निर्णय नं. ४५४२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५४२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०३/२४ २४८८ निर्णय नं. ४५४२ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४७ सालको रिट नं.१३५३ आदेश भएको मिति: २०४९।३।२४।४ मा निवेदक : जिल्ला महोत्तरी गा.पं. अन्कार वा.नं.७ बस्ने अच्छेलाल यादवसमेत विरुद्ध विपक्षी : प्र.जि.अ.जि.प्र.का. महोत्तरीसमेत विषय : उत्प्रेषण (१) रिट निवेदन दावी बमोजिम जुन निकाय वा अधिकारीबाट विवादास्पद कागज गराइयो भनिएको छ सो निकाय वा अधिकारीबाटै त्यस्तो कागज गरे गराएको छैन भनी सो कागजको अस्तित्वलाई नै खण्डन गरेको स्थितिमा रिटनिवेदन माग बमोजिमको आदेश जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकबर मिकरानी आदेश न्या.मोहनप्रसाद शर्मा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म अच्छेलाल रायको कुनै जग्गा कुनै वेला पनि विपक्षीले मोहियानीमा जोत्नु भएको थिएन । अच्छेलाल रायको ०–८–० जग्गा बटैयामा जोती कमाई आएको छु । उक्त जग्गा अन्कार गा.पं. वडा नं.७ कि.नं.१६१ मा जम्मा विगहा ०–७–२ कायम भई नापी नक्सा भएको छ । मोहियानी हकको स्थाई प्रमाण पुर्जा पाउँ भनी विपक्षीले २०४४।१।१६ गतेको भू.सु.का. महोत्तरीमा निवेदन दिनु भयो । मेरो इन्कारी प्रतिउत्तर पर्‍यो । वादीलाई मोही प्रमाणपत्र दिन मिल्दैन वादी दावी खारेज हुने ठहर्छ भनी भू.सु.का. बाट २०४५।१।१३ मा फैसला भयो । जनकपुर अंचल अदालतमा विपक्षीको पुनरावेदन पर्दा मोहियानी प्रमाणपत्र पाउने ठहरी २०४६।४।२४ मा फैसला भयो । म.क्षे.अ.मा म अच्छेलालको पुनरावेदन पर्दा अंचल अदालतको फैसला सदर भई २०४७।१।२० मा फैसला भयो सो उपर मेरो यस अदालतमा रिटनिवेदन परी ०४७।२।१३ मा लिखितजवाफ मगाउने आदेश समेत भएको छ । ३. विपक्षी प्र.जि.अ.ले म राजनन्दनलाई मिति २०४७।२।२३।४ मा कार्यालयमा बोलाई पहिले लेखाई राख्नु भएको कागजमा डर धाक देखाई सहीछाप गराउनु भयो । तपाईको बाबुले सर्वोच्च अदालतमा रामेश्वर राय उपर दिनु भएको मुद्दा उठाउनु पर्छ वर्तमान परिप्रेक्ष्यमा रामेश्वर रायले अघि देखि जग्गा नकमाए पनि निजले दावी गर्नुभएको जग्गा निजलाई मोहियानीमा कमाउन दिनु पर्छ मुद्दा नउठाएमा तपाई र तपाईको बाबुलाई सार्वजनिक सुरक्षा ऐन अन्तर्गत थुनामा राखी दिन्छु भनी भन्नु भयो । निज अधिकारीले गराएको कागज फिर्ता माग्दा दिनु भएन । सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा हस्तक्षेप गर्ने मुद्दा उठाउनु होस् भन्ने र म राजनन्दन रायबाट गैरकानुनी कागज गराउन कुनै कानुनी अधिकार विपक्षी प्र.जि.अ.लाई छैन । विपक्षीको निवेदन लिने र त्यसको आधारमा म बाट गराउनु भएको कागज अ.बं. ३५ नं.बमोजिम बदरभागी छ । ४. अतः उल्लेखित काम कारवाहीबाट संविधानको धारा १०, ११(२) (ङ) तथा १५ अन्तर्गतको संवैधानिक हक तथा माथि लेखिए बमोजिम अ.बं. ३५ अन्तर्गतको कानुनी हक समेत हनन भएको र हनन भएको हकको प्रचलन गराई पाउने अन्य उपचार नहुँदा संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएका छौं । उत्प्रेषणको रिट जारी गरी प्र.जि.अ.ले म बाट २०४७।२।२३ मा गराउनु भएको कागज बदर गरी सर्वोच्च अदालतमा चलिरहेको २०४७ सालको रि.नं.१२६५ को उत्प्रेषण मुद्दाको सम्बन्धमा कुनै कारवाही नगर्नु होला भनी प्रतिषेधको आदेश स