निर्णय नं. ६१६९ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१६९ - उत्प्रेषणसमेत भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०३/०४ २९९९ निर्णय नं. ६१६९ ने.का.प. २०५३ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०५३ सालको रिट नं. ३२४८ आदेश मिति २०५३।३।४।३ विषयः उत्प्रेषण समेत । निवेदक- जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ३ घर भै का.जि. स्युचाटार गा.वि.स. वडा नं. ३ बस्ने डा. मदनप्रसाद परियार विरुद्ध विपक्षी- श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय श्री ५ को सरकार, उद्योग मन्त्रालय, सिंहदरवार श्री ५ को सरकार, उद्योग मन्त्रालय संस्थान शाखा सिंहदरवार उदयपुर सिमेन्ट उद्योग लि. जलजले उदयपुर करारबाट श्रृजित हक दायित्व निर्वाह गराई दिनु पर्ने विषय यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट क्षेत्र भित्र पर्ने नदेखिने । (प्र.नं. ११ ) करारबाट श्रृजित भएको हक दायित्वको सम्बन्धमा उठेको विवादको निरोपण गर्न वा उपचारको प्रचलन गर्न करार ऐन, २०२३ को कार्यविधि अबलम्बन गर्नुपर्ने । (प्र.नं. ११) रिट निवेदनमा माग गरिएको विषयवस्तु नै करारीय दायित्वबाट श्रृजना भएको विषयवस्तु देखिँदा यस अदालतको असाधारण अधिकार क्षेत्र आकर्षित हुन नसक्ने। (प्र.नं. १२) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री प्रकाश बस्ती विपक्षी तर्फबाट- × अवलम्बित नजिर- २०५० सालको रिट नं. ११६६ कृष्णदेव प्रसाद जयसवाल विरुद्ध नेपाल दुरसंचार संस्थान, केन्द्रीय कार्यालय समेत भएको परमादेश रिट निवेदनमा र २०५१ सालको रिट नं. २६३३ गजानन्द अग्रवाल विरुद्ध नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय समेत भएको परमादेश रिट निवेदनमा प्रतिपादित सिद्धान्त । आदेश न्या.उदयराज उपाध्याय- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- 2. मिति २०५१।९।१५ को गोरखापत्रमा सार्वजनिक तवरले आब्हान गरिएको दरखास्त बमोजिम उम्मेदवार भै अन्तरवार्ता समेतका प्रतिष्पर्धामा छनौट भई मिति २०५२।३।९ मा उदयपुर सिमेन्ट उद्योग लि. को महाप्रवन्धक पदमा नियुक्त भए । 3. नियुक्ति पूर्व विपक्षीको उद्योग मन्त्रालय र मेरो बीच सम्पन्न समझदारी हुने र कार्य प्रगति समिक्षा हुँदा प्रगति उन्मुख नभएको पाईएमा व्यवसाय प्रवर्धन भत्ता कटौती गर्न सकिने र प्रगति सन्तोषजनक नभएमा एक महिनाको अग्रिम सूचना दिई सेवाको अन्त गर्न सक्ने व्यवस्था समेत रह्यो । 4. २०५१ साल असार महिनामा भएको व्यवस्थापन परिवर्तन पश्चात नयाँ व्यवस्थापनले विभिन्न व्यवस्थापकीय सुधार सम्बन्धी कार्यक्रमहरुको सफलतापुर्वक कार्यान्वयन गरेर असार देखि मार्ग सम्मको ६ महिनाको अवधिमा २०५१ साल (पुर्व व्यवस्थापनको समय) को तुलनामा किलंकर उत्पादनमा १५.२२% ले वृद्धि सिमेन्ट उत्पादनमा १९.०६% ले वृद्धि र सिमेन्ट बिक्रिमा १५.४५% ले वृद्धि भएको देखिन्छ । प्रथम चौमासिक (साउन देखि कार्तिक) अवधिमा लक्षको करिव १०६.६% किलंकर उत्पादनमा १०७% सिमेन्ट उत्पादन तथा १०१.८ सिमेन्ट बिक्रिमा प्रगति उपलब्ध भएको छ । चालु बर्षको चौमासिक अवधिमा किलंकर उत्पादन, सिमेन्ट उत्पादन तथा सिमेन्ट बिक्रीमा निर्धारित लक्ष्यको शत प्रतिशत भन्दा अत्यधिक प्रगती हासिल भएको स्पष्ट छ । उद्योग मन्त्रालय अन्तर्गतका सबै प्रतिष्ठानहरुको आ.ब. २०५२।०५३ को प्रथम चौमासिक समिक्षा माननीय मन्त्री ज्यू सहायक मन्त्री ज्यू समेतको उपस्थितिमा भएकोमा शत प्रतिशत भन्दा बढी प्रगति गर्ने एक मात्र संस्थान श्री उदयपुर सिमेन्ट उद्