निर्णय नं. ८५७६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५७६ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/११/१६ ३४३५ निर्णय नं. ८५७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६५ सालको रिट नं. ०३४६ आदेश मितिः २०६७।११।१६।२ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं जिल्ला, गोठाटार गा.वि.स. वडा नं. ३ इचोट बस्ने भजराम पण्डित समेत विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं समेत § कानूनले नै दुष्परिणाम सच्चाउनको लागि लेखी पठाउन सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार दिएको अवस्थामा सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अनुचित कार्यबाट उत्पन्न त्यस्तो दुष्परिणाम सच्चाउने सिलसिलामा कानूनबमोजिम नै सम्बन्धित निकायमा लेखी पठाउने गरी भएको निर्णयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.६) § मन्त्रिपरिषद्को निर्णयविपरीत हुने गरी आफूलाई प्राप्त अख्तियारीभन्दा बाहिर गई जग्गा सट्टा भर्ना दिने गरेको मुआब्जा तथा निर्धारण समितिको निर्णयबाट कानूनबमोजिम हक सिर्जना हुन सक्ने अवस्था नहुने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री किशोरकुमार अधिकारी, विद्वान अधिवक्ताहरू श्री शालिग्राम आचार्य श्री रामेश्वर कोइराला, श्री बालकृष्ण चौलागाई विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख आदेश न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– हामी निवेदकहरू मध्ये म भजराज पण्डितको नाममा मोही रहेको जयवागेश्वरी धुनी मठ गुठीको नाममा रहेको जोरपाटी ६(क) कि.नं. ५१५ को ०–६–१–० जग्गा, म मिठ्ठाराम दाहालको नाममा मोही रहेको जयवागेश्वरी धुनी मठ गुठीको नाममा मालपोत कार्यालय चावहिल, काठमाडौंमा दर्ता स्रेस्ता भएको जोरपाटी ६(क) कि.नं. ९५० को क्षे.फ. १–१–०–० जग्गा र त्यस्तै निवेदक मध्ये म सुमित्रा भण्डारीको दाता दावालामु शेर्पाको नाममा मालपोत कार्यालय चावहिल, काठमाडौंमा एकलौटी दर्ता स्रेस्ता भएको जोरपाटी वडा नं. ९(च) कि.नं. २१ क्षे.फ. ०–११–२–० जग्गा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०५७।३।२६ को निर्णयानुसार विपक्षी अधिकार सम्पन्न बागमती क्षेत्र ढल निर्माण सुधार आयोजनाको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा २५ बमोजिम जग्गा प्राप्त गरेकोमा सोको मुआब्जाबापत नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय च.नं. ९ मिति २०५७।४।२३ को पत्रानुसार जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३ बमोजिम प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौंको अध्यक्षतामा गठित मुआब्जा निर्धारण समितिको मिति २०६३।१२।१५ र २०६४।१।१० मा बसेको बैठकले गुठीको जग्गा नास गर्न नमिल्ने भएकोले गुठी संस्थान ऐन, २०३३ को दफा ४२ र जग्गा प्राप्ति ऐन, २०३४ को दफा १४ बमोजिम जग्गाको सट्टा जग्गा सट्टा भर्ना गर्न सकिने व्यवस्था भएबमोजिम म मिठ्ठाराम दाहाललाई भक्तपुर जिल्ला महेन्द्र दिव्यश्वरी ५(ख) कि.नं. ३४५ को बीचतर्फ ०–१५–०–० जग्गा र म भजराम पण्डितलाई दिव्यश्वरी ५(ख) कि.नं. ३४५ को बीचतर्फ ०–३–३–० जग्गा र सुमित्रा भण्डारीको दाता दावालामु शेर्पालाई ऐ. को कि.नं. ३४५ को क्षे.फ. ०–९–३–० जग्गा सट्टा भर्ना दिने निर्णय गरेको थियो । माथि उल्लिखित हामी