निर्णय नं. ४५३९ - लागू औषध हेरोइन बिक्री वितरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५३९ - लागू औषध हेरोइन बिक्री वितरण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०१/३१ ३२५५ निर्णय नं. ४५३९ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको फौ.पु.नं.३६८ फैसला भएको मिति: २०४९।१।३१।४ मा पुनरावेदक/प्रतिवादी: भारत केरला घर भई का.न.पं. वडा नं.१६ बस्ने हेमराज पिके विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार मुद्दा: लागू औषध हेरोइन बिक्री वितरण (१) अदालत समक्ष बिना आधार प्रतिवादीहरुले प्रहरीको बयानलाई स्वेच्छा विरुद्धको भन्दैमा अदालतले उक्त भनाईलाई मात्र आधार मानी प्रमाणको रुपमा मान्न इन्कार गर्ने हो भने अनुसन्धानको क्रममा प्रतिवादीहरुको कागज गराउने कानुनी व्यवस्थाको कुनै औचित्य नै नरहने। (प्रकरण नं. २७) (२) बरामदी मुचुल्काको काम तामेल गर्ने व्यक्ति भएको नाताले मात्र निजको बकपत्रलाई प्रमाणमा लिन नमिल्ने गरी प्रमाण ऐन लगायतका अन्य कुनै कानुनले रोक लगाएको नपाइने बरु प्रमाण ऐन, २०३१ को दफा १८(ख) अनुसार निजको बकपत्रलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने । (प्रकरण नं. २८) (३) लागू औषध हेरोइन बरामद भएको भनी किटानी बकपत्र गरेको अवस्थामा बरामदी मुचुल्काका अर्का साक्षीले सो बरामदी मुचुल्कालाई स्वीकार गर्दै सो मा सही सम्म प्रहरी थानामा गरेको भनी बकपत्र गरेको आधारमा मात्रै सो बरामदी मुचुल्कालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. २८) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुभास नेवाङ विपक्षी/वादी तर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति फैसला न्या.ओमभक्त श्रेष्ठ १. म.क्षे.अ को फैसला उपर पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. घरको उत्तर पट्टिको कोठामा २५ ग्राम अवैध लागू औषध हेरोइन फेला परेको ठीक साँचो हो भन्ने समेत मिति ०४३।५।१२ को बरामदी मुचुल्का । ३. विजय मित्तलसंग २९०० ग्राम हेराइन रु. ४२,०००।– मा खरीद गरी डेरामा ल्याई राखेको थिएँ । एकपटक ६०० ग्राम र एकपटक २०० ग्राम गरी जम्मा ८०० ग्राम हेरोइन किसोर शाहीले क्रमशः रु. ३६,००।– र रु. १,२००।– मा बिक्री गरी दियो । २०७५ ग्राम त्रिपाठी भन्ने व्यक्तिलाई ५८,०००।– मा बिक्री गरे । बाँकी २५ ग्राम बिक्री नभएको कारणले बालाजुको डेराको कोठाको दराजमा राखेको थिएँ सो कुरा प्रहरीले थाहा पाई बरामद गरी ल्याएका हुन भन्ने समेत जिल्ला प्रहरी कार्यालयमा प्रतिवादी हेमराज पिके (पनेरिका) ले गरेको बयान कागज । ४. हेमराजबाट लिएको ब्राउन सुगर हेरोइन मध्ये प्रति ग्राम ६०।– का दरले ६०० ग्राम शान्त शाक्यलाई र २०० ग्राम राजेन्द्र श्रेष्ठलाई बिक्री गरी आएको जम्मा रु. ४८,०००।– हेमराज पिकेलाई दिएको हुँ भन्ने समेत ऐ. मा प्रतिवादी किशोर शाहीले गरेको बयान कागज । ५. हेमराज पि.के. ले विजय मित्तलबाट खरीद गरी लिएको २९०० ग्राम हेरोइन मध्ये ८०० ग्राम पटक पटक गरी किशोर शाही मार्फत बिक्री गरेको, २०७५ ग्राम आफैंले बिक्री गरेको बिक्री हुन बाँकी रहेको २५ ग्राम हेरोइन (ब्राउन सुगर) २०४३।५।१२ गतेको दिन प्रहरीले हेमराजको डेरा तलासी लिंदा फेला परी बरामद भएकोले प्रतिवादी हेमराज पिके र किशोर शाहीले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको प्रष्ट देखिँदा निज प्रतिवादी हेमराज पिके र किशोर शाही उपर सोही ऐनको दफा १४(१) अनुसार र विजय मित्तल, शान्ति शाक्य, राजेन्द्र श्रेष्ठ चन्द्रप्रसाद त्रिपाठीक