निर्णय नं. ४५३८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५३८ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०६/१४ २५५९ निर्णय नं. ४५३८ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं.७१८ आदेश भएको मिति: २०४८।६।१४।२ मा निवेदक : दाङ देउखुरी गढवा गा.पं. वा.नं.८ झाखेरा बस्ने डिलराम बुढाथोकीसमेत विरुद्ध विपक्षी : दाङ जिल्ला वन सद्दृढीकरण उच्चस्तरीय आयोग दाङसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) निर्णय वनक्षेत्र सद्दृढीकरण उच्चस्तरीय आयोगको अध्यक्षको हैसियतले गरेको निर्णय नभई आयोगको हैसियतले गरेको निर्णय देखिएकोमा उक्त आयोगका सम्पूर्ण सदस्यहरु उपस्थित नभई दुईजनाको उपस्थिति र एकजना अनुपस्थिति जनाएको देखियो । यसरी आयोगका सम्पूर्ण सदस्यहरुको उपस्थिति भएको नदेखिएको निर्णयलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. नापीमा दर्ता हुन छूट हुन गएको जग्गा दर्ता गरी पाउँ भनी हामी निवेदक समेतको मालपोत कार्यालय दाङमा सर्भे नापीको नक्सा नं.९घ. कि.नं.१०३, १०४ र ३९ राप्ती नदिले कटान गरी नापीको समय वगर छोडेको आ–आफ्नो साविक दर्ता अनुसारको जग्गा वाली लगाई भोग गरी आएका छौं । नापीमा ८ नं.ऐलानी पर्ति जनाई कित्ता पनि हालसम्म आ–आफ्नो हक अनुसार भोगचलन गर्दै आएका छौं । कि.नं.३९ नं.को ठाउँ छाडी राप्ती नदिले उत्तरतर्फ प्रवाह गै आफ्नो पुरानो दर्ता अनुसार भोगचलन गर्दै आएका छौं कि.नं.१०४ को ज.वि. १४–१६–८ मध्ये होनाराम सो पश्चिमको ज.वि. १–३–३ र कि.नं.३९ को ज.वि. ३४–२–१७ मध्ये लक्ष्मी प्रसादको उत्तरको ज.वि. २–१८–१८ समेत गरी ज.वि. ४–२–१ म डिलारामको नाउँमा र कि.नं.१०३ को ज.वि. ९–४–६ मध्ये ज.वि. २–१५–० म छुनीलालका नाउँमा र किनं.१०४ ज.वि. १४–१६–८ मध्ये डिलाराम सो पश्चिमको ज.वि. १–१३–३ र कि.नं.३९ को मध्ये ज.वि. ६–७–१७ समेत ज.वि. ८–१–० म लक्ष्मीप्रसादका नाउँमा दर्ता गरी पाउँ भन्ने संयुक्त निवेदन मा.पो.का. दाङमा २०३९।६।११ मा परेको थियो । ३. तत्पश्चात मा.पो.का. दाङबाट २०४१।५।१० मा सरजमीन गर्दा साविक श्रेस्ता अनुसार झारवेरा र घोघरपुर मौजा भित्रका हुन होइनन् कसैको सन्धी सर्पन पानीघाट र मसानघाट सार्वजनिक स्थान आई पर्छ पर्दैन ? निजहरुको साविक नम्बरी भित्रको जग्गा हो होइन आवादी पर्ति के छ वन एरिया पर्छ पर्दैन भोग अनुसारको जग्गा निजहरुको नाउँमा दर्ता भए कसैलाई मर्का पर्छ पर्दैन भनी सरजमीन भएकोमा निवेदकहरुको साविक माछागढ मौजा, घोघरपुर मौजा, झारवेरा मौजाका जग्गाधनी हुनुहुन्छ । निवेदकहरुले भने अनुसार नापीका समयमा राप्ती नदिले काटी कि.नं.३९ मा नदि बगेकोले र कि.नं.१०३ र १०४ नदिले छोडी बगर बनेको थियो । नापी गर्दा कुनै वाली नदेखिएकोले पर्ति आवादको लायक भनी लेखिएको छ । सो जग्गा आवाद गरी वाली लगाएको छ कि.नं.पनि नदिले छाडी आवाद भएको छ । आ–आफ्नो भाग अनुसार भोगचलन गर्नु भएछ । साविक नम्बरी जग्गाले आवाद भइसकेको छ । निजहरुलाई दर्ता गरिदिएमा कसैलाई मर्का पर्दैन भन्ने सरजमीन मा.पो.का. दाङबाट उक्त मितिमा भएको थियो । मालले उक्त कारवाही फाइल वन क्षेत्र सद्दृढीकरण उच्चस्तरीय आयोगमा पठाएको र