अग्रवाल ग्रेन एजेन्सी र सुरेश इम्पोरियमको प्रोप्राइटर श्री मामराज अग्रवाल विरुद्ध विपक्षी : कर कार्यालय, नेपालगंजसमेत विषय : उत्प्रेषण (१) सूचना नै कानुनको रीत पुगेको छैन भने त्यस्तो खुद आय निर्धारण आदेश समेतलाई कानुन बमोजिमको भन्न नमिल्ने । (प्रकरण नं. २४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा निम्न बमोजिम छ । २. निवेदक विदेशी कपडा एवं गल्लाको कारोवार गर्ने फर्महरु हुन । आ.ब. २०३३।०३४ मा सुरेश इम्पोरियम फर्मले विदेशी मालसामान नेपाल टु नेपाल पैठारी गरी बिक्री कारोवार गर्ने गरेको र स्थानीय बजारमा खरीद गरेको छैन । अग्रवाल ग्रेन एजेन्सी फर्मले गल्ला नेपाल टु नेपाल निकासी पैठारी र स्थानीय बजारमा खरीद बिक्री गर्ने गरेको छ । आ.ब. २०३३।०३४ मा सुरेश इम्पोरियमको खुद आय रु ६८००।– र अग्रवाल ग्रेन एजेन्सीको खूद आय रु. ११,१३६।– देखाई आय विवरण पेश गरेकोमा सो विवरण समितिमा पेश नै नगरेको र २०३९ सालमा साना करदाताको आय निर्धारण समिति गठन हुँदा सो समितिमा पनि पेश नगरी अनाधिकृत समितिमा पेश गरी मिति २०४०।१२।१५ मा कर निर्धारण आदेश भएको र सो आदेश अनियमित हुँदा सो उपर रिट परी कारवाई भई मिति २०४२।२।१० मा सम्मानीत सर्वोच्च अदालतबाट आयकर नियमावली, २०३९ को नियम २५ ले वार्षिक चालीस हजार (४०,०००।–) रुपैयाँसम्म खूद आय हुने साना करदाताहरुको आयकर निर्धारण समितिले गर्ने व्यवस्था गरेको पाइन्छ । सो अनुरुप शुरेस इम्पोरियम र अग्रवाल ग्रेन एजेन्सीको वार्षिक खूद आय रु. ४०,०००।– भन्दा कम देखियो । यस्तो अवस्थामा आयकर ऐन, २०३१ को दफा १७(क) अन्तर्गत गठित समितिले कर निर्धारण गर्नु पर्नेमा आयकर ऐन, २०३१ को दफा ४०(१) अन्तर्गत गठित समितिले गरेको देखिन आएबाट निवेदकको खुद आय रु. ३,९८,२८९।७४ पैसा कायम गर्ने गरेको मिति ०४२।१२।१३ को निर्णयबाट त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब पुनः कानुन बमोजिम गरी निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ भनी मिति ०४२।२।१० मा रिट जारी भएकोमा उक्त मिति ०४२।२।१० को सर्वोच्च अदालतको आदेशानुसार कर कार्यालयले निवेदकको आय विवरणलाई आयकर निर्धारण समितिमा पेश गरेको र समितिले पनि निवेदकलाई बुझ्दै नबुझेको र आयकर नियमावलीको नियम (२७) को देहाय (घ) बमोजिम करदातासंग छलफल गर्नु पर्नेमा सो केही नगरी हचुवा तरिकाले एकतर्फी निर्णय गरी रु. ४०,०००।– भन्दा बढी आय छ भन्दै मिति ०४२।१०।२२ मा प्रमुख कर अधिकृत कै सभापतित्व गर्नुभएको निर्णय पूर्वाग्रहयुक्त हुनुको साथै आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम रीतपूर्वकको सूचना कर अधिकृतले प्रदान नगरी गरेको निर्णय गैरकानुनी छ । आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम सूचना कर कार्यालयले करदातालाई पठाउँदा सो सूचनामा खूद आयको अंक र सो कायम हुने आधारहरु स्पष्ट रुपमा खुलाई करदातालाई खण्डन गर्न एवं सफाई पेश गर्न मौका दिनु पर्