निर्णय नं. ८५७५ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५७५ - उत्प्रेषण परमादेश भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६८/०१/१२ ३९२९ निर्णय नं. ८५७५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६७– WF– ०००६ आदेश मितिः २०६८।१।२२।५ मुद्दा :– उत्प्रेषण परमादेश । निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १७, धोबीचौर बस्ने डा. परमेश्वरी श्रेष्ठ समेत विरुद्ध विपक्षीः नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत § प्रतिस्पर्धात्मक आधारमा पदपूर्ति गर्नुपर्ने पदहरूको पदपूर्ति गर्दा फराकिलो आधारमा प्रतिस्पर्धा हुन सक्ने अवस्थाहरूको अख्तियार गर्नु स्वाभाविक र युक्तिसंगत हो, तर सो सिलसिलामा कुनै खास पत्रिकामा विज्ञापन वा सूचना प्रकाशित भए सबैले थाहा पाउने र कुनै अन्यमा सूचना प्रकाशित गर्दा अरुले थाहा नपाउने भनी निष्कर्ष निकाल्न नहुने । § कुनै खास र सबैभन्दा बढी प्रति प्रकाशित हुने वा बिक्री वितरण हुने राष्ट्रियस्तरको पत्रिकामा मात्र सूचना प्रकाशित गर्नुपर्छ भन्ने मानेको खण्डमा समान वर्गका पत्रिकाहरूको बीचमा सम्भाव्य प्रतिस्पर्धात्मक क्षमता समाप्त हुन जाने । § कानूनले तोकेको वर्गको राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्दागर्दै पनि मनोगत आधार लिई अमुक खास पत्रिकामार्फत् नै सूचना प्रकाशित गर्नु भनी निर्देशन गर्नु र सो नगरेको कारणले राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित सूचना रद्द गर्ने गरी भएको कारवाही समेत बदर गर्नु भेदभावपूर्ण र अस्वच्छ भन्नुपर्ने । § कानूनबमोजिम अख्तियारप्राप्त अधिकारीले खुल्ला बजारमा उपलव्ध विभिन्न राष्ट्रियस्तरका पत्रिकाहरू मध्ये कुनै खास पत्रिकामा सूचना प्रकाशित गर्ने निर्णय गर्नु प्रशासनिक स्वविवेकको कुरा हो र यसबाट कानूनको कुनै खास प्रावधानको उल्लघंन नभएको अवस्थामा हस्तक्षेप गरी कुनै अर्को निर्देशन जारी गर्नु नपर्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री उद्धवकुमार के.सी र अधिवक्ता डा.श्री भीमार्जुन आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल, विद्वान अधिवक्ता श्री श्यामबहादुर पाण्डे अवलम्बित नजीरः सम्बद्ध कानूनः § केन्द्रीय अस्पताल नियमावली, २०६३ को नियम ५.४, (१) § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८(१) आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा दर्ता भै संयुक्त इजलासमा मतैक्यता कायम हुन नसकी सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम निर्णयार्थ पूर्ण इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– विपक्षी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पदपूर्ति समितिले मिति २०६५।७।८ मा अस्पताल विकास समितितर्फका विभिन्न पदहरूको खुल्ला प्रक्रियाद्वारा स्थायी रुपमा पदपूर्ति गर्न हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गरी दर्खास्त आव्हान गरेको थियो । सो विज्ञापनअनुसार हामी निवेदक डा. परमेश्वरी श्रेष्ठ, डा. राजेशकुमार शाह, डा. सन्तोषानन्द झाले विज्ञापन नं. १।०६५।०६६ को सातौं तह, मेडिकल अफिसर पदको लागि, सँगीताकुमारी अधिकारीले विज्ञापन नं. २।०६५।०६६ को रा.प.अ. प्रथम श्रेणी कम्प्युटर सहायक पदको लागि, सन्देश कार्की, प्रचण्ड आचार्य, अनूप श्रेष्ठले विज्ञापन नं. ३।०६५।०६६ को सहायक चौथो तह ल्याब असिष्टेन्ट पदको लागि, प्रदी