निर्णय नं. ६१६८ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१६८ - उत्प्रेषणसमेत भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०४/१६ २७८९ निर्णय नं. ६१६८ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५० सालको रिट नं. २९६४ आदेश मिति २०५२।४।१६।३ विषयः उत्प्रेषण समेत । निवेदक- सुनसरी जिल्ला, मधेशा गा.वि.स. वडा नं. २ बस्ने बर्ष ३९ को रामबहादुर थापा विरुद्ध विपक्षी- संचालक समिति, द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड बबरमहल महानिर्देशक, द टिम्बर कर्पोरेशन अफ नेपाल लि. बबरमहल, काठमाडौं । द टिम्बर कर्पोरेशन अफ नेपाल लि. शाखा कार्यालय कोहलपुर हाल नेपालगञ्ज । कानूनले कुनै अधिकार प्राप्त अधिकारीलाई कानूनी प्रक्रिया अनुरुप सजाय गर्न पाउने व्यवस्था तोकेको छ भने सोही अधिकारीले कानूनी प्रक्रिया पुर्याएर मात्र सजाय गर्नु पर्ने हुन्छ । निवेदकलाई कानूनी अधिकार प्राप्त अधिकारीबाट सजाय भएको भन्ने देखिँदैन । तसर्थ त्यसरी भए गरेको सजाय पनि कानूनसम्मत मान्न नमिल्ने। (प्र.नं. १३) संचालक समितिबाट निवेदकको हकमा पुनरावेदन सुनी निर्णय गर्ने व्यवस्था नभएको अवस्थामा पुनरावेदन निर्णय समेत रितपुर्वक कानून अनुकुल भएको मान्न नसकिने। (प्र.नं. १३) अतित प्रभावी हुने गरी एक तह मुनीको पदमा घटुवा गर्ने गरेको समेत निर्णय कानूनको दृष्टिमा त्रुटिपुर्ण देखिने । (प्र.नं. १३) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट- विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीर- नि.नं. १२९८ ने.का.प. २०३६ पृष्ठ २८३ अजीव शाह विरुद्ध साझा केन्द्रीय संचालक समिति समेत भएको २०३४ सालको रिट नं. ८०६ मा प्रतिपादित सिद्धान्त । आदेश न्या. नरेन्द्र बहादुर न्यौपाने- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. मैले विपक्षी द टिम्बर कर्पोरेशन अफ नेपाल लि. को सहायक तह ४ को पदमा मिति २०३४।८।१ मा शुरु नियुक्ति पाई विभिन्न शाखा कार्यालयहरुमा सरुवाभई कामकाज गर्दै आई रहेको थिएँ । यस्तैमा मिति २०४०।१।२३ र २०४१।६।३० मा नभएका फर्महरुबाट कृत्रिम विल बनाई बढी मूल्यमा मालसामानहरु खरिद गरी आफूलाई मात्र लाभ पुर्याउने हेतुले भ्रष्टाचारपुर्ण काम गरेको हुँदा स्पष्टिकरण माग गरिएको छ भन्ने पत्रहरु प्राप्त भयो । सो स्पष्टिकरणको जवाफ समेत तत्काल पेश गरेको थिएँ । 3. मिति २०४०।२।२ मा मलाई कर्पोरेशनका तत्कालिन निमित्त महाप्रवन्धकबाट निलम्बनको पत्र दिईयो र दुई(२) वटा छुट्टाछुट्टै रकम जम्मा गर्ने भन्ने विषयको पत्रहरु समेत बुझाइयो र मैले आफू कसूरदार नभएकोले कारवाही गरिनु पर्ने होइन भन्ने स्पष्टिकरण पेश गरेको थिएँ । 4. त्यसपछि मिति २०४३।७।२१ को निर्णयानुसार मलाई साविकको पदबाट एक तह मुनीको शुरु स्केल पाउने गरी एक तह घटुवा गरिएको सूचना दिईयो र पुनरावेदनको म्याद पनि तोकियो । 5. नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०४३ को दफा ६.५(२) ले उक्त घटुवाको सजाय गर्दा कार्यालय प्रमुखले संस्था प्रमुखको स्विकृति लिई मात्र गर्न सक्नेमा विपक्षी महाप्रवन्धकले नै सजाय गर्ने निर्णय गर्नु भएको छ । जुन एकदमै अनाधिकार छ । यस्तै मिति २०४३।७।११ को निर्णय तथा काम कारवाही अतित प्रभावी हुन गएको छ । विपक्षीहरुले मलाई अनिश्चितकाल सम्म निलम्बनमा राखेका छन् जुन दफा ६, ७.३ बमोजिम त्रुटिपुर्ण छ । अतः विपक्षीहरुबाट