निर्णय नं. ४५४३ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५४३ - लागू औषध भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/११/०४ २८१४ निर्णय नं. ४५४३ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४७ सालको फौ.पु.नं.२२५, २२६, २२७, २३४, २३९, २४०, ३०२ फैसला भएको मिति: २०४८।११।४।१ मा पुनरावेदक/प्रतिवादी: जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको तिलक श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: का.जि. गोल्कोपाखा बस्ने लालबहादुर गुरुङसमेत मुद्दा : लागू औषध (१) लागू औषध सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा पर्ने श्री ५ को सरकार वादी भएको र अनुसन्धान कारवाहीको सिलसिलामा अभियुक्तहरुलाई पक्राउ गर्न सक्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ ले समेत व्यवस्था गरेकोले औषध नियन्त्रण अधिकारीले अभियुक्तहरुलाई पक्राउ गर्न वारेन्ट जारी नगरेकोबाट सम्पूर्ण कानुनी प्रकृया विहिन छ भन्ने तर्क कानुनसंगत नदेखिने । (प्रकरण नं. ४७) (२) जुन विषयमा शुरुमा नै विवाद उठाएको नदेखिए पछि विवाद नउठाइएको कुरामा अब आएर विशेषज्ञबाट नजचाएकोले हेरोइन नै होइन यकीन गर्नु नमिल्ने भन्नु कानुनसंगत नहुने । (प्रकरण नं. ४८) (३) अदालतको इन्कारी नै प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिनु पर्याप्त नहुने । (प्रकरण नं. ५०) (४) बिक्री गर्ने व्यवसायलाई तह तह राख्दै लिंदै गरेको कार्य बिक्री वितरणको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. ५०) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री लक्ष्मण पौडेल, विद्वान अधिवक्ता श्री भगवान गुरुङ, विद्वान अधिवक्ता श्री यादव खरेल, विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी, विद्वान अधिवक्ता श्री आशिकराम कार्की वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.केशवप्रसाद उपाध्याय १. म.क्षे.अ.को मिति २०४६।९।९।१ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी श्री ५ को सरकार तथा प्रतिवादीहरुको समेत अलग अलग पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरी पुनरावेदनमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. ७०० ग्राम हेरोइन सेतो लागू औषध छवि गुरुङको डेराबाट बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४३।६।१६ गतेको बरामदी मुचुल्का । ३. तिलक श्रेष्ठसंग हेरोइन छ भन्ने कुरा मलाई थाहा थियो, म यमबहादुरको डेरा सामाखुसीमा गएको र निजसंग गफ हुँदा हेरोइन व्यापार गर्न पाए पैसा कमाइन्छ भनी भनेबाट म र यमहादुर तिलकको डेरामा गयौं । त्यहाँ एकबहादुर र तिलक श्रेष्ठसंग भेट भयो । हामी हेरोइन बिक्री गरी दिन्छौं भन्दा तिलकले देखायो । ५ लाख दिए हुन्छ । बढी नाफा आए तिमीहरु खानु भनेकाले ७०० ग्राम हेरोइन मेरो डेरामा ल्याई ग्राहक खोजे, बिक्री गर्न सकिएन ३–४ दिनपछि यमबहादुरले यो हेरोइन लिई गए भन्ने समेत व्यहोराको प्रतिवादी खगेन्द्र राइले प्रहरीमा गरेको बयान । ४. डिल्लीराजले हेरोइन छ भनी सोधेको र अहिले छैन खोजी ल्याई दिन्छु भनी ठमेल बस्ने दोर्जे भन्ने बाट ७०० ग्राम २ लाखमा किनी ल्याई पछि पैसा दिने शर्तमा डिल्लीराज उपाध्यायलाई रु. ३ लाखमा बिक्री गरेको हेरोइन यही हो देखे भन्ने समेत व्यहोराको प्रतिवादी सोनाम शेर्पाले प्रहरीमा गरेको बयान । ५. ७०० ग्राम हेरोइन एकबहादुर लामाको डेरामा लिई जाँदा एकब