निर्णय नं. ४५४० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५४० - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०१/२४ २७९७ निर्णय नं. ४५४० ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको फौ.पु.नं.२९१ फैसला भएको मिति: २०४९।१।२४।४ मा पुनरावेदक/वादी: भागादेवी जावडको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: महेन्द्रनगर न.पा. वा.नं.२ बस्ने दानबहादुर चन्दसमेत मुद्दा : कर्तव्य ज्यान (१) को कस्को कर्तव्यबाट कुन ठाउँमा के कसरी मृतकको मृत्यु भएको हो भन्ने कुरा कसैले व्यक्त गर्न नसकेको अवस्थामा प्रतिवादीले गरेको बयानलाई मात्र प्रतिवादीहरु विरुद्ध आरोपित कसूर स्थापित गर्ने प्रमाण मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २६) (२) प्रतिवादीहरु कसूरदार हुन् भन्ने कुराको कुनै तथ्ययुक्त सबूद प्रमाण वादी पक्षबाट गुजार्न नसकेको अवस्थामा जाहेरवालीको विवादास्पद कथन र सरजमीनका केही व्यक्तिहरुले देखाएको शंकाको भरमा मात्र प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुनुको साथै फौज्दारी न्यायको सर्वमान्य सिद्धान्तको समेत विपरीत हुन जाने र शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं. २६) पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.ओमभक्त श्रेष्ठ १. सु.प.क्षे.अ.को फैसला उपर पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. उल्टाखाम जाने शाखा नहरमा एक अपरिचित मानिस घोप्टो परी मरी रहेको लासलाई चिन्न नसकी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको अजब सिंहको मिति ०४१।१०।३ को जाहेरी दर्खास्त । ३. शाखा नरहरमा लास घोप्टो परी रहेको, नहरको गहिराई १ फिट र चाडाई १२ फिट भएको लासलाई पानीबाट झिकी जमीनमा घोप्टो पारी माथिबाट थिची हेर्दा पेटबाट पानी निस्केको, बायाँ खुट्टाको घुँडा मुनी दायाँतिर खोस्रिएको मुखको तल्लो ओठमा रातो खोस्रिएको जस्तो देखिएको, लासदेखि ४२ हात दुरीमा पानी भित्र मृतकको पेन्ट रहेको र सो ठाउँदेखि उत्तरतिर ३५ फिटमा गलबन्दी र टोपी भेटिएको भन्ने समेतको लास प्रकृति मुचुल्का । ४. ०४१।१०।२ गतेका राती मनुवा जोशीको दोकानमा मेरो लोग्ने जया लावड दानबहादुर चन्द र निजसंग रहेको नाम नजानेको चन्द समेत भई रक्सी खाई खुवाई निज मनुवा जोशी समेतको मिलेमतोबाट मेरो लोग्नेलाई लिंग अण्डकोषमा आघात पुर्याई कर्तव्य गरी मारी फालेकोले आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको भागादेवी लावडको जाहेरी दर्खास्त । ५. २०४१।१०।२ गते ४ बजेसम्म कार्यालयमा छु । त्यसपछि घर गएको हुँ मैले समेत जया लावडलाई रक्सी खुवाई कर्तव्य गरी मारेको हैन जाहेरी झुठ्ठा हो भन्ने समेत व्यहोराको दानबहादुर चन्दले प्रहरीमा गरेको बयान कागज । ६. ०४२।८।२५ को सरजमीन मुचुल्का मिसिल सामेल रहेको । लास प्रकृति मुचुल्का पोष्टमार्टम फारामबाट लिंग अण्डकोषमा घाउखत निल डामसम्म केही नदेखिएको अक्सिजनको कमिले मृतकको मृत्यु भएको भन्ने उल्लेख भएको, मृतक ज्यादै मादक पदार्थ सेवन गर्ने व्यक्ति हुन भनिएको हुँदा मृतक कसैको कर्तव्यबाट नमरी पानीमा डुबेको कारणबाट निसास्सिएर मरेको देखिन आएकोले तथ्ययुक्त प्रमाणको अभावमा कसै उपर मुद्दा चलाउन नमिल्ने हुँदा तामेलीमा राखी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ७. मनुवा जोशीलाई समेत पक्राउ गरी बयान गराई कानुन बमोजिम गरी पेश गर्नु भन्ने कं.जि.अ.को आदेश । ८. ०४१ माघ २ गतेको दिन पसल बन