निर्णय नं. ४५३६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५३६ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/११/१८ २६६३ निर्णय नं. ४५३६ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रिट नं.१५७१ आदेश भएको मिति: २०४८।११।१८।१ मा निवेदक : मत्स्य अनुसन्धान केन्द्र नयाँ बगैंचामा कार्यरत ना.सु. सन्तकुमार श्रेष्ठ विरुद्ध प्रत्यर्थी : श्री मन्त्रिपरिषद् सचिवालय, सिंहदरवारसमेत विषय : उत्प्रेषण (१) विपक्षी बनाउनु पर्ने पदोनन्ती पाउने भनिएका व्यक्तिलाई विपक्षी नै नबनाएको र विज्ञापन सूचना प्रकाशित हुँदा अस्थायी सेवा अवधि नजोडेको समेत कारणहरुबाट प्रस्तुत रिटनिवेदनमा कुनै विचार गर्नु पर्ने अवस्था नदेखिएकोले रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ११) विपक्षीतर्फबाट : विद्वान का.मु.सह न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. निवेदक २०३८।९।५ मा जि.का. कृषि शाखा रसुवामा ना.प्रा.स. पदमा अस्थाई नियुक्ति भई २०३८।९।१२ देखि २०३९।२।२४ सम्म अटुट रुपमा हाजिर भई २०३९।२।२५ को रमाना अनुसार जि.का. कृषि शाखा सिन्धुपाल्चोकमा सरुवा भई २०४०।१०।३० सम्म काम गरेकोमा सो अवधि भित्रै २०४०।९।१० मा त्रिसुली मत्स्य विकास केन्द्रको स्थायी ना.प्र.स. पदमा नियुक्ति भयो र आजसम्म पदीय दायित्व बमोजिम काम गर्दै आएको छु । मेरो अस्थायी नियुक्ति २०३८।९।१२ देखि ०४०।११।७ सम्म २ वर्ष १ महीना २६ दिन हुन आउँछ । ०४०।११।८ देखि बढुवा हुने भनी सूचना प्रकाशित मिति २०४६।१०।३ तक ५ वर्ष १० महीना २६ दिन मत्स्य विकास केन्द्रमा स्थायी नोकरी पूरा गरेको छु । २०४६।१०।३ को गो.प. मा प्रकाशित कृषि विभागको सूचना नं.२।०४६ मत्स्य विकास शाखाको रिक्त प्रा.स. पद १ मा आन्तरिक बढुवा गर्न २०४६।३।३२ सम्म वागमती अञ्चल भित्रका सम्बन्धित क्षेत्रमा ३ वर्ष सेवा गरेको ना.प्रा.स. हरुले बढुवाको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात कृषि विभागमा पेश गर्न ३० दिने सूचना प्रकाशित गरिएकोमा एकजनाको मात्र फर्म प्राप्त भएकोले कृषि विभागले म्याद बढाएर पछि मैले मत्स्य विकास शाखा मार्फत २०४७।३।२८ मा नोकरी विवरण फाराम भरी अस्थायी र स्थायी नियुक्तिको कागजातहरु पेश गरेकोमा ०४६।१०।३ मा सम्भाव्य उम्मेदवाहरुको फाराम नभरिएको हुँदा ०४६।१२।८ मा तालुक अड्डा कृषि विभागले आवश्यक कागजात पेश गर्न दिएको निर्देशन अनुसार कागजात पेश भएकोमा कुनै कागजातलाई मान्यता दिएको र कुनै कागजलाई मान्यता नदिई नोकरी अवधि नजोडी म्यादभित्र नपरेको भनी अशोककुमार राणालाई बढुवा गर्ने सिफारिश ०४७।९।२० मा प्रकाशित भएपछि मन्त्रिपरिषद्‌मा उजूर गरेकोमा सो निर्णयलाई नै सदर गरेको जानकारी ०४७।३।५ मा दिइयो । ३. निजामती किताबखानाबाट मेरो अस्थायी नोकरीको सिफारिश गरिएकोमा नि.से.नि., ०२१ को नियम ३, ५, ४, १ बमोजिमको नम्बर नदिई हचुवा निर्णय गरिएको छ । बढुवा गरिएका अशोककुमार राणा म भन्दा कनिष्ट हुँदा मेरो अस्थायी नोकरी जोडेको अवधिलाई म्यादभित्र नपरेको भनी गरिएको निर्णय त्रुटिपूर्ण हुँदा मलाई बढुवा गरी पाउन विपक्षीहरुको नाउँमा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने रिटनिवेदन जिकिर । ४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि